Health/Sex


News

Guff Gaff

Education

Movie

Tech

Videos

World

Mobile News

Archive

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

फ्यानको पागलपन, फिल्मको जस्तो बनाउने कानकै आकार परिवर्तन !

फिल्मी कलाकारको कपडा, कपाल लगायतका स्टाइल नक्कल गरेको त हामीले देख्दै आएका हौं । तर, क्यानडाकी एक मोडलले भने ल लर्ड अफ दि रिङबाट प्रभावित भएर कानको स्वरुप नै परिर्वतन गरेकी छिन् ।


२३ वर्षीया मोडल मिलिन्डा मूनले करिव २ सय ५० पाउन्ड खर्च गरेर कानको आधार (प्वाइन्टेड ईयर्सको जस्तै) बनाएकी हुन् । यसका लागि उनले कानको सर्जरी गरेकी छन् ।
बाल्यकालमा काल्पनिक गाथाहरु सुन्न रुचाउने मिलिन्डा एल्फ जस्तै देख्न चाहन्थिन । सर्जरीपछि केही दिन अनौठो लागेको उनले बताइन् । दुई सातासम्म कानमा टाँका लगाइएको थियो, किनकी स्कीनले आकार लिन समय लाग्थ्यो । अरु भन्दा अलग देख्न चाहने मिरिन्डा अहिले निकै खुसी छिन् । उनी अब कानलाई कुनै पनि हालतमा पहिलेको स्वरुप नदिने बताउँछिन् ।

मोटाएको आरोपमा देश निकाला

गैर कानुनी रुपमा अर्को देशमा गएर बसेको तथा विभिन्न अपराध गरेको आरोपमा विभिन्न देशबाट विदेशी नागरिकहरुलाई देश निकाला गरिएका खबर त सुन्ने गरिएकै हो । तर एक जना अभागीले भने कुनै अपराध नगरिकनै विदेश छाड्नु परेको छ । विचरा ती अभागीका लागि आफु मोटाउनु नै उनले गरेको अपराध भयो ।

हो, बढि मोटो भएको आरोपमा एक दक्षिण अफि्रकी नागरिकलाई न्युजिल्याण्डले देश निकाला गरेको छ । ६ वर्षअघिदेखि न्युजिल्याण्डको क्राइस्टचर्च सहरमा बस्दै आएका अल्बर्ट बुटेनहुइसलाई न्युजिल्याण्ड सरकारले देश निकाला गर्ने निर्णय गरेको हो ।

http://hamroknowledge.blogspot.com/
१३० किलो तौल भएका अल्बर्ट आफ्नो देशमा बस्नका लागि योग्य नभएको निष्कर्ष न्युजिल्याण्ड सरकारको छ । सन् २००७ मा श्रीमती सहित न्युजिल्याण्ड आएका अल्बर्टको तौल सुरुमा १६० किलो थियो । उनले यो ६ वर्षमा आफ्नो तौल घटाएर १३० किलोमा झारेका थिए । तरपनि त्यो घटाएको तौल उनलाई न्युजिल्याण्डमा बस्न दिनका लागि पर्याप्त भएन ।

वर्किङ भिषामा न्युजिल्याण्डमा काम गर्दै आएका अल्बर्टले होटलमा खाना पकाउने काम गर्दै आएका थिए । ५ वर्षसम्म उनको भिषा नविकरण गर्न उनको वजनले छेकेन तर गत मे मा उनीहरु भिषा नविकरणका लागि अध्यागमन विभागमा जाँदा त्यहाँका अधिकारीहरुले अल्बर्ट बढि मोटो भएको भन्दै उनको भिषा नविकरण गर्न नसकिने बताए ।

१६० किलो तौलको हुँदा भिषा पाएका अल्बर्टले अहिले ३० किलो तौल घटेको बेला भिषा नविकरण नहुनु र देश निकालामा पर्न बाध्य हुनु निकै आश्चर्यको कुरा भएको उनी श्रीमती बताउँछिन् । त्यसैले उनीहरुले अध्यागमन विभागको यस्तो निर्णय विरुद्द न्युजिल्याण्डको आप्रवासन मन्त्रालयमा अपिल गरेका छन् । अध्यागमन अधिकारीहरुका अनुसार उनको तौल बढि हुँदा त्यसले उनको स्वास्थ्य उपचारको खर्च बढ्ने र त्यसको भार न्युजिल्याण्ड सरकारमाथि पर्ने भएकाले उनको भिषा नविकरण नगरिएको हो ।

स्मरण रहोस् न्युजिल्याण्ड सबैभन्दा बढि मोटोपनाको दर रहेको विश्वको विकशित मुलुकमध्येको एक हो । जहाँ सयमा ३० जना मानिस मोटोपनाबाट पीडित छन् ।

एक अर्बको घरमा आठ करोडको ट्वाइलेट ल हेर्नुस फोटो फिचरसहित !!

एक अर्बको घरमा आठ करोडको ट्वाइलेट ल हेर्नुस फोटो फिचरसहित पत्याउनुहुन्छ आठ करोडको ट्वाइलेट कस्तो होला । हालै मात्र छोरीको जन्म दिएकी रियलिटी स्टार किम कार्दशियनले आफ्नो आलीशान घर भएपछि निकै खुसी भएकी छन् ।

बेलायतका कार्दशियनले एक अर्बको घरमा आठ करोडको ट्वाइलेट बनाएकी छिन् । उनका घरमा भएका चार वटा ट्वाइलेका प्लेट सुनका लगाइएका छन् ।



उनका बाबुले घरबाट निकाली दिएका थिए तर उनी अहिले यति ठुलो सम्पत्तिको मालिक्नी भएकी छिन् । वास्तवमा किम कार्दशियन र उनका ब्वायफ्रेड केन जेस्टले सो बंगला किनेका हुन् ।

यो जोडी बंगलाको मुल्य भन्दा दुई गुना यसका एंटीरियर मा खर्च गरेका छन् । सुरक्षाको लागि मात्र १० करोड भन्दा बढी खर्च गरेका छन् । तल प्रस्तुत गरिएको ट्वाइलेटको फोटो भने किमको घरको होइन्। यो संसारकै अहिलेसम्मकै मंहलो ट्वाइलेट हो जसलाई उछिन्न किमले पनि सकिनन् ।

पाइन्टमै आची गरेपछि जेलको बास

  1. मान्छेले दिसा गर्छ, अझ गर्नैपर्छ । तर कहिलेकाहीँ यो दिसा यति महंगो भैदिन्छ की जेलको हावा समेत खुवाउँछ ।अमेरिकाका एक व्यक्तिले आफ्नो पाइन्टमा एक्कासी आची गरेपछि एक हप्तासम्म जेलको हावा खानु परेको छ ।

    आफ्नै पाइन्टमा आची गर्यो तर उसलाई नै हानी हो । आखिर किन जेलमा कोच्नुपरेको होला ? भन्ने जिज्ञासा उठ्नु स्वभाविकै हो । तर कथा अर्कै छ ।

    समाचार अनुसार अमेरिकाको मेइन क्षेत्रका बासिन्दा रोनाल्ड स्ट्रोंगले यस्तो सजाय भोग्नुपरेको हो । पोर्टल्याण्डको संघीय अदालतभित्र रहेकै बेला रोनाल्डले पाइन्टमै आची गरेका रहेछन् ।

    पाइन्टमै दिसा चुहिएपछि उनले त्यहाँको बाथरुममा गएर सफा गर्ने क्रममा बाथरुममा फोहोर फ्याँकेको आरोप उनीमाथि लागेको थियो ।

    समाचार अनुसार उनले बाथरुमको भुइँभरि दिसा गरेका थिए, भित्तामा समेत दिसा लागेको थियो र यत्रतत्र दिसा पुछेका ट्वाइलेट पेपर थिए ।

    सोही आरोपमा उनलाई संघीय अदालतले ७ दिनको जेल सजाय सुनाएको थियो । संघीय अदालतको फैसला विरुद्ध उनी अमेरिकी पुनरावेदन सर्र्किट कोर्टमा अपिल गरेका थिए ।

    तर पुनरावेदन अदालतले संघीय अदालतको फैसला सदर गरेपछि उनले सात दिन जेलको हावा खानुपर्ने भएको हो ।

सांसदले देखाएपछि सनसनी

आफ्नो टाटु देखाउने बहानामा गुप्तांग समेत देखिएको तस्वीर सामाजिक संजालमा अपलोड गरेपछि स्विडेनका एक सांसदलाई लाजमर्नु त भयो नै विपक्षी दल तथा देशका विदेश मन्त्रीले समेत उनको यो कमजोरीलाई राजनीतिक हमलाको अस्त्र बनाए ।



स्विडेनको एक वामपन्थी दलका नेता समेत रहेका लार्स ओहलीले इंगलिस क्लब लिभरपुलको लोगोयुक्त टाटु आफ्नो सरीरमा खोपेका रहेछन् । सोही टाटु आफ्नो फलोअर्सलाई देखाउन भन्दै उनले आफ्नो कम्मर मुनिको भागको तस्वीर खिचेर सामाजिक संजाल इन्स्ट्राग्राममा अपलोड गरेका थिए । तर विचरा उनलाई आफुले पाइन्ट तर सारेर तस्वीर खिच्दा पृष्ठभूमिमा आफ्नो गुप्तांगको केही भाग पनि देखिएको पत्तो भएन ।

सो कुराको खुलासा भएपछि उनले तत्कालै इन्टरनेटबाट सो तस्वीर हटाए । तर उनको तस्वीर देखिसकेका मानिसहरुले भने उनलाई खुब खिसिट्युरी गरे । गुप्तांग देखाएको तस्वीर इन्टरनेटमा हाल्ने सांसदको खोइरो खन्नेमा स्विडेनका विदेशमन्त्री तथा इतर पार्टीका नेताहरु समेत छन् । विदेश मन्त्री कार्ल बिल्डटले भनेका छन्, ‘बधाइ छ महोदय, आखिर यत्रा वर्षपछि बल्ल तपाइँले खासमा एक महत्वपूर्ण सार्वजनिक उपलब्धी हासिल गर्नुभयो ।’

विचरा पछि चेत पाएका ती सांसदले दुख मनाउ गर्दै अब इन्टरनेट साइटमा तस्वीर अपलोड गर्दा निकै होस पूराउने बताएका छन् ।

बाँदरले बालकलाई यसरी च्यापेपछी छुटाउन मुस्किल…(फोटोसहित)

 चिडियाखाना घुम्नम गएका एक बालकमाथी बाँदरले झम्टिएर ती बालकालाई घाइते बनाएको छ ।

आफ्ना बाबुसँग भारतको मध्य प्रदेश स्थित एक चिडियाखाना घुम्न गएका बालकलाई बाँदरले एक्कासी झम्टिएर टोकेपछि ती बालक घाइते भएका हुन् । त्यो बालकलाई बाँदरको चंगुलबाट छुटाउन बालकका पितालाई निकै गार्हो भएको थियो । ती बालकका पिताले उक्त बाँदरलाई लठ्ठिले पिटेर बल्ल बल्ल बालकलाई छुटाएका थिए । बाँदरले बालकलाई झम्टिएर भूइँमा पछारेको थियो र टोक्न थालेको थियो ।

यस्तो देखेपछी बालकका बाबुले बाँदरलाई तानेर निकाल्ने प्रयास गरेपनि छुटाउन नसकेपछी लठ्ठीले कुटेर बाँदरलाई त्यहाँबाट भगाएका थिए ।

अतिनै डरलाग्दो दृश्य मृगलाई यसरि खायो अजिंगरले ( भिडियो )


महिला पुलिस अफिसरले रोडमा देखाईन डान्स भिडियो सहित


यसरि खाँदा रहेछन जिउदै बाँदरको ब्रेन

यो पृथ्वीमा मान्छे जस्तो निच र घृणित कार्य गर्ने प्राणी अरु कुनै नहोला |मान्छेले मान्छेको त मासु खान्छन भने पशुको त के कुरा | मासु खाने पनि मानिसको फरक फरक तरिकाहरु छन् | कोहि तल बाट घाँटी रेटेर मारेर मासु खाने गर्दछन त कोहि मार हानेर एक्कै चोटीमा घाँटी छिनालेर मारेर मासु खाने गर्दछन |इन्टरनेट मा यस्ता कयौ दृश्यहरु दिनहु सार्बजनिक भै रहेका छन् |

Monkey brain is a controversial foodstuff, often attributed to the Chinese, but also found in certain other countries. The practice of eating monkey brains has led to over-hunting in Indonesia, especially due to the unfounded belief that eating the monkeys’ brain can cure impotence.
In Western popular culture, the consumption of monkey brains is repeatedly portrayed and debated, often in the context of portraying exotic cultures as exceptionally cruel, callous and strange.
तर मान्छेको जात नै निर्दयी छ | आज हामी तपाईहरुलाइ मान्छेले बाँदरको मासु खाने गरेको बारेमा देखाउदै छौ |
प्राय: चीन, इन्डोनेशियामा बढी मात्रामा बाँदर को दिमाख( Brain) खाने गरिन्छ | नपुंसकताको उपचार को लागि बाँदरको Brain खाने गरेको परम्परा पाइए पनि यो उपचार अन्धविश्वास मात्रै भएको बैज्ञानिक ठहर छ |
पश्चिमेली सस्कारमा प्राय: तिन तरिकाबाट बादरको Brain खाने गरिन्छ |
१) बाँदरको Brain निकालेर त्यसलाई पकाएर खाने |
२) बाँदरको Brain निकाली त्यसलाई काचो नै खाने |
३) जिउदो बाँदर को नै Brain चम्चाले निकाली खाने |
यो तेस्रो तरिका निक्कै नै दर्दनाक हुने छ | यसरि तड्पाई तड्पाई Brain खाने गरेको दृश्य देख्दा तपाई लाइ कस्तो लाग्छ भिडियो हेर्नुस र आफ्नो विचार तल कमेन्ट मा लेख्नु होला |
स्रोत : फ्रीसंसार

तास खेलेर विश्व किर्तिमान

रेकर्ड राख्ने तरिका पनि कस्ता कस्ता ? आखिर जे कुराको पनि विश्व किर्तिमान हुँदो रहेछ । अमेरिकामा मानिसहरुले तास खेलेर समेत विश्व किर्तिमान कायम गरेका छन् ।

अमेरिकाको न्युयोर्कस्थित टर्निङ स्टोन रिसोर्ट क्यासिनोमा ६ सय जना मानिसहरु एकसाथ तास खेलेर विश्व किर्तिमान राखेका हुन् ।



रिसोर्टमा आएका ६ सय जना पाहुनाले रातो र सेतो रेनकोट लगाएका थिए । उनीहरु जुन ठाउँमा उभिन्थे त्यहाँ पाँच मिनेट सम्म स्थिर रहनुपथ्र्यो । गिनिज बुकका अधिकारीहरु सो कार्यक्रममा पुगेर त्यसलाई विश्वका सबैभन्दा धेरै मान्छे एक साथ तास खेलेको कार्यक्रमका रुपमा प्रमाणित गरेका छन् ।

उक्त रिसोर्टको २० औँ वाषिर्कोत्सवका अवसरमा गएको जुलाई १३ मा सो कार्यक्रमको आयोजना गरिएको छ ।

बाउको मोबाइल बाट कार किनिन् एक वर्षकी छोरीले


जन्मँदै तिन पात भन्ने उखानै छ । यो उखानलाई अमेरिकाकी एक बालिकाले चरितार्थ गरेकी छिन् । एक वर्षकी ती बालिकाले कार किनेकी छिन् । उनले कुनै कार सोरुममा गएर कार किनेकी होइनन् । आफ्नै बुवाको मोबाइल फोनबाट उनले कार किनेकी हुन् ।

car

ती बालिकाले आफ्नो बुवाको मोबाइल खेलाउने क्रममा अनलाइनमा बिक्रिमा राखिएको कार खरीद गरेकी हुन् । समाचार अनुसार ओरेगनको पोर्टल्याण्डका पाउल स्टोउटकी १ वर्षकी छोरीले इ बे मा मार्फत अनलाइन बिक्रिमा राखिएको कार खरीदको अप्सनमा क्लिक गर्न पुगिन् । पाउललाई छोरीले गरेको त्यो काम त्यति बेला सम्म थाहा थिएन जतिबेला उनलाई एक्कासी इ बे बाट बधाइको सूचना आयो । १९६२ मा बनेको अस्टिन हेली स्प्राइट कार २२५ अमेरिकी डलरमा खरीद गर्न सफल हुनुभएकोमा बधाइ छ भन्ने सूचना उनको मोबाइलमा आएपछि उनी खङ्ग्रङ्ग भए । आफुले कतैपनि कार किन्न गएकै छैन , कसरी कार आफ्नो नाउँमा पर्यो त ? भनेर उनी अचम्ममा परे । पछि बुझ्दै जाँदा त छोरीले आफ्नो स्मार्टफोन खेलाउँदा इ बे एप्लिकेसन लग अन गरेर बिक्रिमा राखिएको कार किन्ने अप्सनमा क्लिक गरिछन् ।


धन्न छोरीले महंगो कार किनिनन् । यदि किनेको भए कसरी पैसा तिर्ने भन्ने चिन्ता हुन्थ्यो । तर त्यो महत्वपूर्ण ऐतिहासिक कार सस्तो मूल्यमा छोरीले किनिदिएपछि पाउल अहिले निकै खुसी भएका छन् । अब पाउल दम्पती छिटै बिक्रेतासँगबाट त्यो कार आफ्नो घरमा भित्राउने तयारीमा छन् । त्यो कारलाई जतन गरेर राख्ने र पछि छोरी १६ वर्ष पुग्दा जन्मदिनको दिन वा हाइ स्कुल पास गर्दाको दिन छोरीलाई उपहार दिने लक्ष्य उनीहरुको छ ।

छोरीले यो पाला त सस्तो कार किनिन् । यदि कुनै बेला मोबाइल खेलाउँदा पैसा तिर्नै नसक्ने चिज किनिन् भने के गर्ने ? त्यहीँ भएर अहिले पाउलले आफ्नो मोबाइल छोरीले खोल्न नपाउन् भनि पासवर्ड राखेका छन् र अनलाइनमार्फत खरीद गर्न सकिने एप्लिकेसन पनि अनइन्स्टल गरेका छन् ।
Select Menu