यूएईमा आजबाट सुरु भएको एसिसी यु–१९ एशिया कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग खेल्दैछ । युईएको दुवईस्थीत आईसिसी ग्लोबल क्रिकेट एकेडेमीमा सवा ११ बजे हुने टेस्ट मान्यता प्रात्त राष्ट्र पाकिस्तानविरुद्धको खेल युवा टोलीको परीक्षा हुनेछ ।
कठिन समूहमा परेको नेपालका लागि सेमिफाइनल पुग्ने लक्ष्य पूरा गर्न यूएई बाहेक पाकिस्तान र भारत मध्ये एकलाई हराउनै पर्ने हुन्छ । भारत डिफेण्डिङ च्याम्पियन हो भने अघिल्लो संस्करणमा नेपाल पाकिस्तानसँग ८ विकेटले पराजित भएको थियो । नेपाली टोलीका ८ खेलाडीसँग अन्तराष्ट्रिय अनुभव छ भने ७ खेलाडी पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगितामा डेब्यू गर्दैछन् । तिब्र बलर सोमपाल कामी राष्ट्रिय टोलीमा तानिएपछि उनको स्थानमा स्पिनर सुसन भारीलाई ल्याइएको छ ।
मलेशियामा भएको पहिलो संस्करणमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो भने भारत र पाकिस्तान संयुक्तरूपमा विजेता घोषित भएका थिए ।
एक समय उमेर समूहको क्रिकेटमा नेपालले जाइन्ट किलरको छवि बनाएको थियो । तर, अहिले राष्ट्रिय टोलीले विश्वकपसम्मको यात्रा तय गर्दा उमेर समूह कमजोर सावित भइरहेको छ । सन् २००९ देखि नेपालले उमेर समूहका कुनै पनि प्रतियोगिता जितेको छैन ।
No comments