Health/Sex


News

Guff Gaff

Education

Movie

Tech

Videos

World

Mobile News

Archive

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

‘मुकुन्दे’को झल्को दिने डिएसपीको भलाकुसारी

http://hamroknowledge.blogspot.com/
इटहरी , भदौ २५–सायद नेपालमा बिरलै डिएसपी होलान,जो सार्बजनिक चौतारोमा बसेर स्थानीय सँग भलाकुसारी गर्दै समस्या सुन्छन अनि समाधान पनि खोज्छन । यतिबेला सुनसरीको इटहरीमा डिएसपी बिनोद शर्मा यसैगरि चौतारोमा बसेर जनताको समस्या सुन्नमा तल्लिन छन ।
न्याय नपाए गोरखा जानु,भन्ने उखान यतिबेला सुनसरीको इटहरीमा भने परिबर्तन भएको छ । इटहरी र आसपासमा सोही उखान परिबर्तन भएर यतिबेला न्याय नपाए बिनोद शर्मा कहाँ जानु भन्ने भएको छ । काठमाण्डौको रत्नपार्कमा मुकुन्देको भाषण सुन्न भेला भएका मानिसहरुको झल्को दिने गरी इलाका प्रहरी कार्यलय अगाडीको चौतारोमै शर्माका कुरा सुन्न स्थानीयको भिड लाग्ने गर्छ यतिबेला । दैलेखका पत्रकार डेकेन्द्र थापाका हत्यारालाई पक्राउ गरेर चर्चा कमाएका शर्मा यतिबेला अझ चर्चित बनेका छन ।
यौन ब्यबसाय,चोरी डकैति,हत्या,लुटपाटमा पुर्बाञ्चलको रेडलाईट एरियाका रुपमा चिनिने इटहरी यतिबेला सुन्दर र शान्त भएको स्थानीयले महशुस गरेका रहेछन । केहि महिना अघि इटहरीमा सरुवा भएर आएका डिएसपी शर्माले इटहरीको मुहार फेरेको स्थानीय नै बताउन हिच्किचाउदैनन ।
इलाका प्रहरी कार्यलय इटहरीमा आउने बित्तिकै इटहरीमा फस्टाएको यौन ब्यबसाय,लुटपाट लगायतमा आशातित सफलता पाएका शर्मा,ब्लग पुलिसिङका कारण थप चर्चित बनेका छन । आजकाल दैनिकजसो उनी इलाका प्रहरी कार्यलय अगाडी रहेको एउटा चौतारोमा स्थानीयको कुरा सुन्दा रहेछन । र आबश्यक सहयोग पनि गर्दा रहेछन । यस्ले जनतासँग प्रहरीको आभाष गराएको एक स्थानीयले बताए ।
इलाका प्रहरी कार्यलय परिसरमा पुग्दा शर्मा सोही चौतारोमा आपासी लेनदेनको उजुरी नगर्नुहोला लेखिएको टेबुलमा सयौ स्थानीयको गुनासो सुन्दै बसिरहेका थिए । उनलाई भेटन निकै समय कुर्नुपरयो । उनले जनताको गुनासो सुनिसकेपछि केही समय हामी सँग कुरा गरे । उनी भन्दै थिए –म यहाँ आएपछि जनताको समस्यामा समेत कमि आएको छ । पुराना पुराना उजुरीहरु बढेपनि नयाँ समस्याहरुमा कमी आएको र आएपनि सबैको समस्या समाधान हुने गरेको उनले सुनाए ।
पछिल्लो समय आपासी लेनदेनमा उजुरी प्रहरीले नलिएपछि भने थप समस्या देखिएको छ । यस्ता समस्या लिएर आउनेहरु चुप लागेर गेटबाटै फर्किन थालेका छन । ‘उजुरी परेको २ मिनेटमा पक्राउ गरेर दोषीलाई कारबाही गर्ने संकल्पका साथ अगाडी बढेका शर्माको धेरै उद्धेश्यहरु भने पुरा भएका छन, ’ उनी भन्छन । गर्न अझै धेरै बाँकी नै छ । तथापी शर्मा इटहरीमा आएपछि स्थानीयले भने राहत अबश्य पाएका छन् । - See more at: http://www.ratopati.com/2014/09/10/166255.html#sthash.JkAbqT1r.R9NfZ1rO.dpuf

कुनै विवाहिता जोडी प्रेम बिवाहका हुन् कि मागी बिवाहाका हुन् जान्न चाहनु हुन्छ ? यसरी थाहा हुन्छ प्रेम विवाह कि मागी विवाह

http://hamroknowledge.blogspot.com/हाम्रो हातमा विभिन्न प्रकारका रेखा हुन्छन् । ती रेखाले नै हाम्रो सम्पूर्ण जीवनका विषयको कुरा निर्धारण गर्ने ज्योतिष शास्त्रीहरुको दावी छ । हातमा भएका रेखामा खा

हस्तरेखा ज्योतिषका अनुसार कुनै पनि ब्यक्तिको विवाह रेखा हेरेर प्रेम विवाह हुन्छ कि मागी विवाह भन्ने कुरा भविष्यवाणी गर्न सकिन्छ । विवाह रेखासँग सन्तान रेखा समेत हुने बताइन्छ ।

विवाह रेखा कहाँ हुन्छ ?
विवाह रेखा कान्छी औंलीकोको तल्लो भागमा हुन्छ । यसलाई बुध पर्वत पनि भनिन्छ । बुध पर्वतको अन्त्यमा केही गहिरो रेखा हुन्छ । त्यसलाई नै विवाह रेखा भनिन्छ । यस्ता रेखा एक मात्र नभएर धेरै पनि हुन सक्छन् ।
हत्केलामा भएको विवाह रेखा 
सै परिवर्तन नहुने र जीवनभरी त्यसको प्रभाव रहने बताइन्छ । हाम्रो हातमा हुने जीवन रेखा, भाग्य रेखा, हृदय रेखा, मणिबन्ध, सूर्य रेखा, विवाह र सन्तान रेखा महत्वपूर्ण मानिन्छन् ।
एक भन्दा बढी विवाह रेखा हुने ब्यक्तिका प्रेम प्रसंग बढि हुने र धेरै जनासँग नजिकिने ज्योतिषहरुले बताउँछन् । यी रेखाहरु बढी तलपट्टि गएका छन् भने यस्ता ब्यक्तिको बैबाहिक जीवन राम्रो हुँदैन । कुनै स्त्रीको हातमा विवाह रेखाको शुरुमै टापु जस्तो चिन्ह छ भने यस्ता महिलाले सौता ब्योहोर्नु पर्ने वा झुक्याएर विवाह गरिदिने खतरा हुन्छ । यस्ता महिलाका पतिलाई स्वास्थ्यको समस्या समेत हुन सक्छ ।
हत्केलामा भएको विवाह रेखा २
यदि कुनै ब्यक्तिको हातमा विवाह रेखा लामो छ र सूर्य पर्वत सम्म पुगेको छ भने यस्ता ब्यक्तिको बैबाहिक जीवन सुखमय हुन्छ भने जीवनसाथी पनि समृद्ध प्राप्त गर्छन् ।

यदि कसैको विवाह रेखा बिचमै काटिएको छ भने यसले विदुर वा विधवा हुने संकेत गर्छ ।
सन्तान रेखाः
सन्तान रेखा पनि कान्छी औंद्याको तल्लो भागबाटै शुरु हुन्छ । यो ठाडो रेखा हुन्छ । यो रेखाबाटै कुन ब्यक्तिका सन्तान कति हुन्छ भन्ने थाहा पाउन सकिने ज्यतिष शास्त्रीहरुको दावी छ । अझै गहिरो गरी अध्यन गरी हेर्दा छोरा हुने कि छोरी भन्ने कुरा समेत थाहा हुने उनीहरु बताउँछन् । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

यसकारण चन्द्रमा कागती जस्तो भयो

चन्द्रमाको आकार मिलेको गोलो छैन, केही बिग्रिएको जस्तो अर्थात् थ्याच्च परेको कागती जस्तो छ । आखिर किन यस्तो भयो होला ? वैज्ञानिकहरुले चन्द्रमाको आकार बिग्रिनुको गुह्य कुरा पत्ता लगाएका छन् ।
अमेरिकी वैज्ञानिकहरुले परिभ्रमण तथा ज्वारीय शक्तिले चन्द्रमाको आकारमा पार्ने असरको अध्ययन गरेका छन् ।

नेचर पत्रिकामा छापिएको खबर अनुसार चन्द्रमाको आकार बिगि्रएर कागती जस्तो हुनुको कारण पृथ्वीको ज्वारीय बल तथा चन्द्रमाको आफ्नै घुमाइ नै हो ।
क्यालिफोर्निया विश्वविद्यालयका प्रमुख शोधकर्ता ग्यारिक बेथेलका अनुसार चन्द्रमाको उत्पत्ति भएपछिको सुरुवाती कालमै जब चन्द्रमामा केवल पातलो बाहिरी सतह मात्र ठोस थियो र भित्री भाग सबै तरल रुपमा थियो सोही बेला नै चन्द्रमाको आकार गोलाकारबाट यस्तो रुपमा बिगि्रएको हो ।
पृथ्वीसँगको अन्तरक्रिया तथा गुरुत्वाकर्षण बलले समेत चन्द्रमालाई आफ्नो कक्षबाट केही सारेको शोधकर्ताको भनाइ छ ।
हरेक ग्रहको आकार निर्धारणमा यसको घुम्ने गतिले मुख्य प्रभाव पार्ने भन्दै शोधकर्ताले बेलनुमा पानी भरेर जोडसँग घुमाउँदा यसको मध्य भाग फूलेजस्तै तिब्र गतिमा अक्षमा घुम्दा चन्द्रमाको आकार पनि केही थेप्चिएजस्तो भएको बताए ।
प्राध्यापक ग्यारिक बेथेलका अनुसार चार अर्ब वर्ष पहिले चन्द्रमाको उत्पत्ति भएको हो । पृथ्वी एक अर्को आकाशीय पिण्डसँग ठोक्किँदा पृथ्वीमा भएका पदार्थहरु उछिटि्टएर एकत्रित भई चन्द्रमाको उत्पत्ति भएको हो । जुन बेला ज्वारशक्ति निकै बलियो थियो र चन्द्रमा पनि निकै तिब्र गतिमा घुमिरहेको थियो र तापक्रम पनि उच्च थियो । सोही कारण पृथ्वीको गुरुत्वाकर्षण बलले समेत तान्दा चन्द्रमाको बाहिरी सतहमा तानिने दबाब पर्न जाँदा सतहको भाग तानिएर थेप्चो भएको हो ।

कण्डममा कोकाकोला भरेर विश्व किर्तिमान

दुनियामा आफ्नो नामलाई चर्चित बनाउने चाहना कसको पो हुँदैन र ? तर चानचुने र सबैले देखे जानेका र गरेका कामकुरा गरेर चर्चित भइँदैन । त्यसैले आफुलाई चर्चित बनाउन अझ भनौँ नाम कमाउनका लागि मानिसहरुले अनौठा हर्कत गर्न समेत पछि पर्दैनन् । यस्ता हर्कत गरेर विश्वमा किर्तिमान कायम गर्ने दौडमा हरेक दिनजसो नै मानिसहरु लागिरहेका हुन्छन् र किर्तिमान समेत बनिरहन्छन् । इटालीका एक मानिसले पनि यस्तै अनौठो काम गरेर विश्वकिर्तिमान कायम गरे । मिलियासेन्डिनी नामका इटालियन जादूगरले कण्डममा कोकाकोला भरेर विश्वकिर्तिमान कायम गरेको दाबी गरेका हुन् ।

ती मानिसले डेढ लिटर कोकाकोला भएको बोलतको मुख खोलेर केही चम्चा न्युटिला चकलेटको पेष्ट हाले । त्यसपछि उनले ड्युरेक्स कम्पनीको कण्डम लिए । उक्त कण्डम भित्र मेन्टोसका केही गोली हाले । अनि त्यो कण्डमलाई कोकाकोलाको बोतलको मुखमा घुसाएर टेपले बाँधे । त्यसपछि त कोकाकोलाको ग्यास र झोल दुबै कण्डमतर्फ जान थाल्यो र कण्डम मज्जाले फुल्न थाल्यो । कण्डम यति धेरै फुल्यो की अन्त्यमा त्यो फुटेर त्यसमा भएको कोकाकुल छताछुल्ल पोखियो ।
कण्डममा कोकाकोला भरेको यो पहिलोपटक भएको र आफुले कसैले पनि नराखेको किर्तिमान राखेको दाबी उनको छ । समाचार अनुसार गिनिज बुकका अधिकारीहरुले पनि उनको यस्तो दाबीको अध्ययन गरिरहेका छन्, त्यसलाई किर्तिमानको सूचिमा राख्ने नराख्ने भनेर । 

सुतकै बेला सर्प महिलाको बक्षस्थलमा झम्टियो


सर्पदंश भन्नासाथ आङ जिरिङ्ग हुन्छ । तर, सवै सर्पदंश ज्यानमारा भने नहुने रहेछन् । स्कटल्याण्डकी एक महिलालाई हालै सर्पले बक्षस्थलमा आक्रमण गर्दा पनि उनलाई कुनै असर गरेन् ।

स्कटल्याण्डकी ४९ वर्षीया क्यारोलिन गि्रफिन घरमै सुतिरहेकी थिइन् । आँखा खुल्दा आफ्नो शरीरमाथि लामो सर्प सर्प हिडिरहेको देखेपछि अब मरिन्छ कि क्या हो भन्ने लागेको थियो ।

चार सन्तानकी आमा उनले हडवडाउँदै सर्पलाई हटाउने प्रयास गर्दागर्दै सर्पले उनको बक्षस्थलमा आक्रमण गर्‍यो । उनको दायाँ स्तनमा रगत आउनेगरि घाउ लाग्यो । तर, भाग्यवश उनलाई बिष लागेन ।


घटनालाई सम्झँदै उनले भनेकी छन्-’सुरुमा त मलाई बच्चाहरु खेलिरहेका छन् भन्ने लागेको थियो । तर, ममाथि सर्प पो हिडिरहेको रहेछ । मैले जतिसक्दो छिटो हटाउने प्रयास गरेँ । तर, मलाई टोक्यो ।’

उनले छोराछोरीलाई सर्पको तस्वीर खिच्न भने र सहायतका लागि सरकारी निकायमा खबर गरिन् । उनले घटनाबारे छिमेकीहरुलाई समेत बताइन् ।

केही समयपछि सर्पका मालिक ग्यारेथ नेभिन आए । उनका अनुसार यो सर्प पछिल्लो ६ महिनादेखि हराइरहेको थियो । यसले कसैलाई टोकेको यो पहिलो पटक हो ।

Upcoming Searches
nepalisexyvideo
   
  

nepali sexy video

    
   
   

nepali sex tips

   
   
   
   
   
   
   
   

नेपाली केटी


   
   
   
   
   
   
   
   

pujana pradhan

       
   
   
   
   
   
   
   

evernepal.blogspot.com

   

   
   
   
   
   
   
   
   

काटरिना

   

   
   
   
   
   
   
   
   

सेक्श भिडियो

   

   
   
   
   
   
   
   
   

sex tips in nepali

   

   
   
   
   
   
   
   
   

nepali bhalu

मृत घोषित युवकले १५ घण्टापछि सहयोग माग्दा….

केन्यामा मृत घोषित युवकले सहयोग माग्दै आवाज निकालेपछि एक मुर्दाघरका कर्मचारीको सात्तो गएका छ । यी युवक २४ वर्षका पल मुतोरा हुन्, जसलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
उनको शवलाई १५ घण्टासम्म मुर्दाघरमा राखिएको थियो । बाबुसँगको विवादपछि उनले विष सेवन गरेका थिए । अवस्था गम्भीर भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकले मृत घोषित गरे ।

मुर्दाघरमा शव राखेको करिव १५ घण्टापछि बन्द कोठाबाट आवाज आयो । डराउँदै कर्मचारीहरुदले हर्दा उनले सास लिरहेका थिए । उनका बाबुसहित आफन्त भने अन्तिम संस्कारको तयारीका लागि घर गएका थिए । मृत घोषित मुतोराले सास फेरिरहेेको भेटिएपछि कर्मचारीहरुले तत्काल बेर्डमा लगेर उपचार सुरु गरेका थिए । उनी खतरामुक्त रहेको बताइएको छ ।

प्लेनमा धुमपानको दुस्साहस गर्दा यस्तो परिणाम ?

बिमान चढ्नासाथ बिमानभित्र धुमपान निषेध गरिएका संकेत जताततै देखिन्छ । त्यसमाथि सुरक्षा जानकारी दिनेबेला परिचारिकाहरुले पनि पटकपटक त्यस्तै आग्रह गर्छन– कृपया बिमानभित्र धुमपान नगरिदिनुहोला ।

तर, कतिपय मानिस यस्ता हुन्छन जसलाई यी सव आग्रहले छुँदैन । जसरी पनि चुरोटको तलतल मेट्नै पर्ने हुन्छ । चुरोट पिउने दुस्साहस गर्नु कति धातक हुन्छ भन्ने हालै एक अधवैंशेले भोगेका छन् ।

उनले ७ घण्टासम्म हातखुट्टा डोरीले बाँधेर बस्नुपर्ने भएको छ । ५४ वर्षका मिथाइस जोर्गले सिंगापुरबाट ब्रिसेबन जाने क्रममा उडिरहेको हवाइजहाजमा धुमपान गर्ने प्रयास गरेका थिए ।

सुरुमा उनलाई हजाइजहाजका कर्मचारीहरुले त्यो नगर्न आग्रह गरे । तर, उनी हिंस्रक बन्न खोजे । जसका कारण सवा ७ घण्टाको उडानमा उनको हात र खुट्टा बाँधेर राखिएको थियो ।

प्लेनमा रहेका एक यात्रुको उनको तस्वीर खिचेका थिए, जसमा उनको हात र खुट्टा बाँधिएको प्रष्ट देखिन्छ । इमिरेट्स एयरको विमान ब्रिसवेनमा पुगेपछि जोर्गलाई प्रहरीको जिम्मा लगाइएको छ ।

मान्छेको दिमाग चोरेर अनलाइनबाट विक्री !

घटना कुनै हरर हलिउड फिल्मको कहानी भन्दा कम छैन । तर, बास्तविक हो । पैसाका लागि एक व्यक्तिले मेन्टल प्यासेन्टको ब्रेन चोरेर इबे वेबसाइटमार्फत बेचेका छन् ।

इन्डियानापोलिसमा बस्ने २१ वर्षीय डेविड चाल्र्समाथि इन्डियाना मेडिकल हिस्ट्री म्यूजियमबाट ह्युमन ब्रेन राखिएको बट्टा र अन्य मानव अंग चोरीको आरोप लागेको छ ।

डेविडले म्युजियमबाट धेरै पटक चोरी गरेको र लिलामी वेबसाइट इबेमार्फत बेचेको बताइएको छ । १९४८ देखि १९९४ सम्म यो सेन्ट्रल स्टेट हस्पिटल थियो, जहाँ मनोविकारी एवं मानसिक रुपमा अस्वस्थ मानिसहरुको उपचार हुन्थ्यो, जसलाई अहिले म्युजियममा परिर्वतन गरिएको छ ।

एक व्यक्तिले इबेमार्फत ६०० डलरमा ह्युमन बेनको ६ बटा बट्टा किनेका थिए । ती बट्टामा म्युजियमको स्टिकर भेटिएपछि चोरीको रहस्य खुलेको हो । प्रहरीले इबेको डिटेलका आधारमा डेविड पत्ता लगाएपछि ग्राहकको नाटक गरेर पक्राउ गरिएको थियो

फ्यानको पागलपन, फिल्मको जस्तो बनाउने कानकै आकार परिवर्तन !

फिल्मी कलाकारको कपडा, कपाल लगायतका स्टाइल नक्कल गरेको त हामीले देख्दै आएका हौं । तर, क्यानडाकी एक मोडलले भने ल लर्ड अफ दि रिङबाट प्रभावित भएर कानको स्वरुप नै परिर्वतन गरेकी छिन् ।


२३ वर्षीया मोडल मिलिन्डा मूनले करिव २ सय ५० पाउन्ड खर्च गरेर कानको आधार (प्वाइन्टेड ईयर्सको जस्तै) बनाएकी हुन् । यसका लागि उनले कानको सर्जरी गरेकी छन् ।
बाल्यकालमा काल्पनिक गाथाहरु सुन्न रुचाउने मिलिन्डा एल्फ जस्तै देख्न चाहन्थिन । सर्जरीपछि केही दिन अनौठो लागेको उनले बताइन् । दुई सातासम्म कानमा टाँका लगाइएको थियो, किनकी स्कीनले आकार लिन समय लाग्थ्यो । अरु भन्दा अलग देख्न चाहने मिरिन्डा अहिले निकै खुसी छिन् । उनी अब कानलाई कुनै पनि हालतमा पहिलेको स्वरुप नदिने बताउँछिन् ।

भान्साको अत्यावश्यक नुनमा व्यापक कालोबजारी

२९ कात्तिक, विराटनगर । पूर्वाञ्चल क्षेत्रमा आयोडिनयुक्त नुनको अभाव नरहेको साल्ट्र ट्रेडिङ अञ्चल कार्यालय विराटनगरले जनाएको छ । बजारमा नुनको अभाव भएको हल्ला सिर्जना भए पनि साल्ट्र टेडिङका अञ्चल प्रबन्धक नवीनचन्द्र झाले नुनको अभाव नरहेको बताउनुभयो । कर्पोरेसनको अञ्चल कार्यालय विराटनगरको गोदाममा नुनको प्रयाप्त मौजदात रहेको बताइएको छ ।

विभिन्न छापा एवम् विद्युतीय सञ्चारमाध्यमले छिमेकी राष्ट्र भारत तथा नेपालका केही अन्य क्षेत्रमा नुनको अभाव भएको प्रचारप्रसार गरेपछि विभिन्न पसलमा नुन खरिद गर्नेको भिड आज बिहानदेखि लागेको छ । यता कतिपय पसलले नुन छैन भनी ग्राहकलाई फर्काउने गरेको र नुन कालोबजारीमा बिक्री गरिरहको बताइएको छ । साल्ट ट्रेडिङले अञ्चल कार्यालय सोझै एवम् डिलरमार्फत नुन बिक्री वितरण गरिरहेको जनाएको छ ।

यता मौका फाइदा उठाउन नेपाल बजार डिपार्टमेन्टल स्टोर विराटनगरले रु २०० को सामान खरिद गरेमा एक प्याकेट नुन बिक्री गरिएकोमा उपभोक्ताले विरोध गरेका छन् ।

गोलबजार (सिरहा)- हल्ला फैलाएर सिरहामा प्रतिकिलो रु १०० सम्ममा नुनको बिक्री भएको छ । भारतबाट फैलिएको हल्ला पछाडि परेर उपभोक्ता सिरहामा पनि प्रतिकिलो रु १०० का दरले नुन खरिद गरेको हो । saltभारतमा हल्ला फैलिएपछि यहाँका व्यापारीहरू पनि कालोबजारी गर्न हल्ला फैलाएर नुन किलोको रु ४० देखि रु १०० सम्ममा बिक्री गरेका छन् ।

इँटाटार घर भई लहानमा बस्दै आएका विद्यार्थी धर्मेन्द्र पासवानले भन्नुभयो, “एक साथीले फोन गरेर भन्यो नुन भेट्नै छाड्यो । त्यसपछि बजारमा खोज्न जाँदा प्रतिकिलो रु ४० का दरले पाँच किलो खरिद गरे ।”

साथीले फोन गर्दा प्रतिकिलो रु १०० मा सिरहा सदरमुकाममा नुन बिक्री भइरहेको भनेर भनेका थिए, त्यसैले रु ४० को दरले नुन किनेको विद्यार्थी पासवानले जानकारी दिनुभयो । उहाँले सिरहा जिल्लाभरि नै नुनको भाउ एकाएक बढेको बताउनुभयो । उहाँका अनुसार पसलमा नुन रहेपनि अझ बढी मूल्यमा बिक्री गर्न व्यापारी बिक्री गर्न पनि छाडेका छन् ।

पासवान मात्र नभएर सिरहाका हजारौँ उपभोक्ता हल्लाको पछाडि परेर रु रु १५ मा पाउने नुन रु ४० देखि रु १०० सम्ममा खरिद गरेका छन् । सिरहा नगरपालिका-३ का रिना यादवले भन्नुभयो, “नुन अब झन महँगो हुन्छ कि सोचेर तीन किलो नुन रु १०० को दरले हिजो साँझ खरिद गरे ।”

नुनको मूल्य प्रतिकिलो रु १०० पुगेकाले उपभोक्ता बिहानैदेखि लहानस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको कार्यालयमा पुगेका छन् । नुन किन्न घरमा भान्सा पकाउन छाडेर पनि आएको लहान-८ की सिवोदेवी यादवले भन्नुभयो । अहिले सो कार्यालयमा नुन किन्न सयौँ उपभोक्ताको लाम लागेको छ ।

 हल्लाको पछाडि नपर्नुस् : प्रशासन

 नुनको मूल्य एकाएक बढेको अपवाह फैलिएपछि इलाका प्रशासन कार्यालय लहानले हल्लाको पछाडि नपर्न सार्वजनिक सूचना जारी गरेको छ । लहानका प्रशासकीय अधिकृत राजुप्रसाद साहले हल्लाको पछाडि परेर बढी मूल्यमा नुन खरिद नगर्न माइकिङ गराइएको बताउनुभयो । उहाँले रेडियोबाट समेत सार्वजनिक सूचना प्रसारण गर्न लगाएको भन्नुभयो ।

व्यापारीले कमाउने धन्दा अपनाएको छ त्यसैले उपभोक्तालाई सचेत हुन प्रशासकीय अधिकृत साहले आग्रह गर्नुभयो । उहाँले उपभोक्ता सचेत भए व्यापारीहरू आफैँ नुनको प्याकेटमा उल्लेखित मूल्यमा बिक्री गर्न बाध्य हुने बताउनुभयो ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखा लहानका प्रमुख जीतेन्द्र साहले भारतबाट व्यापारी कालोबजारी गर्न हल्ला फैलाएको बताउनुभयो । उहाँले यहाँ नुनको फालाफाल रहेकाले हल्लाको पछाडि नपर्न उपभोक्तालाई आग्रह गर्नुभयो । प्रमुख साहले भन्नुभयो, ”नुनको प्याकेटमा उल्लेखित मूल्य भन्दा रु एक पनि बढी लिएर कुनै व्यापारी बिक्री गर्छन् भने हामीलाई जानकारी दिनुस् । तुरुन्त कारबाही हुन्छ ।”

(बेलौरी -कञ्चनपुर)- महँगी नियन्त्रण तथा दसैँ र तिहार पर्वलाई लक्षित गरी नागरिकलाई सुपथ मूल्यमा सामग्री उपलब्ध गराउन सञ्चालित सुपथ मूल्य पसलको व्यापार न्यून रहेको छ । दसैँ तथा तिहार लक्षित गरेर नुन र चिनी बिक्रीका लागि साल्ट ट्रेडिङ कञ्चनपुरले खोलेका सुपथ मूल्य पसलमा उपभोक्ताको न्यून उपस्थिति रहेको पाइएको छ ।

साल्ट ट्रेडिङ कञ्चनपुरका अनुसार जिल्लाका विभिन्न नाकाबाट प्रतिबन्धित नुन तथा सस्तो मूल्य पर्ने चिनी आयात हुँदा सुपथ मूल्य पसलको नुन र चिनी बिक्री हुन नसकेको हो । सुपथ मूल्य पसलले बजारमा भएको महँगीलाई केही मात्रामा कम गर्न सघाएको साल्ट टेडि्रङले दाबी गरेको छ ।

सीमा नजिकको जिल्ला र नागरिकमा जनचेतना कमीले पनि सुपथ मूल्य पसल प्रभावकारी हुन नसकेको साल्ट टेडि्रङ कञ्चनपुरका कार्यालय प्रमुख नागेन्द्र थापाले बताउनुभयो । थापाका अनुसार- “कञ्चनपुर जिल्लाका भिन्न दुई ठाउँमा सुपथ मूल्य पसल स्थापना गरिएका छन् ।” बजार भाउ नियन्त्रण गर्न जिल्लाको दक्षिणी क्षेत्र बेलौरी र सदरमुकाम महेन्द्रनगरमा गरी दुई वटा सुपथ मूल्य पसल खोलिएको साल्ट टेडि्रङ कार्यालयले जनाएको छ ।

सुपथ मूल्य पसललाई प्रभावकारी बनाउन जिल्लाका अन्य क्षेत्रमा सुपथ मूल्य पसल स्थापना गर्नुपर्ने भए पनि बजेट अभावका कारण स्थापना हुन नसकेको कार्यालय प्रमुख थापाले बताउनुभयो ।

“पसल प्रभावकारी बनाउन संस्थाले नसकेको र सस्थासँग मेनपावर पनि छैन्,” उहाँले भन्नुभयो, “साल्ट टेडि्रङले कात्तिक अन्तिम सातादेखि सुपथ मूल्यलाई प्रभावकारी बनाउन गैरसरकारी संस्थासँग सहकार्य गरेर जिल्लाका ग्रामीण क्षेत्रमा कार्यक्रम सञ्चालन गर्छ, अहिले साल्ट ट्रेडिङ कार्यालय गैरसरकारी संस्थाको खोजीमा छ ।”

साल्ट ट्रेडिङ कार्यालयले सुपथ मूल्य पसल प्रभावकारी बनाउन प्रचारप्रसार, विद्यालयमा विद्यार्थीलाई आयोडिनसम्बन्धी प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन गरिरहेको प्रमुख थापाले बताउनुभयो । उहाँका अनुसार कात्तिक अन्तिम साता साल्ट टेडि्रङले जिल्ला जनस्वास्थ्य कार्यालयसँगको सहकार्यमा पोषण कार्यक्रम सञ्चालन गर्नेछ । चाडपर्वको समयमा खोलिने सुपथ मूल्य पसलअन्तर्गत यस वर्षको दसँैमा ६८९ किलोग्राम नुन र रु १०० किलोग्राम चिनी बिक्री गरिएको कार्यालय प्रमुख थापाले बताउनुभयो ।

साल्ट ट्रेडिङअन्तर्गत स्थापना भएका सुपथ मूल्य पसलले सर्वसाधारणलाई चिनी प्रतिकेजी रु ६६ र आयोडिन नुन प्रतिकेजी रु १३ दरले बिक्री गरेको कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो । सुपथ मूल्य पसलले प्रतिव्यक्ति चिनी ६ केजी र आयोडिन तीन केजी बिक्री गर्दै आएकोे छ ।

जनकपुरधाम- दैनिक उपभोग्य वस्तु नुनको अभावका कारण उपभोक्ता मारमा परेका छन् । जनकपुरका व्यापारीले हिजो ४० देखि १०० रूपैयाँसम्ममा बिक्री गरेकोमा आजदेखि नुन नभएको जानकारी गराएका छन् ।

साल्ट ट्रेडिङले नुन उपलब्ध नगराएको भन्दै व्यापारीले अधिक मूल्य लिई नुन बिक्री गरिरहेका छन् । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले साल्ट ट्रेडिङमा प्रर्याप्त नुनको भण्डारण भएको बताउँदै बजारमा कृत्रिम समस्या उत्पन्न गरी नुनको अभाव सिर्जना गर्नेलाई कारबाही गरिनेछ भन्नुभयो ।

भद्रपुर- झापामा आयोनुन पर्याप्त मात्रामा हुँदाहुँदै व्यापकमा कालोबजारी भइरहेको छ । प्रतिप्याकेट रु १५ मा पाइने सो नुन रु २५ देखि रु ५० सम्ममा झापाको विभिन्न बजारमा बिक्री भइरहेका छन् । भारतको सीमावर्ती बजार गलगलिया र पानीटयाङ्कीमा भारतीय नुन प्रतिकिलो भारतीय मुद्रा रु १०० मा बिक्री हुन थालेपछि झापामा नुनको कालोबजारी हुनथालेको हो ।

भारतीय बजारमा नुनको मूल्य आकासिएपछि झापाबाट अवैध रूपमा सीमावर्ती भारतीय बजारमा निकासी भइरहेको कारणले झापामा मूल्य आकासिएको अनुमान गर्न थालिएको छ । भ्fmापाका नुन पर्याप्त मात्रामा रहेको साल्ट ट्रेडिङ कार्यालय विर्तामोडका कर्मचारी मोहन बरालले जानकारी गराउनुभएको छ । यस कार्यालयको गोदाममा २० औँ हजार प्याकेट नुनरहेको उहाँले जानकारी गराउनुभयो । साल्ट ट्रेडिङको कार्यालयमा नुन मौज्दात नरहेको भनेर व्यापारीले कालोबजारी सुरु गरेका हुन् । रासस

योनी नभएकी किशोरीको कहानी, १७ बर्षमा बल्ल पत्तो पाइन -

जेकी बेक त्यसबेला छाँगाबाट खसेजस्तै भइन्, जव उनले थाहा पाइन की उनको शरिरमा योनी नै छैन् । यो उमेरसम्म आफु र अरु महिलामा कुनै अन्तर नदेखेकी जेकीले सोचेकी पनि थिइनन उनी यस्तो दुर्लभ बिमारबाट गुज्रिएकी छिन भनेर ।



१७ वर्षको उमेरमा जब उनलाई ढाड दुख्न थाल्यो र महिनाबारी सुरु भएन तब उनी डाक्टरकहाँ गइन । परिक्षणपछि डाक्टरले उनलाई ‘एमआरकेएच’ नामक दुर्लभ रोग लागेको बताए । यो विमारीबाट पीडित महिलाहरुको शरीरमा गर्भाशय, र योनीद्वार नै हुँदैन ।

यो रोग लागेका महिलालाई बाहिरबाट हेर्दा चिन्न सकिदैन जवसम्म उनीहरु महिनावारी हुने अबस्थामा पुग्दैनन वा यौन सम्पर्कको प्रयास गर्दैनन् । उनको शरिरमा योनीको स्थानमा एक छिद्र छ जो बाहिरबाट हेर्दा ठ्याक्कै योनीजस्तो देखिन्छ । अब जेकीले जीवनमा न कहिल्यै पनि यौनसम्पर्क गर्न सक्ने छैनन, न बच्चा जन्माउन नै ।

जेकीले भन्छिन-’मैले कहिल्यै पनि आफूलाई अरु महिलाभन्दा फरक ठानिँन । यो खबर मेरो लागि चकित बनाउने खालको थियो । मलाई विश्वास नै लागेको छैन कि मेरो शरीरमा योनी नै छैन ।’ जेकी अहिले आफ्नो प्रेमीको खोजीमा छिन् ।

उनी भन्छिन्-’म आफ्ना लागि प्रेमी खोजिरहेकी छु । यदि कसैलाई यो समस्या हुन्छ भने उ मेरो लागि लायक हुन्न । म जो पुरुषलाई भेट्टाउँछु, उसलाई आफ्नो अवस्थाबारे भन्नेछु किनकी म चाहन्न कि उसलाई पछि पछुतो होस् ।’ बेलायतमा ५ हजारमा एक महिला एम आर के एचबाट पीडित रहेको बताइएको छ ।

बिश्वको सवैभन्दा लामो कार, जसमा २६ पाङ्ग्रा, हेलिप्याड र स्वीमिङ पुलसम्म

यो विश्वको सबैभन्दा लामो कार । अमेरिकाका कस्टम कार गुरु ओहरबर्गले यसलाई बनाएको हुन, जसको लम्बाई १ सय फिट छ ।

यसमा २६ पाङ्ग्रा छन । अगाडी र पछाडि एक एक ड्राइभर क्याबिन छन । एक बेड, स्विमिङ पुलदेखि हेलिप्याडसम्मको सुविधा छ यसमा । गिनिज बुक अफ वल्र्ड रेकर्डले यसलाई विश्वको सबैभन्दा लामो कारको मान्यता दिएको छ । ओहरबर्गसँग लग्जरी कारहरु पनि छन् ।



उनको कम्पनी जे ओहरबर्ग स्टार कार्स’ले फिल्म र टीभी शोका लागि यस्ता कारहरु भाडामा दिने गरेको छ । लगातार ५७ हप्तासम्म हरेक हप्ता कार किन्नेमा कार कलेक्टरका रुपमा परिचित ओहरबर्गले सबैभन्दा लामो कार आफ्नो लागि बनाएका हुन् । तर, उनले भविश्वमा फिल्म सुटिङका लागिसमेत दिन सक्ने बताइएको छ ।

स्वर्ग जाने खुड्किलो

(एजेन्सी)– द्वन्द्वले वातावरणलाई पार्ने असर जहिले अप्रिय हुन्छ । यसले वातावरणमा भएको भवन र मूर्तिको सुन्दरतालाई निकै निर्ममतापूर्वक हत्या गर्ने गर्दछ । तर, द्वन्द्वपछि फालिएका यस्ता सुन्दरताहरु वकहिलेकाँही यसको प्राकृतिक सुन्दरताका कारण मानिसहरुको मन मस्तिष्कमा बस्ने गर्दछन् । यस्तैमा हवाईको ३,९२२ वडा सिँडीको भ¥याङ, जसलाई स्वर्गको भ¥याङ पनि भन्ने गरिन्छ, पृथ्वीको एक अनुपम सौन्दर्यको रुपमा रहेको छ ।

यसको पहिलो खुड्किलो ओवाहु आइल्यान्डको कानियोहे नजिक हाइकु गाउँबाट सुरु हुन्छ र ३० डिग्री एंगलमा २,८०० वटा सिँडी चढ्नुपर्ने हुन्छ । एउटा उपत्यकाबाट अर्को उपत्यकामा डोरीको एन्टिना केबल राख्ने मनसायका साथ यसको पहिलो सिँढी काठको प्रयोग गरेर दोस्रो विश्व युद्ध ताका बनाइएको हो । जसका कारण समुन्द्रि सतहभन्दा २,८०० फिट माथी बसेका हाइकु भ्याली नभल रेडियो स्टेशनका व्यक्तिहरुले टोकियो बे मा रहेका अमेरिकी न्याभि सबमरिन्सहरुसँग कुराकानी गर्ने गर्दथे । सन् १९५० मा उक्त भ¥याङलाई स्टिलको प्रयोग गरेर पुर्ननिर्माण गरियो र युनाइटेड स्टेट्स कोष्ट गार्डको ओमेगा न्याभिगेसन सिस्टम स्टेसनको गतिविधिहरु थाहा पाउनका लागि त्यो भ¥याङलाई बढाइयो । ३,९२२ वटा भ¥याङलाई १८ इन्चको ठूला खुड्किलो जहाजको भ¥याङबाट बनाइयो र सातवटा त्यस्ता भ¥याङहरु एकआपसमा निकै सावधानीका साथ जोडियो र त्यसलाई जोखिमपूर्ण पहाडमा झुन्ड्याइयो ।




यो भ¥याङको खुड्किला चढ्न अनुभवी हाइकर्सहरुलाई सजिलै होला तर एड्भेन्चरर्स भन्छन् भ¥याङ चढ्दै माथि पुग्नु निकै गाह्रो काम हो किनभने तपाईंहरुले एकै समयमा बाक्लो र झ्याम्म परेर उम्रेका रुखहरु घिस्रेर पार गर्नुपर्ने हुन्छ र भ¥याङको खस्रो भागमा चिप्लने डरले निकै होसियार भएर हिँड्नु पर्ने हुन्छ ।

सन् २००३ मा उक्त भ¥याङको मर्मत गरिए पनि सुरक्षाका हिसाबले स्वर्गको भ¥याङमा चढ्न मनाहि गरिएको छ । तथापि, प्रत्येक हप्ता १०० देखि १५० क्लाइम्बर्सहरु यो भिरालो भ¥याङ चढ्ने गर्दछन् र अहिलेसम्म गम्भिर प्रकारको चोटपटक लागेको बुझिएको छैन ।

घाम लागेको दिनमा आफ्नो खुट्टामुनि पहाड, उपत्यका र पानीको फोहोरा हेर्दा लाग्छ कि तपाईंले साँच्चै नै स्वर्गको भ¥याङ नै चढ्नुभएको छ ।

सहिद भएको भनिएका दसैंमा घर फर्के

२४ असोज, काठमाडौं । दशवर्षे द्वन्द्वकालमा मारिएको भनिएका गुल्मीका एक युवा घर फर्केका छन् । उनी घर फर्किएपछि परिवाजन, आफन्त र स्थानीय पनि अचम्ममा परेका छन् ।

०५९ सालमा जुम्ला सदरमुकाममा भएको भिडन्तमा मारिएको भनिएका वस्तु-३ का ३५ वर्षीय कृष्णप्रसाद पाण्डे घर फर्किएका हुन् । सदरमुकाम आक्रमणमा उनी मारिएको खबर काठमाडौका पत्र पत्रिकाले प्रकाशन गरेपछि गाउँ शोकमग्न भएको थियो । उनी मरेको भनेर आफन्तले काजक्रियापछि मृत्युदर्ता समेत गरेको समाचार आजको कमाण्डर पोष्ट दैनिकले प्रकाशित गरेको छ ।

‘सेनाद्धारा मारिएको र उनी माओवादी भएको भन्दै गाउामा श्रद्धाञ्जली सभासमेत भयो’, नेकपा माओवादी राज्य समिति सदस्य राजु बिसीले भन्नुभयो, ‘जीवितलाई मृतक बनाउने काम उनकै दाजुबाट भएको रहेछ ।’

उनलाई मृतक बनाउने काम भने उनका साहिंला दाजु गुणानीधि पाण्डेले गरेका हुन् । ‘जब म २०५८ सालमा घरमा आएा, दाजुले मलाई मृतक बनाएर आमालाई मालपोत कार्यालयमा लगेर आफ्नो नाममा जग्गा पास गराउनुभयो’, पाण्डेले भने, ‘यो सबै प्रपञ्च दाजुले सम्पत्तिका लागि गरेका रहेछन् । दाजुले अहिले पनि मुद्धा गरेर मलाई सताइरहेका छन् ।’

२०५८ सालमा माओवादी भिडन्तमा भाइ मारिएको खबर पनि उनका दाजुले नै ल्याएका हुन् । वस्तु गाविसका सचिव श्रीराम पाण्डेले अंश विवाद चुलिएपछि सम्पत्ति हडप्न दाजु गुणनीधिले भाइलाई मृतक बनाएको बताउनुभयो ।

‘कृष्णराज ११ वर्षकै हुादा एमालेका स्थानीय नेता टोमलाल पाण्डेले अंशवण्डा गराइदिएका थिए । बुटवलमा पढ्दा पढ्दै म भारततिर गएको बेला दाजुले मलाई भिडन्तमा मारिएको बताएर सम्पत्ति हडपेछन् ।’ कृष्णराज पाण्डेले भने ।

भिडन्तमा सेनाद्धारा मारिएको नाम कृष्णराज पाण्डे भने पनि ठेगाना खुलाइएको थिएन । उतिबेला सेना, प्रहरी र माओवादीतर्फबाट मरेका व्यक्तिको नाम मात्रै भनिने भएकाले गाउामा सबै विश्वास गरेकाले दाजु गुणनीधिले त्यसैको फाइदा उठाएका थिए ।

‘६ पटकसम्म दाजुले मुद्धा दिएर हैरान बनाए’, पाण्डेले भने, ‘उनले दिएको तनावले मेरी पत्नीको मानसिक सन्तुलन विग्रेको छ र मेरो पनि दिमागले काम गर्न नसक्ने भइसक्यो।’

उनलाई दाजु गुणनीधिले पटकपटक झुटा मुद्धा दिएर दुःख दिने गरेको र केही दिनअघि मात्र वस्तु प्रहरी चौकीमा पनि त्यस्तै झुटो उजुरी दिएपछि उनलाई गाउाका भलाद्मीले समेत झुठो ठहर गरेको आजको कमाण्डर पोष्टले समाचारमा उल्लेख छ ।

आँखामा दाँत हालेपछि दृष्टिविहीनले आँखा देखे

बेलायतमा झ्वाट्ट सुन्दा हुनै नसक्ने जस्तो घटना भएको छ । आँखामा दाँत हालेपछि एक दृष्टि वीहिन पुरुष देख्न सक्ने भएका छन् । आफ्नै एउटा दाँत आँखामा प्रत्यारोपण गरेपछि ती दृष्टिवीहिनको आँखाको ज्योति प्राप्त भएको हो



समाचार अनुसार दुइ सन्तानका पिता इयान टिबेट्सले केही वर्षअघि एक दुर्घटनामा परि आँखाको दृष्टि गुमाएका थिए । आँखाको ज्योति गुमेपछि अन्धकारमा जिवन बिताइरहेका इयानका लागि ससेक्स आँखा अस्पतालका नेत्र शल्यचिकित्सक क्रिस्टोफर लिउ भगवान नै सावित भए । लिउले अस्पतालमा इयानको आँखाको शल्यक्रिया गरी उनकै दाँत प्रत्यारोपण गरिदिए । ओस्टियो ओडोन्टो केराटोप्रोथेसिस भनिने उक्त दुइ चरणको शल्यक्रिया पछि इयान आँखा देख्न सक्ने भए ।

शल्यक्रियाको पहिलो चरण्मा उनको दाँत निकालियो । त्यसपछि त्यो दाँतमा लेन्स हालियो अनि लेन्स सहितको उक्त दाँत आँखाको गेडाभित्र राखियो । यो पहिलो चरणको शल्यक्रिया सम्पन्न भएपछि केही महिना उनको आँखाभित्र दाँतमा तन्तुहरु विकशित हुन र ती तन्तुमा तथा रक्तसंचार सुरु हुन दिइयो । त्यसपछि आँखाको नानीको माथिल्लो भाग काटेर फ्याँकी त्यसमा दाँतको लेन्स सहितको भागलाई जडान गरियो । त्यसपछि उनको शल्यक्रिया सम्पन्न गरियो । उनले त्यसपछि आँखा देख्न थाले र सुरुमा दुइ जना छोरालाई हेरे । धेरै वर्षपछि आफ्ना छोरालाई देख्न पाउँदा चमत्कार जस्तै लागेको उनको भनाइ छ ।

यद्यपि इयानको उक्त आँखाले पूरै देख्न त सक्दैन तर ४० प्रतिशत दृष्टि भने प्राप्त भएको छ । अहिले उनको आँखा गुलावी रंगको देखिन्छ र नानीको रंग भने कालै छ ।

दाह्रीका विचित्र कामहरु (फोटोफिचर)



मान्छेको दाह्रीले के काम देला ? जति लामो भएपनि न त त्यो काटेर खौरेर उन बनाउनु न त दाम्लो । त्यसको केही काम छैन । दाह्री जुँगा हुनेले ताउ लगाएर शान झार्न पाउनु नै यसको उपादेयता हो । तर यहाँ दिइएका तस्वीर हेर्नुभयो भने तपाइँको यो धारणामा परिवर्तन आउनेछ । दाह्रीको उपयोगिताका कतिसम्म हुँदोरहेछ भन्ने थाहा पाउनुहुनेछ तपाइँ । नपत्याए हेर्नुस् न
See more at


संसारबाट लोप भए नीलो छाला भएका मान्छे

मान्छेको छाला कि त गोरो हुन्छ, कि त कालो वा गहुँगोरो पनि । तर संसारमा एक जना यस्ता व्यक्ति थिए जसको छाला निलो थियो ।

अमेरिकाका पाउल कारासन विश्वमा निलो छाला भएका एकमात्र मान्छे थिए । जसको सोमबार निधन भएपछि यो दुनियामा अब निलो छाला भएको मान्छेको अस्तित्व समाप्त भयो ।



पाउल कारासनको ६२ वर्षको उमेरमा वासिंटन अस्पतालमा निधन भएको हो । हृदयाघात भएपछि अस्पतालमा भर्ना गरिएको उनी न्यूमोनियाबाट पनि ग्रसित थिए ।

धेरै वर्षअघि देखि उनी संसारको निलो छालावाला एकमात्र मान्छेको रुपमा चर्चित थिए । उनको छाला जन्मजात नै निलो भएको भने होइन । उनको सरीरको सबै छाला निलो भएकेा होइन की अनुहारको छाला मात्र निलो थियो । वास्तवमा अनुहारको छालामा घाउ खटिरा आएपछि त्यसलाई निको पार्न उनले एक हानिकारक धातुजन्य झोल अनुहारमा लगाएपछि त्यसको साइड इफेक्टका कारण उनको अनुहारको छालाको रङ निलो भयो ।

सन् २००८ मा एक टेलिभिजन च्यानलमा अन्तरवार्ता दिएसँगै उनको चर्चा ह्वात्तै बढ्यो र उनी सेलिब्रेटी बने । उनी पापा मर्फ उपनामले चर्चित बनेका थिए ।

फल्यो १ क्विन्टल को फर्शी, आधा क्विन्टलको गाजर



एउटा गाजरको तौल कतिसम्म धेरै होला ? सलगम कत्रो सम्म फल्ला ? बेलायतका एक किसानले यति ठूलो आकारको गाजर तथा सलगम फलाएका छन् की सुन्दैमा अचम्म लाग्छ । उनले फलाएको सलगमले विश्व ७० वर्षका इयान नेलले ५४ किलोको भिमकाय सलगम आफ्नो बारीमा फलाएका हुन् । साउथ वेल्सस्थित लंगस्टोनमा रहेको आफ्नै बारीमा उनले किर्तिमानी सलगम मात्र होइन किर्तिमानी गाजर समेत फलाएका छन् । उनले आफ्नो बारीमा ८ किलो ३५० ग्रामको गाजर फलाएर सबैलाई अचम्ममा पारे । त्यो गाजरले विश्व किर्तिमान कायम गर्न नसकेपछि बेलायतको देशीय किर्तिमान भने भंग गर्यो ।



घरमै बनाएको प्रांगारिक मल प्रयोग गरेर उनले भिमकाय तरकारी फलाएका हुन् । मौसम प्रतिकुल नभैदिएको भए ती तरकारी अझै ठूलो आकारका हुने दाबी उनको छ । उनका ती भिमकाय तरकारी मालभर्नमा आयोजित तरकारी पर््रदर्शनीमा राखिएको छ । पर््रदर्शनीमा २७ किलोको बन्दा, किलोको फर्सी लगायतका तरकारी समेत पर््रदर्शनीमा राखिएका छन् ।

२१ वर्षका ‘भुपु युवक’ सुन्दरी प्रतियोगितामा

तिन वर्ष अघिसम्म उनको नाम डानियल थियो र उनी आफुलाई पुरुष ठान्थे । तर जब उनी १८ वर्षका भए उनले आफ्नो तन्नेरी परिचय त्यागेर तरुनी बन्ने निर्णय गरी आफ्नो नाम परिवर्तन गरे र डानी जेम्स नाम राखे ।
अहिले तिनै भुपु युवक बेलायतको एक सुन्दरी प्रतियोगितामा भाग लिइरहेकी छिन् । जैविक रुपमा समलिंगी रहेकी डानी साउथ वेल्समा आयोजित मिस डायमण्ड क्विन २०१३ मा भाग लिइरहेकी छिन् ।नाइट क्लबकी व्यवस्थापक समेत रहेकी यी भुपु युवक आफु सुन्दरी रुप बारे यसरि बताउछिन् , तलको बक्स मा क्लिक गरि उनको सुन्दर रुप हेर्नुहोस ।

कानून पनि कस्ता कस्ता !

कुनै पनि शासन व्यवस्थामा कानूनको अहम् भूमिका हुन्छ । कानून विनाको शासन लगाम बिनाको घोडा जस्तै हुन्छ । तर कानूनी शासन कायम गर्नका लागि कानून पनि जनमैत्री तथा वैधताप्राप्त हुनुपर्छ । कानूनलाई जनताले स्विकार्नुपर्छ । कानून देशका नागरिकले पालना गर्नुपर्छ र कानूनको उल्लंघन दण्डनीय हुन्छ ।

तर विश्वका केही देश तथा सहरमा केही त्यस्ता अनौठा कानूनहरु छन् जो न त त्यहाँका जनताले मनैदेखि स्विकारेका छन्, न त कानून उल्लंघन गर्नेलाई कारवाही भएको नै सुनिएको छ ।

हल्याण्डमा किराना पसलमा सामान खरिद गर्दा शपिङ बास्केटको प्रयोग नगरेमा जरिवाना तिर्नुपर्छ ।

अमेरिकाको वायोमिंगमा जुन महिनामा खरायोको फोटो खिच्न मनाही छ ।

अमेरिकाको केन्टकीले हरेक व्यक्तिले वर्षको कम्तीमा एक पटक नुहाउनुपर्ने कानून छ ।

अमेरिकाको अलास्कामा सुतेको भालुलाई जगाएर फोटो खिचेमा त्यसरी फोटो खिच्ने मानिसलाई कारवाही हुन्छ ।

अमेरिकाको कन्सासमा नांगो हातले माछा पक्रिन बन्देज लगाइएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा हाउस कोट लगाएर कार चलाउन महिलालाई निषेध गरिएको छ ।

मिचिगनमा पनि एउटा अनौठो कानून छ, जहाँ बाटोमा हिँड्दा फोहोर तथा हिलो आएपनि महिलाले आफुले लगाएको स्कर्ट ३ इन्चभन्दा माथि सार्न पाउँदैनन् ।

स्विडेनको एक अपार्टमेन्टमा बस्ने मानिसहरुले रातको दश बजेपछि ट्वाइलेटमा फ्लस गर्न रोक लगाइएको छ ।

अमेरिकाको अलाबामामा यदि कसैले रेलको ट्रयाकमा नून खन्याइदियो भने उसलाई मृत्युदण्डको सजाय पनि हुनसक्छ ।

अमेरिकाको टेक्सासमा कुनैपनि गाइको चित्र कोर्न मनाही छ । एजेन्सीको सहयोगमा
Select Menu