Health/Sex


News

Guff Gaff

Education

Movie

Tech

Videos

World

Mobile News

Archive

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

भारतद्वारा इंल्याण्ड पराजित, सिरिजमा २–० को अग्रता

http://hamroknowledge.blogspot.com/
 इंग्ल्याण्डमा जारी एक दिवसीय सिरिजमा भारतले इंग्ल्याण्डलाई पराजित गर्दै पाँच खेलको श्रृंखलामा २–० को अग्रता लिएको छ । तेस्रो एक दिवसीय खेलमा भारतले इंग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।
इंग्ल्याण्डले तयार गरेको २२८ को लक्ष्यलाई भारतले ४३ ओभरमा ४ विकेट गुमाउँदै पछ्याएको थियो ।

शुरुवाती ब्याटिङ गरेको इंग्ल्याण्डले उत्कृष्ट शुरुवात गरेको थियो । १८ ओभरमा विना कुनै विकेट गुमाई इंग्ल्याण्डले ८२ रन जोडेको थियो जसमा कप्तान एलिस्टर कुकले ४४ रन तथा एलेक्स हेल्सले ४२ रनको योगदान दिएका थिए । तर, इंग्लयाण्डले २८ बलको अन्तरालमा ३ विकेट गुमाएपछि २२७ रनमा समेटियो ।

मिडल अडर ब्याटस्म्यान जम्न नसकेको बेला जोस बट्लरले ४२ र जेम्स ट्रेडवेलले ३० रनको योगदान दिएर इंग्लयाण्डलाई सम्मानजनक योगफलमा पुर्याएका थिए ।
भारतका लागि रविचन्द्र अश्वीनले ३ विकेट लिए ।

जवाफमा उत्रेको भारतका लागि ओपनर अजिंका रहानेले ४५ रनको योगदान दिए । तर, खेलमा अम्बाती रायडु र सुरेश रैनाको पार्टनरसीप निर्णायक रह्यो र भारतलाई जीत दिलायो । रायडुले ६४ र रैनाले ४२ रनको योगदान दिए ।

म्यान्चेस्टर सिटी स्टोकसँग स्तब्ध, युनाइटेड फेरि बराबरीमा रोकियो

http://hamroknowledge.blogspot.com/
म्यान्चेस्टर, भदौ १४ – म्यान्चेस्टर युनाइटेडको यस सिजनको खराब प्रदर्शन आज पनि कायम रह्यो । यस सिजन मात्र प्रिमियर लिगमा प्रमोसन भएको क्लब बर्नलेसँग गोलरहीत बराबरीमा चित्त बुझाउन युनाइटेड बाध्य भएको छ ।

नयाँ प्रशिक्षक लुइस भान गालले प्रिमियर लिगमा अझै कुनै खेल जित्न सकेका छैनन् भने रेकर्ड अनुबन्ध भएका एंखल डि मारियाले पनि युनाइटेडलाई जित दिलाउन सकेनन् ।

युनाइटेडले यस सिजन सम्भावित ९ अंकमा २ अंक मात्र बटुल्न सकेको छ र समाचार तयार पार्दासम्म १६ औं स्थानमा चित्त बुझाउन बाध्य रहेको छ ।

रोबिन भान पर्सीले पाएको दुई मौकालाई सदुपयोग गर्न सकेका थिएनन् ।

उता, युनाइटेडको चिर प्रतिद्वन्द्वी म्यान्चेस्टर सिटी पनि स्टोक सिटीसँग १–० ले स्तब्ध बनेको छ ।

आफ्नै गृह मैदानमा सिटी पराजित बन्न पुगेको हो ।

खेलको अधिकांश समय आफ्नो नियन्त्रणमा राखे पनि ५८ औं मिनेटमा स्टोकका बिराम डिओफले गरेको गोल निर्णायक बन्न पुग्यो ।

त्यस्तै, स्वान्सी सिटीले वेस्ट ब्रोमलाई ३–० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । स्वान्सीको जीतमा नाथान डायरले दुई तथा वेन रटलेजले एक गोल गरे ।

एभर्टनविरुद्ध चेल्सीको आधा दर्जन गोल

http://hamroknowledge.blogspot.com/
लण्डन, भदौ १५ – चेल्सीले एभर्टनलाई हराउँदै यस सिजन इंग्लिस प्रिमियर लिगमा आफ्नो शत प्रतिशत रेकर्ड कायम राखेको छ । गोलको वर्षा भएको खेलमा चेल्सीले एभर्टनलाई ६–३ गोल अन्तरले हराएको हो ।

एभर्टनको गृह मैदानमा भएको चेल्सीले शुरुवाती मिनेटमा नै अग्रता लिएको थियो । डिएगो कोस्टाले चेल्सीका लागि गोल गर्दै अग्रता दिलाए । लगातार तीन खेलमा उनको यो तेस्रो गोल हो । त्यस लगत्तै खेलको तेस्रो मिनेटमा ब्रानिस्लाभ इभानोभिचले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए ।

तर, पहिलो हाफ सकिन केही समय बाँकी रहँदा केभिन मिरालेसले उत्कृष्ट गोल गर्दै चेल्सीका अग्रतालाई आधा बनाए ।

निकै प्रतिस्पर्धात्मक भएको खेलको दोस्रो हाफमा सेमस कोलम्यानले आत्मघाती गोल गर्दै चेल्सीको अग्रता फेरि बढाए । त्यसलगत्तै खेलको ७४ औं मिनेटमा निमान्जा माटिचले चेल्सीका लागि अर्को गोल गरे र खेल ४–२ को अवस्थामा पुग्यो ।

त्यसको दुई मिनेटपछि नै स्यामुयल इटोले आफ्नो पूर्व क्लबविरुद्ध गोल गर्दै खेल ४–३ को स्थितिमा ल्याए । तर, यो पनि धेरै लामो टिक्न सकेन र पुनः चेल्सीका लागि रामिरेजले गोल गर्दै दुई गोलको अग्रता कायम राखे ।

खेलको अन्तिम मिनेटमा डिएगो कोस्टाले पुनः गोल गर्दै चेल्सीलाई ६–३ गोल अन्तरले विजयी बनाए ।

मैत्रिपूर्ण फुटबलमा नेपालद्वारा बंगलादेश पराजित

 एसियाडको तयारीका क्रममा बंगलादेश गएको नेपाली फुटबल टोलीले मैत्रिपूर्ण खेलमा घरेलु टोलीलाई पराजित गरेको छ ।

शुक्रबार भएको खेलमा नेपालले बंगलादेशलाई १-० गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि ७९ औं मिनेटमा सुशील केसीले गोल गरेका थिए । उनले रोविन श्रेष्ठको पासमा गोल गरेका हुन् ।
यसअघि पहिलो मैत्रिपूर्ण खेलमा नेपाल बंगलादेशको टोलीसँग १-० गोल अन्तरले पराजित भएको थियो ।

पवित्रलाई मन्थ्ली मेडल गल्‍फ उपाधि

काठमाडौं : सूर्य नेपाल गोकर्ण मन्थ्ली मेडल गल्फ प्रतियोगिताको उपाधि पवित्र कार्कीले जितेका छन्। पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा शनिबार भएको प्रतियोगितामा कार्कीले तीनअन्डर ६९ स्कोर खेले।

मेडलअन्तर्गत पाँचौं संस्करणको समाप्तिसँगै ग्रसतर्फ प्रभात सिंह एक सय ६० अंकका साथ शीर्ष स्थानमा छन्। दोस्रो स्थानमा रहेका गोपाल चित्रकारको एक सय ३० अंक छ।
सुबोध थापा दोस्रो भए। एकअन्डर ७१ खेलेका थापाले काउन्ट ब्याकका आधारमा सुहृद् घिमिरेलाई पछि पारेका थिए। समान ७१ खेलेका घिमिरे तेस्रो भए।
बेस्ट ग्रसको उपाधि गोपाल चित्रकारले जिते। चित्रकारले सातओभर ७९ खेलेका थिए।

जुनियरतर्फ सम डवलार्ड च्याम्पियन बने। डवलार्डले चा

एक सय २० अंकका साथ प्रदीपकुमार श्रेष्ठ तेस्रो र एक सय १२ अंक जोडेका राजेन्द्र श्रेष्ठ चौथो स्थानमा छन्। समान एक सय अंक बनाएका आङछिरिङ शेर्पा, तासी घले र नोर्बु शेर्पा संयुक्त पाँचौं स्थानमा छन्।

यसैगरी नेटतर्फ दुई सय १६ अंक जोडेका प्रभात सिंह नै शीर्ष स्थानमा छन्। एक सय ७२ अंक बनाएका सुबोध थापा दोस्रो, एक सय ३६ अंक बनाएका सुहृद् घिमिरे तेस्रो र एक सय चार अंकका साथ बाबु शेर्पा चौथो स्थानमा छन्।

एक सय अंक जोड्नेमा पवित्र कार्की, आङछिरिङ शेर्पा, नोर्बु शेर्पा, नरेश्वरजंग गुरुङ र अजयबहादुर शाह छन्। रओभर ७६ खेलेका थिए। स्ट्रोक प्ले फुल ह्यान्डिक्याप विधामा खेलाइएको प्रतियोगितामा ३६ खेलाडीले भाग लिएका थिए।
Sourse: अन्नपूर्ण पोस्ट

बार्सिलोनाका खेलाडीलाई स्केटिङ गर्न प्रतिवन्ध

बार्सिलोनाका नयाँ प्रशिक्षक लुइस इनरिकेले नयाँ सिजन सुरु हुनु अघि खेलाडीहरुका लागि नयाँ नियम लागू गरेका छन् । जुन, बार्सिलोनाका सफल प्रशिक्षक पेप ग्वार्डिआलोले लागू गरेको नियमसँग मिल्दोजुल्दो छ ।

इनरिकेले लागू गरेको नयाँ नियम अनुसार खेलाडीहरु ट्रेनिङका लागि एक घन्टा अगाडि आइपुग्नु पर्नेछ । खेलाडीहरुले खानाका लागि धेरै समय लगाउन पाउनेछैन । खानामा मदिरा पूर्ण रुपमा प्रतिवन्ध लगाइएको छ ।


खेलको दुई दिनअघि रातको समयमा खेलाडीहरु घरमा नै हुनु पर्नेछ । खेलाडीहरुको निर्णयलाई सम्मान गरिनेछ तर, नियम तोड्नेलाई १ हजारदेखि ६ हजार पाउण्डसम्म जरिवाना गरिनेछ ।

खेलाडीहरुले समाजिक संजाल प्रयोग गर्दा जिम्मेवार हुनु पर्नेछ भने क्लब विजनेशमा अफिसियल ड्रेस लगाउनु पर्नेछ । इनरिकेले खेलाडीहरुले खरतनाक स्टन्टहरु गर्न रोक लगाएका छन् । जसमा मोटरसाइकल र स्केटिङ समेत पर्छन् ।

गम्भीर दुराचारमा संलग्न भए क्लबबाट निकाल्नेसम्मको नियम प्रशिक्षक इनरिकेले लागू गरेको डेलिमेलले जनाएको छ ।

टाटा मार्टिनोको स्थानमा आएका इनरिकेसँग खेलाडीहरु घुलमिल भइसकेका छन् र उनीहरुको प्रतिक्रिया सकारात्मक छ ।

म्यानचेष्टर युनाइटेडद्वारा रियल मड्रिड पराजित

इन्टरनेशनल च्याम्पियन्स कप फुटबलमा म्यानचेष्टर युनाइटेडले युरोपियन च्याम्पियन रियल मड्रिडलाई पराजित गरेको छ ।

प्रि सिजन टुर अन्तरगत शनिबार राति भएको खेलमा युनाइटेडले मड्रिडमाथि ३-१ गोल अन्तरको जित निकालेको हो । अमेरिकामा भएको खेलमा युनाइटेडले २१ औं मिनेटमा एस्ले योङको गोलबाट अग्रता लिएको थियो ।


तर, २७ औं मिनेटमा ग्यारेथ बेलले पेनाल्टीमार्फत रियल मड्रिडका लागि बराबरी गोल गरे । तर, ३७ औं मिनेटमा योङले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई फरि अग्रता दिलाए ।

खेलको ८० औं मिनेटमा हर्नान्डेजले गोल गरेपछि म्यानचेष्टर युनाइटेड ३-१ ले विजयी भयो । खेलमा रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो पनि मैदान उत्रिएका थिए । विश्वकपपछि उनले पहिलो खेल खेलेका हुन् ।

मेस्सीमाथिको छानविन रोक्न अदालतद्वारा अस्वीकार

स्पेनको एक अदालतले कर छलेको आरोपमा बार्सिलोनाका स्टार लिओनल मेस्सीमाथिको छानविन अघि बढाएको छ ।

मेस्सीमाथि लागेको आरोप खारेज गर्न सरकारी वकिलले गरेको सिफारिसका बावजुत न्यायाधीशले छानविन रोक्न अस्वीकार गरेका हुन् । परिवारको आर्थिक स्रोतका लागि मेस्सीका बाबु जर्ज मेस्सी जिम्मेवार रहेको भन्दै सरकारी वकिलले मेस्सी दोषी नभएको बताएको थियो ।

तर, बार्सिलोनाको अदालतले भने मेस्सी जानकार रहेको हुन सक्ने बताएको छ ।

मेस्सी र उनका बाबुले भने सन् २००६ देखि ००९ सम्ममा मेस्सीको तस्वीर प्रयोगबाट आएको रकमको ३ मिलियन पाउण्ड कर छलेको आरोप अस्वीकार गर्दै आएका छन् । सर्वाधिक कमाउने खेलाडी मध्येका एक मेस्सीले बाषिर्क ३१ मिलियन पाउण्डभन्दा बढी कमाउँछन् ।

आर्सनललाई हराउँदै वार्यन म्युनिख अन्तिम आठमा

 आर्सनललाई हराउँदै डिफेण्डिङ च्याम्पियन वार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको दोस्रो लेगमा १-१ को बराबरी खेलेपनि आर्सनल बाहिरियो । पहिलो लेग २-० ले विजेको वार्यन समग्रमा ३-१ को जितका साथ अन्तिम आठमा पुग्यो ।

घरेलु मैदानमा भएको खेलको पहिलो हापमा वार्यनका जाभी मार्टिनेजको गोल अफसाइड भयो । ५४ औं मिनेटमा बास्टियन स्वाइन्स्टाइगरले गोल गर्दै वार्यनलाई अग्रता दिलाए । उनले रिवेरीको पासमा गोल गरेका थिए ।

लगतै आर्सनलका लागि लुकास पोडोलोस्कीले बराबरी गोल फर्काए । खेलको अन्तिम मिनेटमा अर्जेन रोविनलार्इ फल गरेपछि वार्यनले पेनाल्टी पाएको थियो ।

तर, वार्यन म्युनिखका थोमस मुलरको प्रहार अार्सनलका गोरलक्षकले रोकेपछि खेल १-१ को बराबरीमा सकियो ।

Nepal vs UAE T20 warm-up on at Fatullah

KATHMANDU: The national cricket team will play two warm-up matches, against Ireland and the United Arab Emirates (UAE), ahead of their maiden ICC World Twenty20 appearance in Bangladesh in March.

Nepal will meet Ireland in a day/night match Fatullah on March 12 which is also going to be the first encounter between the two sides in any format of senior cricket. After a day rest, Nepal meet the UAE for a day match at the same venue.

Nepal will begin their ICC World Twenty20 campaign with the Group A match against Hong Kong on March 16 before playing hosts Bangladesh on March 18. They will finish the preliminary round with the match against Afghanistan on March 20. Only the winner of the group will join the top eight Test playing nations in the second round.

Nepal are making their first ever appearance in the ICC World Twenty20 after finishing third

in the ICC World Twenty20 Qualifiers held in November last year at the UAE. Nepal had defeated the hosts to finish third in the tournament.
The schedule of warm-up matches (Men’s): Before first round:
Mar 12: Bangladesh v UAE (1530-1830) at Fatullah; Ireland v Nepal (1930-2230) at Fatullah; Afghanistan v Netherlands (1530-1830) at ZACS Chittagong; Zimbabwe v Hong Kong (1930-2230) at ZACS Chittagong.
Mar 14: Nepal v UAE (1530-1830) at Fatullah; Bangladesh v Ireland (1930-2230) at Fatullah; Afghanistan v Zimbabwe (1530-1830) at MA Aziz Chittagong; Hong Kong v Netherlands (1930-2230) at MA Aziz Chittagong.
Before Super 10 stage:
Mar 17: New Zealand v Pakistan (1530-1830) in Mirpur; Sri Lanka v India (1930-2230) in Mirpur.
Mar 18: West Indies v England (1530-1830) at Fatullah; South Africa v Bangladesh A (1930-2230) at Fatullah.
Mar 19: Sri Lanka v West Indies (1530-1830) in Mirpur; England v India (1930-2230) in Mirpur; Australia v New Zealand (1530-1830) at Fatullah; South Africa v Pakistan (1530-1830) at Fatullah.
Women’s warm-up matches:
Mar 18: Australia v Sri Lanka (0930-1230) at BKSP 3, Dhaka; New Zealand v India (1330-1630) at BKSP 4, Dhaka; England v Pakistan (0930-1230) at BKSP 3, Dhaka; West Indies v South Africa (13301630) at BKSP 4, Dhaka.
Mar 20: Pakistan v Bangladesh (0930-1230) at BKSP 3, Dhaka; Sri Lanka v Ireland (1230-1630) at BKSP 4, Dhaka.
Mar 21: Australia v West Indies (0930-1230) at BKSP 3, Dhaka; South Africa v Bangladesh (1330-1630) at BKSP 4, Dhaka; England v New Zealand (0930-1230) at BKSP 3, Dhaka; India v Ireland (1330-1630) at BKSP 4, Dhaka.

LIVE Nepal vs Uganda World Cup Qualifier 2014 Live Match Update

LIVE Nepal vs Uganda World Cup 

Qualifier 2014 Live Match Update

Match 26 - 9th Place Playoff, Cricket World Cup Qualifiers 2014Nepal are 190 for 4 with 7.5 overs left

For Recent Updates Click Down->

Scorecard

Toss: Nepal, who chose to bat
Venue: Bay Oval 2, Mount Maunganui
Umpires: Ahsan Raza, Shaun George, Damien Morrow (Reserve)
Referee: Devdas Govindjee

Nepal is playing to Uganda for the 9th place of ICC World Cup Qualifier 2014.Nepal which has not won a game in the tournament has a little better batting performance in this match.
Here is the list of Playing XI in this game:-
--------------------
Nepal-188/4
Run Rate: 4.47
Overs 42/50
------------------

Nepal

1 Mahesh Chhetri (W)
2 Sagar Pun
3 Gyanendra Malla
4 Paras Khadka (C)
5 Sharad Vesawkar
6 Binod Bhandari
7 Prithu Baskota
8 Pradeep Airee
9 Basant Regmi
10 Shakti Gauchan
11 Sompal Kami

Uganda

1 Brian Masaba
2 Abram Mutyagaba
3 Hamza Saleh
4 Phillimon Mukobe (W)
5 Richard Okia
6 Deusdedit Muhumuza
7 Davis Karashani (C)
8 Frank Nsubuga
9 Patrick Ochan
10 Charles Waiswa
11 Faruk Ochimi
------------------------------------------------------------------------------------------------------------------
Nepal Innings Overhall Scorecard.

Nepal Innings (Run Rate: 4.47) Runs Balls SR 4s 6s
Mahesh Chhetri run out Hamza Saleh 19 43 44.18 1 0
Pradeep Airee b Faruk Ochimi 23 32 71.87 1 1
Gyanendra Malla c Patrick Ochan b Davis Karashani 8 7 114.28 1 0
Paras Khadka c Charles Waiswa b Davis Karashani 30 56 53.57 2 0
Sharad Vesawkar NOT OUT 39 66 59.09 2 0
Prithu Baskota Retired Hurt 59 51 115.68 9 1
Binod Bhandari NOT OUT 0 0 - 0 0
Extras (nb 3, w 5, b 1, lb 1) 10
Total (4 wickets; 42 overs) 188
Bowler O R W Econ
Charles Waiswa 6 30 0 5.00
Faruk Ochimi 7 36 1 5.14
Patrick Ochan 3 15 0 5.00
Davis Karashani 10 23 2 2.30
Frank Nsubuga 8 40 0 5.00
Brian Masaba 8 42 0 5.25
Fall of Wickets
1-33 (Airee, 7.3 ov) 2-46 (Malla, 10.1 ov)
3-70 (Chhetri, 17.6 ov) 4-99 (Khadka, 26.6 ov)

Nepal looks forward to a thrilling year in cricket

The country looks to build on unprecedented success in key 2014 international tournaments.
Nepal hopes to cap its most glorious year in cricket with a strong showing in its first appearance at the 2014 ICC Twenty20 World Cup starting in March in Bangladesh.

 Nepalese national cricket team members join a Kathmandu victory rally on December 4th, 2013 after qualifying for the ICC Twenty20 World Cup. [Prakash Mathema/AFP]
Nepalese national cricket team members join a Kathmandu victory rally on December 4th, 2013 after qualifying for the ICC Twenty20 World Cup. [Prakash Mathema/AFP]

Sharad Vesawakar's thrilling last ball win over Hong Kong in an ICC World Twenty20 Qualifier match in Abu Dhabi on November 27th, 2013 both catapulted the team to the World Cup and legions of its fans into euphoria.

"It was one of the happiest moments of my life," Vesawakar told Khabar South Asia. "I am looking forward to the newer and tougher challenges along with opportunities this victory has brought to us."

Nepal, one of eight countries in the Group Stage, will initially play in Hong Kong, Afghanistan and Bangladesh.

Fans are excited no matter what: they mobbed players during the December 4th victory rally in Kathmandu.

"It is the greatest achievement of Nepal in any sport. I have been following Nepalese cricket since my childhood and it was always a dream to see Nepal in the World Cup. It's a dream come true for every Nepalese," spectator Bishal Kafle told Khabar.

Raja Dhungana, a Masters candidate in Public Health in Dhaka, eagerly anticipates the World Cup.

"I will definitely not miss this glorious opportunity of watching Nepal play the World Cup. I will undoubtedly book the tickets for Chittagong," he said. "There are about 5,000 Nepali students here in Bangladesh and we are going to rock the stadium."

The victory also reinvigorated the government's interest in promoting and growing the sport.

"One major achievement is that the government has become proactive regarding the development of cricket. It has asked the association to come up with the short-term and long-term strategies for the development of Nepali," Surya Thapaliya, advisor to Cricket Association of Nepal (CAN), told Khabar.

Nepal will also participate in the 2014 Cricket World Cup Qualifier in New Zealand beginning January 13th, which according to Thapaliya, is even more important as the top two teams advance to the 2015 Cricket World Cup. The top four earn One Day International (ODI) status, eligible to play in and host ODI matches.

"If we get the status, it will be a huge achievement for us. It will mean more investment for Nepali cricket by national and international agencies," Thapaliya said. "We will be able to build a new stadium, enhance our team's capabilities and retain the government's priority for cricket."

मेस्सी यूईएफए टिम अफ दि इयरमा परेनन्

२ माघ, काठमाडौं । बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेस्सी यूईएफए टिम अफ दि इयर २०१३ मा पर्न असफल भएका छन् ।

युरोपियन फुटबलको नियमनकारी निकाय यूईएफएको आधिकारिक वेबसाइटको भिजिटरहरुको ६.३ मिलियन भोटका आधारमा टिम अफ दि इयर घोषणा गरिएको  हो । मेस्सी भोटिङमा १३ औं स्थानमा रहे भने बार्सिलोनाका कुनै पनि खेलाडी टोलीमा पर्न असफल भए ।
यसैसाता फिफा बालोन डि’ओर जितेका रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो भने टिम अफ दि इयरमा परेका छन् । उनीसँगै ग्यारेथ बेल र सर्जिओ रामोस टोलीमा परेका छन् ।
यस्तै वार्यन म्युनिखका नुयोरसँगै फिलिप लाहम, अल्बा, फ्रांक रिवेरी छन् भने बुरोसिया डर्टमुन्डका मार्को छन् । पेरिस सेन्ट जर्मेनका जाल्टन इभ्राहिमोभिच र थिएगो सिल्भा टोलीमा पर्दा आर्सनलका ओजिल पनि अटाएका छन् ।

मेहेनत गरे हाम्रो शरीर के पो हुँदैन ! रुसी सुन्दरीका पत्याउनै नसक्ने पोज, नझुक्निोस् यी गुडिया हैनन्

तलको तस्वीरहरु हेर्दा जो कोहीलाई लाग्न सक्छ कि यो फोटोसपको कमाल हो वा कुनै गुडिया । यस्तो सोच्नुभयो भने तपाईको अनुमान गलत हुनेछ ।

यो रुसमा जन्मिएकी विश्वको सबैभन्दा लचिलो बडी भएकी महिलाको जेल्टा जोनको पोज हो । जर्मनीमा बस्दै आएकी २७ वर्षीया जेल्टा जोनले हालै आफ्नो क्यालेन्डर सार्वजनिक गरेकी छिन्, जसमा उनको शरीरको अनौठो स्वरुपहरु देखिन्छ ।

५ फिट ८ इन्चकी जेल्टाको वास्तविक नाम भने जुलिया गुंथेल हो । उनी यति लचिलो छिन् कि ५० वर्गसेमीको बक्समा आफैंलाई गुटुमुटु पारेर राख्न सक्छिन् ।





हजारौं दर्शककै अगाडी मार्सल आर्ट च्याम्पियनको खुट्टा दुई टुक्रा

एन्डरसन सिल्भा र क्रिस वेदमनबीचको मार्शल आट फाइट शनिबार हजारौंले हेरिरहेका थिए । लस भेगासमा भइरहेको सिल्भा र वेदमनको कलात्मक भिडन्त विभिन्न टीभी च्यानलको लाइभ प्रशारणमार्फत् विश्वभरका मार्शल आर्ट प्रेमीले हेरिहेका थिए । ब्राजिलियन सिल्भालाई हौसला बढाउन पूर्व फटबल स्टार रोनाल्डो समेत लस भेगास पुगेका थिए ।

तर, खेलमा एक्कासी डरलाग्दो क्षण आयो, जतिबेला सिल्भाले वेदमनको घुडाँमा लात हाने । सिल्भाको प्रहार रोक्ने क्रममा वेदमनको घुँडामा प¥यो, बलिया वेदमनको घुँडाको भित्री भागमा परेपछि सबैको आँखा अगाडि सिल्भाको नलिखुट्टा भाँच्चियो । उनको नलीहाड हँसियाजस्तै बाङ्गो देखे दर्शकले ।

उनी जोडले चिच्याए र डङरङ्ग लडे । तत्काल रेफ्रीले खेल स्थगित गरे र सिल्भालाई अस्पताल दौडाइयो । चिकित्सकहरुका अनुसार उनको सर्जरी त सफल भएको छ तर, पूर्व च्याम्पियन सिल्भाको मार्शल आर्ट करियर अब लगभग सकिएको छ ।

एशिया कप क्रिकेट नेपाली युवा टोली पाकिस्तानसँग भिड्दै

 यूएईमा आजबाट सुरु भएको एसिसी यु–१९ एशिया कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग खेल्दैछ । युईएको दुवईस्थीत आईसिसी ग्लोबल क्रिकेट एकेडेमीमा सवा ११ बजे हुने टेस्ट मान्यता प्रात्त राष्ट्र पाकिस्तानविरुद्धको खेल युवा टोलीको परीक्षा हुनेछ ।

कठिन समूहमा परेको नेपालका लागि सेमिफाइनल पुग्ने लक्ष्य पूरा गर्न यूएई बाहेक पाकिस्तान र भारत मध्ये एकलाई हराउनै पर्ने हुन्छ । भारत डिफेण्डिङ च्याम्पियन हो भने अघिल्लो संस्करणमा नेपाल पाकिस्तानसँग ८ विकेटले पराजित भएको थियो । नेपाली टोलीका ८ खेलाडीसँग अन्तराष्ट्रिय अनुभव छ भने ७ खेलाडी पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगितामा डेब्यू गर्दैछन् । तिब्र बलर सोमपाल कामी राष्ट्रिय टोलीमा तानिएपछि उनको स्थानमा स्पिनर सुसन भारीलाई ल्याइएको छ ।

मलेशियामा भएको पहिलो संस्करणमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो भने भारत र पाकिस्तान संयुक्तरूपमा विजेता घोषित भएका थिए ।

एक समय उमेर समूहको क्रिकेटमा नेपालले जाइन्ट किलरको छवि बनाएको थियो । तर, अहिले राष्ट्रिय टोलीले विश्वकपसम्मको यात्रा तय गर्दा उमेर समूह कमजोर सावित भइरहेको छ । सन् २००९ देखि नेपालले उमेर समूहका कुनै पनि प्रतियोगिता जितेको छैन ।

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा

 इङ्लिस क्लब म्यान्चेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ । सिटीलाई प्रभावशाली जीत दिलाउन अल्भेरो नेग्रेडोले ह्याट्रिक गरेका थिए भने अग्वेरोले २ गोल गरे ।

गयराति सिटीको एतिहाद स्टेडियममा भएको खेलमा रसियन क्लव सिएसकेए मस्को माथि ५–२ को जित निकाल्दै सिटी यो च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको हो ।

manchester cityसमूह डिमा रहेको सिटीको जितमा स्ट्राइकरद्धय अल्भेरो नेग्रेडो र सर्जियो अग्वेरोले उत्कृष्ट प्रदर्शन गरेका थिए । सिटीलाई जीततर्फ अग्रसर गराउने क्रममा अग्वेरोले खेलको तेस्रो मिनेटमा गोल गरेका थिए ।

खेलको शुरुवातमै गोलको खाता खोलेको सिटीले सिएसकेए मस्कोलाई निरन्तर दवाबमा राखेको थियो । सिटीलाई जिताउन उत्कृष्ट प्रदर्शन गरेका अग्वेरोले समीर नासरीको पासमा खेलको २० औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए ।

यसै सिजन स्पेनको सेभिल्लाबाट सिटी आएका अग्वेरोका स्ट्राईकिङ पार्टनर अल्भेरो नेग्रेडोले खेलको ३० औं मिनेटमा गोल गर्दै सिटीको अग्रता फराकिलो बनाउन सफल भए ।
लगातार गोल खाएपछि बल नियन्त्रण गुमाएको सिएस्केए मस्कोले पहिलो हाफको इन्जुरी समयमा खेला फर्कने प्रयास गर्यो । उसकाल लागि पहिलो हाफको इन्जुरी समयमा डुम्बियाले गोल गर्दै सिटीसँगको अन्तर घटाए ।

खेलको दोस्रो हाफमा पनि सिटीले आक्रमक खेल पस्केको थियो । खेलको ५१ औं मिनेटमा सिटीका लागि नेग्रेडोले गोल गर्दै खेललाई ४–१ मा पुर्याए । हार नजिक पुगिसकेको सिएस्केए मस्कोले खेलको ७१ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सिटीसँगको अन्तर घटयो । सिटीका ग्यायल क्लिचीले डिबक्स भित्र फल गरेपछि पाएको पेनाल्टीलाई डुम्बियाले गोलमा परिणत गरेका थिए ।

manchester city.खेलको इन्जुरी समयमा सिटीका नेग्रेडोले गोल गर्दै सिटीलाई ५–२ को प्रभावशाली जीत दिलाउन सफल भए । गयराति नै भएको अर्को खेलमा जर्मन क्लब बार्यन म्यूनिख भिक्टोरिया प्लेजनलाई १–० ले हराउँदै सिटीसँगै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ । बार्यनका लागि मारियो मान्जुकिजले निर्णायक गोल गरेका थिए । समूह डिमा बार्यनको १२ अंक छ भने सिटीको ९ अंक छ । सिएस्केए मस्कोले ३ अंकमात्र जोड्न सकेको छ भने प्लेजनले खाता खोल्न सकेको छैन ।



गयराति भएको समूह ए को खेलमा म्यान्चेस्टर युनाईटेड र रियल सोसिड गोलरहित बराबरीमा रोकिए । दोस्रो हाफमा पाएको पेनाल्टीलाई भान पर्सीले गोलमा परिणत गर्न नसक्दा म्यान यू बराबरीमा रोकिएको हो । अर्को खेलमा रियल मड्रिड र युभेन्टस २–२ गोलको बराबरीमा रोकिए । युभेन्टसले पहिलो हाफमा पाएको पेनाल्टीमा अग्रता लिएको खेलको दोस्रो हाफमा रोनाल्डो र ग्यारेथ बेलले गोल गर्दै अग्रता लिए पनि युभेन्टसले पुनः बराबरी गरेको थियो ।

त्यसैगरी फ्रान्सेली क्लव पिएसजीले पनि एन्डरलेट्चले एक एकको बराबरी खेले । म्यान सिटीका पूर्व प्रशिक्षक रोर्बटो मान्सिनीको प्रशिक्षणमा रहेको गालातासारेले एफसी कोपनहेगनसँग १–० ले पराजित भयो । अर्को खेलमा जर्मन क्लव बार्यन लेभरकुसन र युक्रेनी क्लव सख्तर डोनेस्क पनि गोलरहित बराबरीमा रोकिए ।

श्रीमती उठाएर दौडिने प्रतियोगिता (फोटोफिचर)

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
संसारमा धेरै खाले प्रतियोगिता हुने गरेका छन् । प्रतियोगिता गर्दागर्दा अब नयाँ विषय पाउन पनि मुस्किल बनेको छ। त्यस्तै फिनल्याण्डमा श्रीमती बोकेर दौडिने विश्व च्याम्पियनसीप भएको छ । यो प्रतियोगितामा आफ्नी श्रीमतीलाई काँधमा बोकेर विभिन्न स्थानमा दौड्नु पर्दछ । त्यसमध्ये पानीबाट पनि गुज्रनु पर्दछ । यो वर्ष भएको प्रतियोगितामा फिनल्याण्डको टैस्टो मिट्टिनेन र क्रिस्त्रिना हापानेन फिनल्याण्डको सानकारजार्वीमा भएको प्रतियोगितामा श्रीमती उठार दौडिने विश्व च्याम्पियनसीप जितेका छन् । एजेन्सी




राष्ट्रपति पुटिनले लगाए समुन्द्रमा डुबुल्की…(फोटोसहित)

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्


१ साउन, एजेन्सी । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन बेला बेला खतरापूर्ण कार्य गर्न रूचाउँछन् । खतरायुक्त कार्यहरू गर्न निकै शौखिन राष्ट्रपति पुटिनले बाल्टिक समुन्द्रमा डुबुल्की मारेका छन् ।

बेला-बेलामा घोडाचढी, फिसिङ, शिकार गर्न रूचाउने पुटिनले यसपटक बाल्टिक समुन्द्रमा डुबुल्की मारेका हुन् । उनले बाल्टिक समुन्द्रमा करिब आधा घण्टा बिताएका छन् । उनी समुन्द्रमा करिब २ सय फिट तलसम्म पुगेका थिए । उनले यसअघि पनि सन् २००९ मा विश्वको सबैभन्दा गहिरो बैकाल तालमा डुबुल्की मारेका थिए ।

तस्विरः विभिन्न एजेन्सी

खेल मैदानमै छुरी हानाहान, रेफ्री र खेलाडी दुवैको मृत्यु

ब्राजिल, असार २३ । ब्राजिलको एउटा दुर्गमा गाँउमा फुटबल म्याचको दौरान रेफ्री, खेलाडी र समर्थकविच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्गम पियो जी गाँउमा एउटा गैर व्यवसायीक खेलको दौरान रेफ्री ओटाभियो डा सिल्भाले खेलाडी जोसेनीर डस सान्तोषलाई रातो कार्ड देखाए ।


तर खेलाडी सान्तोषले मैदान छाड्न नमानेपछि रेफ्री र खेलाडीविच झगडा भयो । झगडा लगत्तै रेफ्री डा सिल्भाले खेलाडी जोसेनीरलाई चक्कु प्रहार गरे ।

यसपछि आक्रोशीत समर्थकहरुको एउटा समुहले रेफ्रीमाथी ढुंगा मुढा सहित आक्रमण गर्दा रेफ्री डा सिल्भाको मृत्यु भयो ।

रेफ्रीको चक्कु प्रहारबाट घाईते खेलाडी जोसेनीरको पनि अस्पताल लैजाँदै गर्दा बाटोमा नैं मृत्यु भयो । प्रहरीले घटनामा संलग्न एक जनालाई पक्राउ गरेर अनुसन्धान गरीरहेको बताईएको छ । घटना गत जुन ३० तारीखको भएपनि भर्खरै चर्चामा आएको छ ।
Select Menu