एउटा मुसाको पुच्छरबाट लिइएको रगतको थोपाबाट जापानी वैज्ञानिकहरुले अर्को मुसाको विकाश गरेका छन् । क्लोनिङ विधिबाट विकाश गरिएको यो पोथी मुसाको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।
जापानी वैज्ञानिकहरुले यसअघि कलेजो, लिम्फ नोड लगायतका अंगहरुबाट लिइएका सेता रक्तकोषबाट क्लोनिङ गरी मुसाको विकाश गरेका थिए । तर यसपटक भने रक्तनलीमा बगिरहेको रगतको थोपाबाटै पूर्ण जनावरको विकाश गर्न सकिएको हो जुन चिकित्सा विज्ञानमा नयाँ उपलब्धी भएको बताइएको छ ।
रिकेन बायो रिसोर्स केन्द्रका अनुसन्धानकर्ताहरुले प्रयोगशालामा रगतको थोपाबाट मुसाको विकाश गरेका हुन् । दाता मुसाको रगतको रक्तनलीबाट रगतको थोपा निकालेर उनीहरुले त्यसबाट सेता रक्तकोष छुट्टाए अनि न्युक्लियसलाई क्लोनिङमा प्रयोग गरे । स्मरण रहोस् विश्वको पहिलो क्लोनिङ विधिबाट विकाश गरिएको डली भेँडामा पनि यहीँ विधि प्रयोग गरिएको थियो ।

सोमाटिक सेल न्यूक्लियर ट्रान्सफर भनिने उक्त विधिमा दाता कोषको न्युक्लियस अण्डाकोषमा सारिन्छ । जहाँ प्रापक अण्डाकोषको न्यूक्लियसको डिएनए हटाइएको हुन्छ । त्यसपछि उक्त अण्डाकोष भ्रुणमा विकाश हुन्छ । मैथुनिक प्रजननबाट विकशित भ्रुणमा भन्दा यस्तो अमैथुनिक विधिबाट विकशित भ्रुणमा फरक हुने कुरा के भने यसमा सामान्य प्रजननबाट विकाश हुने भ्रुणमा जस्तो भाले र पोथी कोषका जिनको मिश्रण हुँदैन र जसको कोषबाट यो भ्रुण विकाश गरिएको हो त्यो भ्रुण त्यसको फोटोकपी जस्तै हुन्छ ।
No comments