Health/Sex


News

Guff Gaff

Education

Movie

Tech

Videos

World

Mobile News

Archive

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

प्लेनमा धुमपानको दुस्साहस गर्दा यस्तो परिणाम ?

बिमान चढ्नासाथ बिमानभित्र धुमपान निषेध गरिएका संकेत जताततै देखिन्छ । त्यसमाथि सुरक्षा जानकारी दिनेबेला परिचारिकाहरुले पनि पटकपटक त्यस्तै आग्रह गर्छन– कृपया बिमानभित्र धुमपान नगरिदिनुहोला ।

तर, कतिपय मानिस यस्ता हुन्छन जसलाई यी सव आग्रहले छुँदैन । जसरी पनि चुरोटको तलतल मेट्नै पर्ने हुन्छ । चुरोट पिउने दुस्साहस गर्नु कति धातक हुन्छ भन्ने हालै एक अधवैंशेले भोगेका छन् ।

उनले ७ घण्टासम्म हातखुट्टा डोरीले बाँधेर बस्नुपर्ने भएको छ । ५४ वर्षका मिथाइस जोर्गले सिंगापुरबाट ब्रिसेबन जाने क्रममा उडिरहेको हवाइजहाजमा धुमपान गर्ने प्रयास गरेका थिए ।

सुरुमा उनलाई हजाइजहाजका कर्मचारीहरुले त्यो नगर्न आग्रह गरे । तर, उनी हिंस्रक बन्न खोजे । जसका कारण सवा ७ घण्टाको उडानमा उनको हात र खुट्टा बाँधेर राखिएको थियो ।

प्लेनमा रहेका एक यात्रुको उनको तस्वीर खिचेका थिए, जसमा उनको हात र खुट्टा बाँधिएको प्रष्ट देखिन्छ । इमिरेट्स एयरको विमान ब्रिसवेनमा पुगेपछि जोर्गलाई प्रहरीको जिम्मा लगाइएको छ ।

के हिटलरको ईशारामा चल्दथ्यो हलिउड ?

(एजेन्सी)– एउटा नयाँ विवादित किताबमा दाबी गरिएको छ कि अमेरिकी फिल्म उद्योग, हलिउडको फिल्म स्टुडियो १९३० को दशकमा जर्मनीको नाजी शासक हिटलरको मर्जीको हिसाबले काम गर्ने गर्दथ्यो ।

‘द कोल्याबरेसनः हलिउड्स फ्याक्ट विद हिटलर’ को लेखक हार्वर्ड विश्वविद्यालयको विद्धान बेन उरवान्ड एक सौम्य स्वभावका मानिस हुन् जसको किताबको विभिन्न खण्डहको कडा आलोचना र थोरै तारिफ भइरहेको छ ।

न्यूयोर्कको पत्रिकाको डेविड डेन्बी अमेरिकाको फिल्म समिक्षकमध्ये एक हुन् । उनी यो किताबलाई एक अपमान भएको बताउँछन् । ‘मैले हार्वर्ड युनिभर्सिटी प्रेससँग यो किताब फिर्ता लिन निकै अपिल गरेँ । यो किताब अस्पष्ट दाबीहरुले भरिएको छ ,’ उनले भने ।

अमेरिकी फिल्मको टेड पत्रिका हलिउड रिपोर्टरमा छापिएको आलेखमा ब्रैन्डिस विश्वविद्यालयको इतिहासविद टोमस डोहर्टीले बेन उरवान्डको किताबलाई ‘मिथ्या र गैर ऐतिहासिक’ भनेका छन् ।

डोहर्टीको किताब हलिउड एण्ड हिटलरः १९३३–१९३९ भर्खरै प्रकाशित भएको हो ।

धर्मकर्ममा युवती: चितवन भरतपुरको एक शिव मन्दिर स्थित शिवलिंगमा पुजाआजा गर्दै यहाँका युवतीहरु ।

प्राय युवतीहरु असल श्रीमानको कामना गर्दछन्


चितवन भरतपुरको एक शिव मन्दिर स्थित शिवलिंगमा पुजाआजा गर्दै यहाँका युवतीहरु । प्राय युवतीहरु असल श्रीमानको कामना गर्दछन् ।

सावधान! तपाइँको मोबाइलको ब्यालेन्स चोरिएला

मोबाइल टेक्स म्यासेज (एसएमएस) रिप्लाई गर्दा सतर्क हुनु पर्ने अवस्था आएको छ। तपाईंको एसएमएस रिप्लाई ह्याकरको हातमा पुग्न पनि सक्छ। सुरक्षा विशेषज्ञहरुका अनुसार मोबाइल फोनको सिम कार्डबाट जासुसीको खतरा बढ्दै गएको हो। यो प्रविधिमार्फत् ह्याकरले तपाईंको मोबाइको सबै डाटा चोर्न पनि सक्छन्। यसका लागि तपाइँलाई ह्याकरले कुनै खास सन्देश पठानेछन्। मोबाइल फोन सुरक्षा विशेषज्ञ कास्टन नोलले भनेका छन्— 'अपराधीहरुले यो प्रविधिको गलत प्रयोग गरेर प्रयोगकर्ताको निजी कुराकानी सुन्न पनि सक्नेछन् र उसको ब्यालेन्स चोर्न पनि सक्छन्।'
Laptop Bag with every nagarik   
मोवाइल कम्पनिसँग सम्वन्धित संस्था जीएसएमएले यो पछिल्लो जानकारी बारे आफुले अनुसन्धान गरिरहेको बताएको छ ।
कसरी हुन्छ ह्याकिङ
नोलले यस प्रकारको खतराको पहिलो जानकारी आफ्नो बर्लिनस्थित कम्पनी सुरक्षा अनुसन्धान प्रयोगशालाको वेबसाइटमा जारी गरेको बताएका छन् ।

सिम (सस्क्राइबर आइडिन्टिटी मोड्यूल) कार्ड ले प्रयोगकर्ताकोे नेटर्वकसँग जोडिएको उसको पहिचानको प्रमाणित गर्छ । यसमा केही मात्रामा डाटाहरु पनि रहने गर्छन् । म्यासेज, सम्पर्क नम्बर तथा केही ऐप्लिकेशनसँग सम्वन्धित जानकारीहरु यसमा हुन्छन् । यो कार्डमा बैंकिग सेवा सँग जोडिएको जानकारी समेत हुने गर्छ । नोलले भनेका छन् कुनै उपकरणबाट सन्देश पठाएर प्रयोगकर्ताको पासवर्डको पत्ता लगाउने बाटो उनीहरुले पहिल्याएका छन् । उनका अनुसार धेरै जसो फोनको फर्जी हस्ताक्षरको पहिचान गरी सम्पर्क काटिन्छ तर एक चौथाईले भने एरर म्यासेजको रिप्लाई गर्छन् जसमा सिमको पासवर्डको केही अंश हुन्छ । अफ्रिकामा मानिसहरु बैंक सेवाको लागि मात्र सिम कार्ड सुरक्षा प्रणाली अपनाउने गर्छन् ।


यो प्रणाली केही समय सुरक्षित मानिए पनि यसको कोड पत्ता लगाउन सजिलो भै सकेको नोलको भनाइ छ ।

उनले भनेका छन् ह्याकरसँग यो जानकारी एक पटक हात प¥यो भने यो प्रोग्रामिङ भाषा 'जाभा' मा लेखेर सिमको डाटा डाउनलोड गर्न सक्ने छन्। उनीहरुले सिमबाट तपाईको निगरानी पनि गर्न सक्ने तर्फ पनि उनले सचेत गराएका छन् ।

अपरेटरहरुले भने ३ जी वा ४ जी कलमा यो सम्भव नभएको दाबी गरेकाछन् । तर सिमकार्ड सम्म पहुँच भयो भने यो पनि सम्भव हुने छ नोलको भनाई छ । नोलको शोधका अनुसार १० सिम मध्ये ८ सिम कार्डमा यस प्रकारको खतरा रहेको छ ।

इजरायलले जासुस गर्न पठाएको आरोपमा टर्किद्धारा पक्राउ चरा छाडियो !!

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्


 इजरायलले जासुसको रुपमा प्रयोग गरेको भन्दै टर्की सरकारले कब्जामा लिएको चरालाई छाडिदिएको छ । यसअघि अनुसन्धानमुलक यन्त्र जडान गरेर चरालाई जासुसको रुपमा आफ्नो देश पठाएको आरोप टर्कीले लगाएको समाचार त्यहाको स्थानिय अनलाईन जेपोष्ट डटकमले जनाएको थियो । एक प्रकारको बाज जस्तो देखिने उक्त चराको खुट्टामा धातु औठी सहित ‘ द्दद्धघज्ञज्ञ त्भ िब्खष्खगलष्ब क्ष्कचबभ’ि अंग्रेजीमा लेखिएको शब्द थियो ।

त्यसैले टर्की सरकारले उत्त चरालाई इजरायलले जासुस गर्न पठाएको भन्ने शंका गरेको बताइएको छ । चरा टर्कीको अल्टीनभ्यास्थित स्थानिय गोभरनरको घरमा भेटिएको थियो । चरामाथी शंका भएपछि युनिभर्सिटी हस्पिटलमा लगेर एक्सरे मेशिनमा माइक्रो चिप्स र बगिङ डिभाइसको सहायताले परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा रेडियोग्रामको अघिल्लो पेजको तस्विरमा ‘इजरायली एजेन्ट’ टाइटल भेटिएको स्थानिय मिलियेट पत्रिकाले छापेको छ । २०१० को मे महिनामा इजरायली कमान्डरहरुले टर्कीका ९ क्रियाशिल कार्यक्रताहरुको हत्या गरेको थियो । त्यसपछि यी दुई देशविचको सम्वन्ध चिसिएको छ । टर्कीले बदला लिने समयलाई पर्खिरहेको बुझिएको छ ।

आफ्नो लिंग छुटाएर फेरि जोड्नसक्ने कस्तो जिव

वैज्ञानिकहरुले शंखेकिरा प्रजातिको एउटा यस्तो अनौठो जिव पत्ता लगाएका छन् जसको यौन व्यवहार निकै नै विचित्र खालको छ ।

क्रोमोडोरिस रेटिकुलाटा नामको यो जिवले आफ्नो लिंग सरीरबाट आफै चुँडाउन सक्छ, र चुँडिएको लिंग फेरी सरीरमा जोडेर पहिलेको जस्तै प्रयोग गर्न सक्छ ।

जापानी वैज्ञानिकहरुले प्रशान्त महासागरमा यो विचित्र प्रजातिको शंखेकिरो भेट्टाएका हुन् । उनीहरुका अनुसार यो पृथ्वीमा फेला परेको एउटा मात्र यस्तो जिव हो जसले आफ्नो लिंग छुटाउँदै र जोड्दै गरेर पनि पटक–पटक यौन सम्पर्क गर्न सक्छ ।

वैज्ञानिकहरुले यस्तो अनौठो लिंगलाई डिस्पोजेबल लिंगको नाम दिएका छन् । यो लिंग सम्भोगका बेला शंखेकिराले सरीरमा जोड्छ र सम्भोगपछि फेरि फ्याँकिदिन्छ र चाहिएको बेला फेरी जोड्छ ।

होसियार ! कतै तपाईलाई पनि फेसबुकमा यस्तो म्यासेज आएको त छैन ??


पहिला पहिला इमेलमा तपाई लाई यति रकमको चिट्ठा पर्यो तपाईको डिटेल चाहियो भन्दै मेल आएर हैरान बनाउथ्यो। तर अब समयसंगै म्यासेज आउने तरिका र स्रोत पनि फेरिएछ।
अचेल फेसबुकको इन्बक्समा यस्तो म्यासेज आउन थालेको छ। तर फर्म्याट चाही केहि चेन्ज भएको छ। अचेल केटिले म्यासेज गर्छिन र भन्छिन कि मेरो इमेलमा मेल गर अनि हामी परिचय गरौँ। तर यो म्यासेज फेक अर्थात् झुटो म्यासेज हो। पहिला पहिला इमेलमा आउने चिट्ठा परेको म्यासेज जस्तै यो म्यासेज पनि ठग्नकै लागि भएको जानकारहरु बताउछन।

केहि व्यक्तिहरुले त पहिला फेसबुकमा म्यासेज गरेर इमेलमा तान्ने अनि इमेलमा कुरा गर्दै जाँदा त्यसै गरि मेरो सम्पति यति छ, तलाई यति दिन्छु, मलाई तेरो डिटेल ले भन्ने गरेको पनि बताउछन।
होसियार! यदि तपाइलाई पनि नचिनेको मान्छेबाट यस्तो म्यासेज आएको छ भने रिप्लाई गर्नु भन्दा पहिला हजारपटक सोचेर मात्रै रिप्लाई गर्नुस। नत्र तपाई पनि ठगीनुहोला नि!

“संसारकै सबैभन्दा ठुलो सर्प आफ्नो टाउको भन्दा तिन गुणा ठुलो हरिणलाइ निल्यो स्वात्यै” (हेर्नुहोस भिडियो)


विचित्र सवारी साधन (फोटोफिचर सहित)

बेलायतको राजधानी लण्डनस्थित एलेक्जेन्ड्रा प्यालेसमा आयोजना गरिएको रेड बुल सोपबाक्स रेस युवामाझ निकै लोकप्रिय मानिन्छ । यो रेसमा सहभागी हुने युवाहरुले अनौठा अनौठा बाहन सहभागी प्रस्तुत गर्छन् । जुन पेट्रोल वा डिजेलबाट होइन गुरुत्वाकर्षणकै बलमा दौडन्छन् । यो रेस ५ सयदेखि ४० हजार मिटरसम्मको हुने गर्दछ । यो वर्ष यो प्रतियोगिता यही जुलाईमा भएको थियो । यता पेरिसमा पनि यस्तै प्रतियोगिता भएको छ । फिनल्याण्डमा पनि यस्तै कार्यृक्रम भएको थियो । केही ठाउँमा भएका प्रतियोगितामा सहभागी अनौठा गाडीहरु ।






मृत्युलाई झुक्याए १२ वर्षीय यी बालकले…(फोटोसहित)

२२ असार, एजेन्सी । एक १२ वर्षीय बालकले आफ्नै मृत्युलाई झुक्याएका छन् । दुई इन्चको फरकका कारण ती बालकले मृत्युलाई झूक्याएर जीवन हात पारेका हुन् ।

लण्डनको इलफओर्डमा बस्दै आएका १२ वर्षिय जोस हसनको छातीमा घर नजिकैको एक रेलिङ नाघ्ने क्रममा रेलिङको एक फलाम रोपियो । आफ्नो फुटबल बारबाट भित्र छिरेपछी फुटबल लिन जाने क्रममा हसनले उक्त रेलीङ पार गर्न चढ्दै गर्दा उनको खुट्टा चिप्लिएपछी उनी तल खस्ने क्रममा रेलिङको एक तिखो फलाममा रोपिन पुगे ।

हसनको शरिरमा रेलिङको फलाम छेडिएको थाहा पाएपछी उनकी आमाले स्थानीयबासीको सहयोगमा हसनलाई सोही ठाऊँमा स्थिर राखिन् । उद्धार टोली नआएसम्म रगत बग्न नदिने र बालकलाई हलचल गर्न नदिइ राखे ।

उद्धारकर्मीको टोलीले ती बालकको शरिरमा छेडिएको उक्त फलामको रड काट्यो र बालकलाई रड सहित नै अस्पताल पुर्याइयो । अस्पतालमा चिकित्सकहरुले हसनको शल्यक्रिया गरी उक्त फलामको रड निकाले । शल्यक्रिया पछी चिकित्सकहरूले बालक निकै भाग्यमानी रहेको बताउँदै उक्त रड दुई इण्चले मात्र हसनको मुटुमा नपुगेको बताए । यदी मुटुमा पुगेको भए हसनको ज्यान बाच्ने सम्भावना निकै कम थियो ।

हसनकी आमाले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । उनले आफूलाई छिमेकीहरूले सहयोग नगरेको भएको आफ्नो छोरो बाच्न सम्भावना नै नभएको भन्दै धन्यवादका शब्द समेत कम हुने बताएकी थिइन् । यो घटना गत मंगलबार घटेको थियो ।

हसनको शरिरमा फलामको रड वारपार भएर छेडिएको थियो । यदी थोरै पनि मुटुतर्फ उक्त रड छेडिएको भए उनको ज्यान जोगिन सक्ने थिएन । हेरौ उनका केही तस्विरहरू…






आँखा फुटाउने शिक्षिका र विद्यालयविरुद्ध उजुरी

पालगन्ज, असार २० - शिक्षिकाको पिटाइले आँखाको ज्योति गुमाएका बाँके हिरमिनियाका ८ वर्षीय बालक अजय धोबीका परिवारलाई विद्यालयले ६० हजार रुपैयाँ लिएर मिलापत्र गर्न आग्रह गरेको छ ।

अजयका बुवा मैकुलालले बुधबार हिरमिनियास्थित इलाका प्रहरीमा विद्यालय र शिक्षिकाविरुद्ध उजुरी दिएपछि सञ्चालकले मिलापत्रको प्रस्ताव ल्याएका हुन् । 'उजुरी दर्ता गर्न प्रहरीमा गएको थिएँ । त्यहीँ ५०/६० हजार लिएर मिलापत्र गर्न भने,' मैकुलालले कान्तिपुरसित भने, 'मैले छोराको आँखा सन्चो नहुँदासम्म केही नगर्ने भनिदिएँ ।' नानी प्रत्यारोपणसम्मको औषधि उपचार बेहोर्ने बताउँदै आएको विद्यालय प्रशासनले एकाएक मिलापत्र प्रस्ताव राखेको हो । यसबारे बुझ्न खोज्दा विद्यालय सञ्चालक कोही पनि सम्पर्कमा आउन चाहेनन् । यसैबीच बाँके प्रहरी प्रमुख प्रेम बस्नेतले इलाका प्रहरीलाई कुनै हालतमा मिलापत्र गराउन नहुने निर्देशन दिएका छन् । गम्भीर प्रकृतिको घटनामा मिलापत्र हुनै सक्दैन, बस्नेतले भने, यसलाई कानुनी बाटोबाटै निकास दिनुपर्छ ।

मैकुलालले उजुरीमा छोराको घाउ जाँच गराउन, आँखामा क्षति पुग्ने गरी पिट्ने शिक्षिकालाई हदैसम्मको कारबाही र विद्यालयले औषधोपचारको सम्पूर्ण खर्च तथा क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । हिरमिनिया १ मा यसै वर्ष खुलेको भेरी जोन इंग्लिस बोर्डिङ स्कुलकी शिक्षिका आराधना रानाले असार ९ गते 'होमवर्क' नगरेको भन्दै किताबले मुखमा हान्दा बालकको बायाँ आँखाको नानी च्यातिएको थियो । त्यसको भोलिपल्टै नेपालगन्जस्थित फत्तेबाला आँखा अस्पतालमा शल्यक्रिया गरे पनि बालकले आँखा देख्न सकेका छैनन् । 'अब कहिल्यै देख्न सक्दिन भनेर चिन्तित छ । रोएर बस्छ । त्यस्तो बोल्ने, खेल्ने बच्चा चुपचाप कोठामा मात्र बस्छ,' मैकुलालले भने, दिउँसो पनि झ्यालढोका बन्द गरेर बस्छ ।

चिकित्सकले काठमाडौंस्थित तिलगंगा आँखा अस्पताल लगेर नानी प्रत्यारोपण गर्न सुझाव दिएका छन् । 'नानी च्यातिएकाले बालकले दृष्टि गुमाएका हुन्,' फत्तेबाला वरिष्ठ चिकित्सक वासु अधिकारीले भने, 'नानी प्रत्यारोपण गर्नुको विकल्प छैन ।'

बाँकेमा कार्यरत विभिन्न १२ संघसंस्थाले बुधबार विज्ञप्ति जारी गर्दै घटनामा संलग्न शिक्षिका र विद्यालय प्रशासनलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । ती संघसंस्थाले पीडितलाई तत्काल स्वास्थ्य उपचार, उचित क्षतिपूर्ति दिलाउन साथै भविष्यमा यस्ता घटना घट्न नदिन जिल्ला शिक्षा कार्यालयसित आग्रह गरेका छन् । बालकलाई काठमाडौं लगिने शिक्षिकाको पिटाइबाट आँखाको नानी गुमाएका अजय धोबीलाई नानी प्रत्यारोपणका लागि बिहीबार काठमाडौं लगिने भएको छ ।


मानव अधिकारका क्षेत्रका क्रियाशील विभिन्न संघसंस्थाको पहलमा उनलाई काठमाडौंस्थित तिलगंगा आँखा अस्पताल लैजान लागिएको हो ।

उनलाई उपचारका लागि पठाउन बुधबार संघसंस्थाले ३५ हजार सहयोग संकलन गरेका छन्

३ वर्षीय बालिकाले बनाइन् चमत्कारिक पेन्टिङ…(फोटोसहित)

३ वर्षकी बालिकाले के गर्न सक्छिन् भन्ने अपेक्ष गर्छौ हामी ? हामीले सामान्य रूपमा गर्ने आशा भनेको ती बालिकाले क ख वा a b c d लेख्न सकोस् भन्ने मात्र हुन्छ होला ।

तर, एक बालीकाले गरेको कामले हाम्रो सोचाई गलत त होइन् भन्ने कुरालाई समेत एकपटक मष्तिष्कमा प्रहार गर्छ । ३ वर्षीय बालिकाले a b c d होइन् प्रकृतिको रमाईलो वातावरणलाई तस्विरमा उतार्ने गर्छिन् त्यो पनि पेन्टिङ मार्फत । आइरिस हाल्मस नामकी ती बालिकाले बनाएको दुई पेन्टीङ एक व्यक्तिले प्रति पेन्टिङ करिब १५ सय पाउन्डमा किनेका छन् ।

प्रकृतिमा निकै रमाउने आइरिसले प्रकृतिका सुन्दर छटालाई आफ्नो पेन्टिङमा उतार्ने गर्छिन् । फूलैफुलको बगैचाँमा पुगेर होस् या कुनै पार्कमा पुगेर होस् उनी प्रकृतिका अनुपम छटालाई आफ्नो पेन्टिङको विषय बनाउँछिन् ।

तर, बिडम्बना आइरिस बोल्न सक्दिनन् । आफ्ना भावनाहरू मुखले खोल्न सक्दिनन् तर, ती भावनालाई पेन्टिङ मार्फत सबैसामू पोख्न सफल बनेकी छिन् ।

उनी निकै पिडामा रहेको र उनको दु:खले आफूलाई समेत दुखी बनाउने उनकी आमा बताउँछिन् । उनकी आमाका अनुसार उनी बोल्न नसकेको पिडामा यति चिन्तित छिन् कि उनी आफ्नो जिब्रोलाई धेरै बेर सम्म टोक्छिन्, सकेसम्म जिब्रोलाई टोकेर त्यसबाट रगत निकाल्ने प्रयत्न उनी बारम्बार गरिरहन्छिन् ।

हेरौ उनले गरेका केही पेन्टिङका तस्विरहरू…



बालबालिकालाई त्रिशुलमा उनेर जात्रा मनाइयो (फोटो फिचर)

१६ असार, काठमाडौं । बालबालिकालाई त्रिशुलमा उनेर काठमाडौंको पशुपतिनाथ नजिकै जयबागेशवरीमा त्रिशुल जात्रा मनाइएको छ । किम्वदन्ती अनुसार नागार्जुन पर्वतको राक्षसले पशुपति क्षेत्रका बालबालिका खान थालेपछि त्यो राक्षसलाई तर्साउन त्रिशुलमा बालबालिकालाई उनेर जात्रा मनाउन लागिएको हो । यदि मानिसका बच्चा खाए
राक्षसका बच्चालाई यसरी नै त्रिशुलमा उनेर मारिने भन्दै यो पर्व मनाउन थालेपछि राक्षसले बच्चा खान छाडेको पौराणिक मान्यता छ । प्रत्यक वर्ष सिफलको चौरबाट तीन जना बच्चालाई त्रिशुलमा उनेजस्तो गरी नागार्जुनतर्फ देखाइन्छ ।


अमेरिकीहरुको सुताइबारेको अनौठो अध्ययन


अमेरिकामा मानिसहरुको सुताई कस्तो हुन्छ ? भन्ने बारेमा विचित्रको अध्ययन गरिएको छ । एक कम्पनीले ३ हजार ७ सय जना अमेरिकीमा सुन्दै वाहियात जस्तो लाग्ने यस्तो र्सर्भेक्षण गरेको हो । र्सर्भेक्षणले अमेरिकीहरुको सुताइका विषयमा विभिन्न रोचक तथ्य बाहिर ल्याएको छ, जस्तै :

· सयमा ८ जना अमेरिकी रातमा नांगै सुत्छन् : र्सर्भेक्षणका अनुसार ७४ प्रतिशत अमेरिकीले सुत्दाखेरी पाइजामा लगाउँछन् भने केहीले विभिन्न खालका अरु कपडा लगाउँछन् । ८ प्रतिशत भने केहीपनि नलगाइकन सुत्ने गर्छन् ।

· ६५ प्रतिशत अमेरिकीले हप्तामा तिन रात मात्र मज्जाले सुत्न पाउँछन् । अरु चार रातको सुताइ उतिसारो आनन्ददायी नहुने र राम्रो न्रि्रा नपर्ने उनीहरुले बताए । ४७ प्रतिशतले घुर्नेमा न्छेसँग सुत्नु परेको गुनासो गरे ।
· ७४ प्रतिशत अमेरिकी कोल्टे परेर सुत्दा रहेछन् । जबकी १६ प्रतिशत घोप्टो परेर र १० प्रतिशत उत्तानो परेर सुत्न गरेका र्सर्भेक्षणले देखाएको छ ।

· आधा जसो अमेरिकीले आफुले रातमा देखेको सपना बिहान उठ्दा एक चौथाइ पनि सम्भिmन सक्दैनन् । जबकी १० प्रतिशतले भने आफ्नो सपना हुबहु भन्न सक्छन् । सपना भुल्ने समस्या धेरैजसो अमेरिकीमा रहेको र्सर्भेक्षणको निष्कर्षछ ।

यदि तपाई चुरोट खानुहुन्छ भने यो भिडियो हेर्नुहोस(नखानेले पनि हेर्दा हुने भिडियो)


Select Menu