३ वर्षकी बालिकाले के गर्न सक्छिन् भन्ने अपेक्ष गर्छौ हामी ? हामीले सामान्य रूपमा गर्ने आशा भनेको ती बालिकाले क ख वा a b c d लेख्न सकोस् भन्ने मात्र हुन्छ होला ।
तर, एक बालीकाले गरेको कामले हाम्रो सोचाई गलत त होइन् भन्ने कुरालाई समेत एकपटक मष्तिष्कमा प्रहार गर्छ । ३ वर्षीय बालिकाले a b c d होइन् प्रकृतिको रमाईलो वातावरणलाई तस्विरमा उतार्ने गर्छिन् त्यो पनि पेन्टिङ मार्फत । आइरिस हाल्मस नामकी ती बालिकाले बनाएको दुई पेन्टीङ एक व्यक्तिले प्रति पेन्टिङ करिब १५ सय पाउन्डमा किनेका छन् ।
प्रकृतिमा निकै रमाउने आइरिसले प्रकृतिका सुन्दर छटालाई आफ्नो पेन्टिङमा उतार्ने गर्छिन् । फूलैफुलको बगैचाँमा पुगेर होस् या कुनै पार्कमा पुगेर होस् उनी प्रकृतिका अनुपम छटालाई आफ्नो पेन्टिङको विषय बनाउँछिन् ।
तर, बिडम्बना आइरिस बोल्न सक्दिनन् । आफ्ना भावनाहरू मुखले खोल्न सक्दिनन् तर, ती भावनालाई पेन्टिङ मार्फत सबैसामू पोख्न सफल बनेकी छिन् ।
उनी निकै पिडामा रहेको र उनको दु:खले आफूलाई समेत दुखी बनाउने उनकी आमा बताउँछिन् । उनकी आमाका अनुसार उनी बोल्न नसकेको पिडामा यति चिन्तित छिन् कि उनी आफ्नो जिब्रोलाई धेरै बेर सम्म टोक्छिन्, सकेसम्म जिब्रोलाई टोकेर त्यसबाट रगत निकाल्ने प्रयत्न उनी बारम्बार गरिरहन्छिन् ।
हेरौ उनले गरेका केही पेन्टिङका तस्विरहरू…

No comments