पहिला पहिला इमेलमा तपाई लाई यति रकमको चिट्ठा पर्यो तपाईको डिटेल चाहियो भन्दै मेल आएर हैरान बनाउथ्यो। तर अब समयसंगै म्यासेज आउने तरिका र स्रोत पनि फेरिएछ।
अचेल फेसबुकको इन्बक्समा यस्तो म्यासेज आउन थालेको छ। तर फर्म्याट चाही केहि चेन्ज भएको छ। अचेल केटिले म्यासेज गर्छिन र भन्छिन कि मेरो इमेलमा मेल गर अनि हामी परिचय गरौँ। तर यो म्यासेज फेक अर्थात् झुटो म्यासेज हो। पहिला पहिला इमेलमा आउने चिट्ठा परेको म्यासेज जस्तै यो म्यासेज पनि ठग्नकै लागि भएको जानकारहरु बताउछन।
केहि व्यक्तिहरुले त पहिला फेसबुकमा म्यासेज गरेर इमेलमा तान्ने अनि इमेलमा कुरा गर्दै जाँदा त्यसै गरि मेरो सम्पति यति छ, तलाई यति दिन्छु, मलाई तेरो डिटेल ले भन्ने गरेको पनि बताउछन।
होसियार! यदि तपाइलाई पनि नचिनेको मान्छेबाट यस्तो म्यासेज आएको छ भने रिप्लाई गर्नु भन्दा पहिला हजारपटक सोचेर मात्रै रिप्लाई गर्नुस। नत्र तपाई पनि ठगीनुहोला नि!
No comments