Health/Sex

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

» » भान्साको अत्यावश्यक नुनमा व्यापक कालोबजारी

School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result

२९ कात्तिक, विराटनगर । पूर्वाञ्चल क्षेत्रमा आयोडिनयुक्त नुनको अभाव नरहेको साल्ट्र ट्रेडिङ अञ्चल कार्यालय विराटनगरले जनाएको छ । बजारमा नुनको अभाव भएको हल्ला सिर्जना भए पनि साल्ट्र टेडिङका अञ्चल प्रबन्धक नवीनचन्द्र झाले नुनको अभाव नरहेको बताउनुभयो । कर्पोरेसनको अञ्चल कार्यालय विराटनगरको गोदाममा नुनको प्रयाप्त मौजदात रहेको बताइएको छ ।

विभिन्न छापा एवम् विद्युतीय सञ्चारमाध्यमले छिमेकी राष्ट्र भारत तथा नेपालका केही अन्य क्षेत्रमा नुनको अभाव भएको प्रचारप्रसार गरेपछि विभिन्न पसलमा नुन खरिद गर्नेको भिड आज बिहानदेखि लागेको छ । यता कतिपय पसलले नुन छैन भनी ग्राहकलाई फर्काउने गरेको र नुन कालोबजारीमा बिक्री गरिरहको बताइएको छ । साल्ट ट्रेडिङले अञ्चल कार्यालय सोझै एवम् डिलरमार्फत नुन बिक्री वितरण गरिरहेको जनाएको छ ।

यता मौका फाइदा उठाउन नेपाल बजार डिपार्टमेन्टल स्टोर विराटनगरले रु २०० को सामान खरिद गरेमा एक प्याकेट नुन बिक्री गरिएकोमा उपभोक्ताले विरोध गरेका छन् ।

गोलबजार (सिरहा)- हल्ला फैलाएर सिरहामा प्रतिकिलो रु १०० सम्ममा नुनको बिक्री भएको छ । भारतबाट फैलिएको हल्ला पछाडि परेर उपभोक्ता सिरहामा पनि प्रतिकिलो रु १०० का दरले नुन खरिद गरेको हो । saltभारतमा हल्ला फैलिएपछि यहाँका व्यापारीहरू पनि कालोबजारी गर्न हल्ला फैलाएर नुन किलोको रु ४० देखि रु १०० सम्ममा बिक्री गरेका छन् ।

इँटाटार घर भई लहानमा बस्दै आएका विद्यार्थी धर्मेन्द्र पासवानले भन्नुभयो, “एक साथीले फोन गरेर भन्यो नुन भेट्नै छाड्यो । त्यसपछि बजारमा खोज्न जाँदा प्रतिकिलो रु ४० का दरले पाँच किलो खरिद गरे ।”

साथीले फोन गर्दा प्रतिकिलो रु १०० मा सिरहा सदरमुकाममा नुन बिक्री भइरहेको भनेर भनेका थिए, त्यसैले रु ४० को दरले नुन किनेको विद्यार्थी पासवानले जानकारी दिनुभयो । उहाँले सिरहा जिल्लाभरि नै नुनको भाउ एकाएक बढेको बताउनुभयो । उहाँका अनुसार पसलमा नुन रहेपनि अझ बढी मूल्यमा बिक्री गर्न व्यापारी बिक्री गर्न पनि छाडेका छन् ।

पासवान मात्र नभएर सिरहाका हजारौँ उपभोक्ता हल्लाको पछाडि परेर रु रु १५ मा पाउने नुन रु ४० देखि रु १०० सम्ममा खरिद गरेका छन् । सिरहा नगरपालिका-३ का रिना यादवले भन्नुभयो, “नुन अब झन महँगो हुन्छ कि सोचेर तीन किलो नुन रु १०० को दरले हिजो साँझ खरिद गरे ।”

नुनको मूल्य प्रतिकिलो रु १०० पुगेकाले उपभोक्ता बिहानैदेखि लहानस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको कार्यालयमा पुगेका छन् । नुन किन्न घरमा भान्सा पकाउन छाडेर पनि आएको लहान-८ की सिवोदेवी यादवले भन्नुभयो । अहिले सो कार्यालयमा नुन किन्न सयौँ उपभोक्ताको लाम लागेको छ ।

 हल्लाको पछाडि नपर्नुस् : प्रशासन

 नुनको मूल्य एकाएक बढेको अपवाह फैलिएपछि इलाका प्रशासन कार्यालय लहानले हल्लाको पछाडि नपर्न सार्वजनिक सूचना जारी गरेको छ । लहानका प्रशासकीय अधिकृत राजुप्रसाद साहले हल्लाको पछाडि परेर बढी मूल्यमा नुन खरिद नगर्न माइकिङ गराइएको बताउनुभयो । उहाँले रेडियोबाट समेत सार्वजनिक सूचना प्रसारण गर्न लगाएको भन्नुभयो ।

व्यापारीले कमाउने धन्दा अपनाएको छ त्यसैले उपभोक्तालाई सचेत हुन प्रशासकीय अधिकृत साहले आग्रह गर्नुभयो । उहाँले उपभोक्ता सचेत भए व्यापारीहरू आफैँ नुनको प्याकेटमा उल्लेखित मूल्यमा बिक्री गर्न बाध्य हुने बताउनुभयो ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखा लहानका प्रमुख जीतेन्द्र साहले भारतबाट व्यापारी कालोबजारी गर्न हल्ला फैलाएको बताउनुभयो । उहाँले यहाँ नुनको फालाफाल रहेकाले हल्लाको पछाडि नपर्न उपभोक्तालाई आग्रह गर्नुभयो । प्रमुख साहले भन्नुभयो, ”नुनको प्याकेटमा उल्लेखित मूल्य भन्दा रु एक पनि बढी लिएर कुनै व्यापारी बिक्री गर्छन् भने हामीलाई जानकारी दिनुस् । तुरुन्त कारबाही हुन्छ ।”

(बेलौरी -कञ्चनपुर)- महँगी नियन्त्रण तथा दसैँ र तिहार पर्वलाई लक्षित गरी नागरिकलाई सुपथ मूल्यमा सामग्री उपलब्ध गराउन सञ्चालित सुपथ मूल्य पसलको व्यापार न्यून रहेको छ । दसैँ तथा तिहार लक्षित गरेर नुन र चिनी बिक्रीका लागि साल्ट ट्रेडिङ कञ्चनपुरले खोलेका सुपथ मूल्य पसलमा उपभोक्ताको न्यून उपस्थिति रहेको पाइएको छ ।

साल्ट ट्रेडिङ कञ्चनपुरका अनुसार जिल्लाका विभिन्न नाकाबाट प्रतिबन्धित नुन तथा सस्तो मूल्य पर्ने चिनी आयात हुँदा सुपथ मूल्य पसलको नुन र चिनी बिक्री हुन नसकेको हो । सुपथ मूल्य पसलले बजारमा भएको महँगीलाई केही मात्रामा कम गर्न सघाएको साल्ट टेडि्रङले दाबी गरेको छ ।

सीमा नजिकको जिल्ला र नागरिकमा जनचेतना कमीले पनि सुपथ मूल्य पसल प्रभावकारी हुन नसकेको साल्ट टेडि्रङ कञ्चनपुरका कार्यालय प्रमुख नागेन्द्र थापाले बताउनुभयो । थापाका अनुसार- “कञ्चनपुर जिल्लाका भिन्न दुई ठाउँमा सुपथ मूल्य पसल स्थापना गरिएका छन् ।” बजार भाउ नियन्त्रण गर्न जिल्लाको दक्षिणी क्षेत्र बेलौरी र सदरमुकाम महेन्द्रनगरमा गरी दुई वटा सुपथ मूल्य पसल खोलिएको साल्ट टेडि्रङ कार्यालयले जनाएको छ ।

सुपथ मूल्य पसललाई प्रभावकारी बनाउन जिल्लाका अन्य क्षेत्रमा सुपथ मूल्य पसल स्थापना गर्नुपर्ने भए पनि बजेट अभावका कारण स्थापना हुन नसकेको कार्यालय प्रमुख थापाले बताउनुभयो ।

“पसल प्रभावकारी बनाउन संस्थाले नसकेको र सस्थासँग मेनपावर पनि छैन्,” उहाँले भन्नुभयो, “साल्ट टेडि्रङले कात्तिक अन्तिम सातादेखि सुपथ मूल्यलाई प्रभावकारी बनाउन गैरसरकारी संस्थासँग सहकार्य गरेर जिल्लाका ग्रामीण क्षेत्रमा कार्यक्रम सञ्चालन गर्छ, अहिले साल्ट ट्रेडिङ कार्यालय गैरसरकारी संस्थाको खोजीमा छ ।”

साल्ट ट्रेडिङ कार्यालयले सुपथ मूल्य पसल प्रभावकारी बनाउन प्रचारप्रसार, विद्यालयमा विद्यार्थीलाई आयोडिनसम्बन्धी प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन गरिरहेको प्रमुख थापाले बताउनुभयो । उहाँका अनुसार कात्तिक अन्तिम साता साल्ट टेडि्रङले जिल्ला जनस्वास्थ्य कार्यालयसँगको सहकार्यमा पोषण कार्यक्रम सञ्चालन गर्नेछ । चाडपर्वको समयमा खोलिने सुपथ मूल्य पसलअन्तर्गत यस वर्षको दसँैमा ६८९ किलोग्राम नुन र रु १०० किलोग्राम चिनी बिक्री गरिएको कार्यालय प्रमुख थापाले बताउनुभयो ।

साल्ट ट्रेडिङअन्तर्गत स्थापना भएका सुपथ मूल्य पसलले सर्वसाधारणलाई चिनी प्रतिकेजी रु ६६ र आयोडिन नुन प्रतिकेजी रु १३ दरले बिक्री गरेको कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो । सुपथ मूल्य पसलले प्रतिव्यक्ति चिनी ६ केजी र आयोडिन तीन केजी बिक्री गर्दै आएकोे छ ।

जनकपुरधाम- दैनिक उपभोग्य वस्तु नुनको अभावका कारण उपभोक्ता मारमा परेका छन् । जनकपुरका व्यापारीले हिजो ४० देखि १०० रूपैयाँसम्ममा बिक्री गरेकोमा आजदेखि नुन नभएको जानकारी गराएका छन् ।

साल्ट ट्रेडिङले नुन उपलब्ध नगराएको भन्दै व्यापारीले अधिक मूल्य लिई नुन बिक्री गरिरहेका छन् । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले साल्ट ट्रेडिङमा प्रर्याप्त नुनको भण्डारण भएको बताउँदै बजारमा कृत्रिम समस्या उत्पन्न गरी नुनको अभाव सिर्जना गर्नेलाई कारबाही गरिनेछ भन्नुभयो ।

भद्रपुर- झापामा आयोनुन पर्याप्त मात्रामा हुँदाहुँदै व्यापकमा कालोबजारी भइरहेको छ । प्रतिप्याकेट रु १५ मा पाइने सो नुन रु २५ देखि रु ५० सम्ममा झापाको विभिन्न बजारमा बिक्री भइरहेका छन् । भारतको सीमावर्ती बजार गलगलिया र पानीटयाङ्कीमा भारतीय नुन प्रतिकिलो भारतीय मुद्रा रु १०० मा बिक्री हुन थालेपछि झापामा नुनको कालोबजारी हुनथालेको हो ।

भारतीय बजारमा नुनको मूल्य आकासिएपछि झापाबाट अवैध रूपमा सीमावर्ती भारतीय बजारमा निकासी भइरहेको कारणले झापामा मूल्य आकासिएको अनुमान गर्न थालिएको छ । भ्fmापाका नुन पर्याप्त मात्रामा रहेको साल्ट ट्रेडिङ कार्यालय विर्तामोडका कर्मचारी मोहन बरालले जानकारी गराउनुभएको छ । यस कार्यालयको गोदाममा २० औँ हजार प्याकेट नुनरहेको उहाँले जानकारी गराउनुभयो । साल्ट ट्रेडिङको कार्यालयमा नुन मौज्दात नरहेको भनेर व्यापारीले कालोबजारी सुरु गरेका हुन् । रासस

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Unknown

This blog contains the videos/movies and other contents availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we are not using these resources commercially. If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at xpress.edu@gmail.com. Love Nepali Music/Videos/Movies- STOP Piracy.... Thanks.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply

Select Menu