Health/Sex


News

Guff Gaff

Education

Movie

Tech

Videos

World

Mobile News

Archive

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

कसले खुवायो विप्लबको छोरालाई विष ? उनी भन्छन्– केहि पनि भन्न सक्ने अवस्था छैन


भदौ ७ काठमाडौं – नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवका छोरा र भतिजी काठमाडौंको चाबहिलस्थित निवासमा  बेहोस अवस्थामा फेला परेका छन् ।

निवासमा  बेहोस भेटिएका दुबैलाई राजधानीको ओम अस्पतालको आइसियूमा राखिएको छ ।
बेहोस हुनेमा विप्लवका कान्छा छोरा नक्षत्र चन्द र भतिजी मञ्जु चन्द रहेका छन् ।

उनीहरुलाई बेहोस अवस्थामा छिमेकीले फेला पारेर आफन्तलाई खबर गरेको पारिवारिक स्रोतले जनाएको छ ।

शनिबार साँझ अभिभावक नभएको मौका छोपी अपरिचित समुहले चाबहिलस्थित निवासमा पुगि जबरजस्ती रुपमा विष सेवन गराएको अनुमान गरिएको छ   ।
घटनापछि चन्द निवासमा पुगेको प्रहरीले एउटा विषको खालि बट्टा समेत भेटेको बताइएको छ ।
विष कसले खुवाएको वा अरुनै कारण हो भन्ने अहिले सम्म खुल्न सकेको छैन ।

यसबारे हाल पोखरामा पार्टीको कामको सिलसिलामा रहेका विप्लबले घटना रहस्यपूर्ण रहेको भन्दै अहिले कसैलाई पनि आक्षेप लगाउन नमिल्ने बताए ।
‘अहिले कार्यकर्ता प्रशिक्षणको क्रममा पोखरामा रहेको छु, छोरा र भतिजी ओमको आइसीयुमा रहेको खबर पाएको छु,’चन्दले भने, ‘म अहिल्यै केहि पनि भन्न सक्ने अवस्थामा छैन, कसैले षड्यन्त्र गरेका पनि हुनसक्छ ।’
घटना थाहा पाएपछि विप्लब राजधानी फर्किदै छन् ।
यता विप्लब निकट मानिने अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियनका सचिवालय सदस्य विजय दर्नालले पनि मार्ने षड्यन्त्रका साथ उनलाई अज्ञात समुहले विष सेवन गराएको हुन सक्ने भन्दै  राज्यले घटनाको सत्य तथ्य बाहिर ल्यानुपर्ने बताए ।
 उनले जतनाको पक्षमा दिन रात खट्ने नेताको परिवारमाथि यस्तो निन्दनीय कार्य हुनु दुःखद भएको भन्दै दोषीलाई कानुनी कठघारामा उभ्याएर कडा भन्दा कडा कारबाही गरिनुपर्नेमा जोड दिए ।

गम्भीर अवस्थामा उपचार गराइरहेका विप्लबका छोरा र भतिजीको स्वास्थ्य अवस्था बुझ्न राती अबेर पार्टी महासचिव रामबहादुर थापासहित नेता कार्यकर्ता ओम हस्पिटलमा पुगेका थिए ।
उनीहरुले टोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेका थिए ।
यता प्रहरीले पनि घटनाको छानबिन गरिरहेको जनाएको छ ।

एमालेको झण्डा ओडाउँदै चरीको अन्त्यष्टी (फोटोफिचर)

काठमाडौं, ७ भदौ । प्रहरीसँगको मुठभेडका क्रममा मारिएका डन दिनेश अधिकारी ‘चरी’ को आज अन्त्यष्टी गरिएको छ । उनको पार्थिव शरीरमा नेकपा एमालेको झण्डा ओढाएर अन्त्यष्टी गरिएको छ ।
एमालेका केन्द्रीय सदस्य खेम लोहनीले पशुपति आर्यघाटमा चरीको पार्थिव शरीरमा पार्टीको हँसिया हथौडा अंकित झण्डा ओढाएका हुन् । एमालेका शीर्ष नेताहरु त्यहाँ सहभागी नभएपनि लोहनीले झण्डा ओढाउँदा त्यहाँ एमाले सभासद धनबहादुर घले, गुरु बुर्लाकोटी, एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठी, एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्ल र उपाध्यक्ष ऐन महर समेत उपस्थिति थिए ।
एमाले सभासद राजेन्द्र पाण्डे भने अस्पतालमा नै श्रदाञ्जली दिएर फर्किएका थिए । यस्तै, चरीलाई अन्तिम श्रद्धान्जली दिन अर्का डन चक्रे मिलन पनि आर्यघाट पुगेका थिए ।
शिक्षण अस्पतालबाट शुरु भएको शबयात्रामा सहभागी एमाले कार्यकर्ताहरुले शीर्ष नेतृत्वप्रति आक्रोश पोखेका थिए ।

सबैको आँखाबाट टाढा हुँदै छ सुनकोशी घटना ! के हुँदैछ सुनकोसी तलाउ ? (फोटो फिचर)

सिन्धुपाल्चोक (सुनकोशी)– शुक्रबार सुनकोसी थुनिएर कृत्रिम तलाउ बनेको २१ औं दिन। गन्तव्य थियो, कान्ले पहिरो र सुनकोसी तलाउले नाकाबन्दीमा परेको पूरानो व्यापारिक केन्द्र बाह्रविसे बजार पुग्नु। लामोसाँघुस्थित सुनकोसी पीडित आश्रयस्थलबाट निस्कदा साँझको ४ बजिसकेको थियो।

कसरी बाह्रविसे पुग्ने भन्ने चिन्ताले सतायो। टेकानपुर निस्केर धुस्कुन हुँदै बाह्रविसे पुग्न पूरै तीन घण्टा लाग्छ। सुनकोसी थुनिएको बाँधस्थलमा पुगेर तलाउ खियाउन क्रियाशील नेपाली सेनालाई आग्रह गरी बोटिङ चढेर अरनिको राजमार्ग निस्कदै बाह्रविसे पुग्ने उपाय झट्ट आयो। सुनकोसी जलविद्युत केन्द्रको ड्यामबाट सुनकोसी किनार हुँदै गन्तव्य समातेँ। किनारै–किनारको छोटो बाटो हिँडेर तलाउको मुखमा पुग्ने योजना थियो। केही अघि बढ्दा प्रहरीले रोके। कारण, माथि (टेकानपुर) बाट सेनाले एस्क्याभेटर लगाएर सडक ट्रयाक खोलिरहेको रहेछ।
'ढुंगा झरिरहेको छ, यहाँबाट जान मिल्दैन,' प्रहरीले सचेत तुल्याउँदै भने। राजमार्ग अवरुद्ध भएपछि सरकारको प्राथमिकतामा परेको यो सडक ट्रयाक सेनालेले धमाधम खोलिरहेको छ। प्रहरीकै सल्लाहमा बैकल्पिक बाटो रोजियो। नाकै ठोकिने ठाडो उकालो हिंड्दै टेकानपुरको डाँडामा पुग्दा आकाशबाट पानी दर्कियो। निथ्रुक्क भिजियो। क्यामेरा र ल्यापटप जोगाउने अर्को चिन्ता थपियो। ६ बजे बोटिङ बन्द हुने जानकारीले मन अत्तालिएको छ।

झमझम दर्किरहेको पानी, कान्ले पहिरोबाट उडाउँला झैं गरी हुत्तिदै आइरहेको बतास। कान्ले खस्दा पारीपट्टी टेकानपुरको जंगलमा पुर्‍याएको लेदो माटोमा चिप्लदैं, छरपस्ट रुखका हाँगाबिंगाको साहारा लिंदै फेरि ठाडै आरालो हिंडेर मुश्किलले बाँध सतहमा पुग्दा ६ बज्यो। बाँध सतहमा सेनाले टाँगेको पालमा ओत लागियो। जातेआतेका क्रममा रोकिएका बटुवा रहेछन् त्यहाँ, साथमा केही सेना।
सेनाका दुई एस्क्याभेटर अबरेसम्म काम गर्दै रहेछन्। बाँधको मुख खोतलेर पानी बहाब बढाउँदै ताल सतह घटाउनु डोजरको काम थियो। बाँधको दुईमध्ये एकबाट पानी बहिरहेको छ, अर्को मुख थुन्न दुई एस्क्याभेरट ब्यस्त। सेनाले बिहीबारदेखि ...कफर्डड्याम' प्रविधि अघि सारेको थियो। यही प्रविधिमा आधारित काम भइरहेको रहेछ। एउटा मुखलाई थुन्दै अर्कोतिरबाट गहिर्‍याएर ह्बात्तै खोल्दै यही प्रक्रिया दोहोर्‍याइ रहेने विधिलाई कफर्डड्याम' प्रविधि भनिन्छ।
कान्ले पहिरो थामिएको छैन, खसिरहेको छ। पालमा ओत लाग्ने क्रममा ठूल्ठूला आवाजसहित पहिरो खसिरहेको थियो। माथिल्लो भागमा समथर बनेकाले पहिरो त्यहीँ रोकियो, तलसम्म आइनपुग्ने। 'बिहान ऊ त्यहाँसम्म घटेको थियो। अहिले पुरेछ। हेर त भाइहरु,' कर्णेल राजेन्द्र श्रेष्ठ मातहतका टोलीलाई भनिरहेका थिए। दिनभरको प्रयासले घट्ने तलाउ साँझ हुने वर्षाले क्षणभरमा पुर्दो रहेछ। सेनाका अधिकारी तलाउ घटाउन सुरुदेखि नै बर्षाले साथ नदिएको बताइरहेका थिए। 'ए भाइ हो, छाता ओढेर भएनि हानौं,' सैनिक कमाण्डर बिष्फोट गर्न भन्दै थिए। ढाक्दै आएको हुस्सुले त्यो सम्भव भएन।
यत्तिकैमा बोटिङ तयार भयो। हामी चढेर बाह्रविसे तर्फ अघि बढ्यौं। दाबी खोलामा तलाउले सबैभन्दा बढी चार मिटर चौडा लिएको रहेछ। अघि बढ्दै गर्दा अचम्म लाग्ने दृश्य देखिए। केही बिजुलीका ट्रान्समिटर टावरका टुप्पो मात्र देखिएको थियो। राम्चेका १९ घर यहीँ डुबेका छन्। पाँच तलेसम्मका ती घर देखिन त के, कहाँ थिए भन्ने अनुमान लगाउन पनि मुश्किल। बोटिङबाट राजमार्गमा उत्रँदा झमक्क रात परिसकेको थियो।
४८ मिटर उचाइ लिएर २ हजार ७ सय मिटर लामो तलाउले बढीमा ४ सयदेखि औसतमा २ सय चौडा लिंदा बिशाल तलाउ बनेको छ। यहाँ १ करोड घनमिटर पानी जमेको विज्ञले बताउँदै आएका छन्। सँधै डुलीहिंडेको ठाउँ पुरै नौलो लाग्ने। कहाँ, कहाँ पुगेजस्तो। टेकानपुरको दाबी गाउँ यही पोखरीभित्र मिलेको रहेछ। मांखाको इटीनी, काबुने गाउँ र ड्यामस्थित राजमार्ग छेउका घर बाँधमा पुरिएका छन्। मानवीय र भौतिक क्षतिले स्थानीयलाई जति रुवाएको छ, त्यो भन्दा बढी चिन्ता तालको रहेछ।
त्यसो त सुरुदेखि नै सेना बाँध खियाउन अथक प्रयास गरिरहेको छ। सुरुमा विष्फोट र पछि ड्रिलमेशिन, एस्क्याभेटरसहित तलाउ घटाउने प्रयास भइरहेको छ। उपलब्ध सिमिति स्रोत साधनबाट सेना उत्कृष्ट काम गरिरहेको छ, तर पर्याप्त छैन। सेनाले प्रयोग गरिरहेका दुई एस्क्याभेटर हिउँदमा बाटो खन्ने खालका छन्। कान्ले चट्टान व्यवस्थापन गर्ने सामर्थ्य ती एस्क्याभेटर राख्दैनन्। 'राम्रा बर्षादी छैनन्। काम गर्दा लगाउने पन्जा, गन्जी, टिसर्ट छैन,' सेनाका जवानहरु गुनासो गर्दै थिए।

लालबकैयाको बाँध फुट्ने खतरा बढी, पाँच गाउँका पुरै घर जोखिममा

रौतहट– साउन अन्तिम सातामा देशभरि परेको मनसुने वर्षासँगै लालबकैया नदीमा आएको बाढीले देवही गाविसनजिक करिब दुई सय मिटर तटबन्ध पूर्णरूपमा कटान गरिसकेको छ। सो क्षेत्रका स्थानीयले अहिले सम्भावित खतराबाट जोगिन अनिँदो रात बिताउन बाध्य छन्। 
 
लालबकैया नदीमा आएको बाढीले देवाही–८ स्थित झन्डै दुई सय मिटरभन्दा बढी तटबन्ध कटान गरेपछि आसपासका पाँच गाउँका बासिन्दा सम्भावित खतराबाट त्रसित छन्।

लालबकैया नदीमा आएको बाढीले तटबन्ध कटान गरी पूर्णरूपमा कमजोर बनाएपछि एक सातादेखि सशस्त्र , नेपाली सेना र नेपाल प्रहरी तथा जल उत्पन्न प्रकोप नदी नियन्त्रण ३ नम्बर डिभिजन कार्यालयका प्राविधिकले सम्म्भावित खतरा टार्न बोरामा बालुवा हालेर र बाँसको घेरो लगाएर तटबन्ध निर्माण गरिरहेका छन्।
शुक्रबार राति आएको बाढीले भत्किएको बाँध भएर बस्तीतर्फ बाढीको पानी प्रवेश गर्न थालेपछि नदी नियन्त्रकको प्राविधिक टोलीसँगै स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीको मद्दतमा फुटेको बाँधलाई नियन्त्रणमा लिई गाउलेलाई सम्भावित खतराबाट जोगाइएको प्रहरी नायब उपरीक्षक भीम ढकालले बताए।
बाढीले बगाएको तटबन्ध मर्मत कार्य जारी रहे पनि पूर्णरूपमा नियन्त्रणमा आउन नसकेका कारण देवाही, करुनिया, जिगडवा वेलविछवा, भेलही, खेसरहियालगायत गाविस उच्च जोखिममा छन्।
लालबकैया नदीमा एक साताअघि आएको बाढीले झन्डै दुई सय मिटरभन्दा बढी तटबन्धको ९८ प्रतिशत भाग कटान गरेको थियो। अहिले बाँसको पाइलिङ गरी बालुवासहितको बोरा राखेर स्पर निर्माण कार्य युद्धस्तरमा भइरहेको जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण ३ नम्बर डिभिजन कार्यालयका प्रमुख अजय जयसवालले बताए।

पानी पर्ने छाँट देखिनासाथ स्थानीय फुटेको तटबन्धनजिक रातभर पालैपालो जाग्राम बस्ने गरेका देवाही–९ फुलवरियाटोलका स्थानीय पल्टीदेवीले बताइन्। 'बाँध बगाइसकेकाले कतिखेर नदीमा बाढी आउँछ र बस्ती बगाएर लान्छ भन्ने डरले रातभर सुत्नै सक्दैनौं,' उनले भनिन्, 'घरपरिवार सबै डुबानमा पर्ने खतरा छ।'
 
प्रमुख जिल्ला अधिकारी मदन भुजेलका अनुसार नदीको तटबन्ध जुन बेला पनि फुटेर बस्तीमा प्रवेश गर्ने सम्भावित खतरालाई मध्यनजर गर्दै उक्त भेगका बासिन्दालाई घरभित्रका बहुमूल्य सामानहरू आफन्तको घरमा वा सुरक्षित स्थानमा राख्न आग्रह गरिएको छ।

बिशाल मानब सागर बाट यसरी बन्यो टुँडिखेलमा मानव झण्डा (फोटो फिचर)


नेपाली जो जहाँ जसरी भए पनि चन्द्रसूर्य अङ्कित झण्डामुनि सबै नेपाली एक हौँ भन्ने भावनाले वोत प्रोत भएर  उक्त भावना स्थापित गराउने उद्देश्यले हजारौँ मानिस सहभागी भई चन्द्र सूर्य अङ्कित नेपाली झण्डा तयार गरिएको छ।
"शान्ति र समृद्धिका लागि मानव मूल्य" नामक संस्थाले विश्व रेकर्ड कायम गर्ने उद्देश्यले आज भाद्र ७ को दिन नेपाली सैनिक मञ्च टुँडिखेलमा करिब ३५ हजार मानिसलाई उपस्थित गराएर कागजको प्ले कार्ड बोकी झण्डा बनाइएको हो थ्यो ! लगभग चार महिनाको तयारीपछि बनाइएको विशाल मानव सागर सहभागी भएको झण्डालाई विश्व कीर्तिमानका लागि दृश्य सामग्री सङ्कलन गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पठाइने भएको छ।
नेपालको झण्डा जस्तो र जुनजुन रङको छ त्यही रङमा १२८ मिटर चौडाइ र १६८ मिटर लम्बाइको आकारमा मानिसले कागजको टुक्रा बोकेर झण्डा निर्माण गरेका थिए।
यसअघि १५ फेब्रुअरी सन् २०१४ मा पाकिस्तानले २८ हजार ९५७ मानिस उपस्थित गराई झण्डा बनाएको विश्व रेकर्ड रहेको छ।
यसका लागि एकजना मानिसले बोक्ने कागजको आकार १८ इन्च लम्बाइ र २५ इन्च चौडाइको थियो। सहभागीका लागि सामाजिक सञ्जाल र फेसबुकबाट आवेदन माग गरिएको थियो।

दृश्य सामग्रीको अध्ययन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डले आठ हप्ताभित्र निर्णय दिनेछ। कार्यक्रमका लागि प्रत्येक सहभागीबाट रु १०० उठाइएको थियो।
सोही अवसरमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले मानव सागर सहभागी झण्डा निर्माणले नेपालीहरु बीचको एकता र राष्ट्रियतालाई दर्शाउने बताए।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, समाजसेवी र वुद्धिजीवीको समेत सहभागिता रहेको थियो। रासस

Dr KC warns of a return to strike

KATHMANDU, FEB 03 - Barely a week after breaking his death fast, Dr Govinda KC has warned to go back on strike if the government does not appoint a new dean at the Institute of Medicine (IoM) by Tuesday evening.

In an SMS circulated on Sunday to all three secretaries of the government task force formed to address the demands put forth by doctors across the country, Dr KC has said he will return to indefinite hunger strike if the appointment of dean is not materialised in the next two days.

Dr KC had ended his indefinite hunger strike on January 24 after a four-member government task force headed by Secretary at the Prime Minister’s Office Krishna Hari Baskota agreed in principle to address three of his seven demands. The government team had agreed to address his demands to start feasibility study on providing autonomy to the IoM; stop affiliation to new medical colleges and set up a mechanism to appoint a new dean on the basis of “seniority and work experience”. Secretary at the Home Ministry Janardan Nepal, Secretary at the Education Ministry Narayan Gopal Malegu and Secretary at the Health Ministry Pravin Mishra were the other members of the government team.

Thanking the secretaries for issuing an order to appoint a new IoM dean, Dr KC texted: “TU authority are so inefficient, irresponsible and corrupt they would not comply.

For your kind information if it is not materialised within the next two days, I’ll have no other choice but to start civil disobedience again.”  

The senior orthopaedic surgeon at the TU Teaching Hospital has charged the government of being accomplice of ‘medical mafia’. “If the government really wanted to address my demands earnestly, we’d already have a new dean at the IoM ,” said Dr KC.

Dr Kishore Khanal, the president of the Nepal Resident Doctors Association, has also warned of serious consequences if the TU appoints a new dean without adhering to the “seniority and work experience” rule as they had agreed. “We firmly believe in the demands put forth by Dr KC and support him for the better cause,” said Dr Khanal.

Meanwhile, the Education Ministry has dispatched a letter to the TU, urging it to appoint the dean at the earliest. TU Registrar Chandra Mani Poudel said they will appoint a new dean soon.
Source:- ekantipur 

First meeting of the second constituent Assembly convenes, leaders vow constitution within 1 year

KATHMANDU, JANUARY 22 - The first meeting of the second Constituent Assembly (CA) has convened today at the International Convention Centre (ICC), New Baneshwor. Acting CA Chairman and senior-most member of the assembly, 86-year-old Surya Bahadur Thapa chaired the meeting which had kicked off after Interim election council chair Khilaraj Regmi's announcement.
A two minute silence was observed at the start of the meeting in respect of the Martyrs. Inaugurating the meeting, acting C.A chair Thapa expressed his confidence on timely constitution delivery through the second CA. He also stressed that the leadership should exhibit unity and alertness for ending the existing political transition in the country. Byte...

 The meeting also appointed seven CA members, including Man Bahadur Bishwokarma, Bidhya Devi Bhandari, JB Tuhure and Bikram Pandey, to chair the meeting in Thapa’s absence.The meeting also decided to conduct the CA meetings in line with the existing regulation until the new regulation is drafted.The next meeting has been slated for January 29 at 1 pm.
Expressing their views after the conclusion of the first meeting today, leaders of different political parties expressed commitment towards promulgating the constitution within 1 year saying they had learnt from past mistakes

Madhesi women in poll fray face uphill task

  KATHMANDU, Nov 13: Though women candidates contesting the CA election from Tarai-Madhes constituencies profess confidence in victory, there are apprehensions they may not do so well as it is money and muscle that largely determine victory in elections, especially in the Tarai.

In the 2008 poll, the number of women candidates from the Madhesi People´s Right Forum-Nepal (MPRF-N), Tarai Madhes Democratic Party (TMDP) and the Sadbhawana Party (SP) was 11 out of a total of 284 candidates.

However, the number of women candidates picked under the first past the post (FPTP) electoral system by the four major Madhesi parties--MPRF-N, Bijay Kumar Gachchhadar-led MPRF-D, TMDP and SP-- has increased significantly to 79 out of the total of 552 they are fielding.

The women candidates have said that their victory was certain as women voter sentiment was with them. However, they were quick to add that the common perception about them was not fair, and that "male voters don´t easily trust them as society is still male-dominated".

Anita Yadav, who is contesting from constituency-5 of Dhanusha on a TMDP ticket, said that she has concluded her door-to-door campaigning. "The sentiment of women is with us," said Yadav, adding, "We are just as confident and capable as male candidates."
She further said, "The people have the power and they are fed up with the corruption and opportunism of male leaders; I am hopeful people will vote for me."
Asked whether they were capable of resorting to every tactic available to win, like the male candidates do, Yadav said, "I am equally capable of doing anything to win." For her, every woman candidate in the Tarai is as capable as any male candidate.

SP candidate Kala Kumari Dhakal, who is contesting from constituency-3 of Nawalparasi, said that she could not reach every voter in her constituency. But she claimed that female candidates were trusted more in comparision to males. She further said that though her victory was not certain, she would be a strong contender.
"The candidates of other parties are using short-term incentives to woo voters," said Dhakal, adding, "My victory is not certain as I don´t have money and muscle." She further said that she was not being treated fairly by voters belonging to the Hill communities as she "belongs to a Madhesi party".

"Hill community people don´t easily trust me as I represent a Madhes-based party," she said. "However, educated and alert voters do trust us."
Another female candidate, Karima Begam, who is contesting in constituency-1, Parsa from the MPRF-N, said no force could stop her from winning. "Voters resonate with me as if I were a family member," said Begam. She further said that women and the Muslim electorate in particular would vote for her as their sentiment was with her.

"This time round also my victory is certain," claimed Begam. She won from the same constituency in the previous election. "We have to believe in ourselves and contest with full conviction that we can win."

However, political analysts say society is yet to trust female poll candidates.
Women activist Manchala Jha said the Madhesi community does not yet trust women leaders. "Though people in Madhes generally feel for women, they are not ready to accept them as candidates to represent them in parliament," said Jha. She further said that political awareness came to Madhesi women leaders only after the Madhes movement of 2007. "Leadership is yet to develop in them."

She went on to accuse the Madhesi parties of fielding women candidates in those constituencies where they were weak. "The Madhesi parties don´t want to concede a respectable space to women," claimed Jha, adding that Madhesi parties have fielded women candidates just to ensure 33 per cent representation for women.

"A candidate who has access to money and muscle is likey to win in the constituencies of the Tarai and there is no consideration for political ideology or anything else. Since women are unable to use muscle and money, they may not get elected in the numbers anticipated," insisted Jha.
Select Menu