भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
इजरायलले जासुसको रुपमा प्रयोग गरेको भन्दै टर्की सरकारले कब्जामा लिएको चरालाई छाडिदिएको छ । यसअघि अनुसन्धानमुलक यन्त्र जडान गरेर चरालाई जासुसको रुपमा आफ्नो देश पठाएको आरोप टर्कीले लगाएको समाचार त्यहाको स्थानिय अनलाईन जेपोष्ट डटकमले जनाएको थियो । एक प्रकारको बाज जस्तो देखिने उक्त चराको खुट्टामा धातु औठी सहित ‘ द्दद्धघज्ञज्ञ त्भ िब्खष्खगलष्ब क्ष्कचबभ’ि अंग्रेजीमा लेखिएको शब्द थियो ।
त्यसैले टर्की सरकारले उत्त चरालाई इजरायलले जासुस गर्न पठाएको भन्ने शंका गरेको बताइएको छ । चरा टर्कीको अल्टीनभ्यास्थित स्थानिय गोभरनरको घरमा भेटिएको थियो । चरामाथी शंका भएपछि युनिभर्सिटी हस्पिटलमा लगेर एक्सरे मेशिनमा माइक्रो चिप्स र बगिङ डिभाइसको सहायताले परीक्षण गरिएको थियो ।
परीक्षणका क्रममा रेडियोग्रामको अघिल्लो पेजको तस्विरमा ‘इजरायली एजेन्ट’ टाइटल भेटिएको स्थानिय मिलियेट पत्रिकाले छापेको छ । २०१० को मे महिनामा इजरायली कमान्डरहरुले टर्कीका ९ क्रियाशिल कार्यक्रताहरुको हत्या गरेको थियो । त्यसपछि यी दुई देशविचको सम्वन्ध चिसिएको छ । टर्कीले बदला लिने समयलाई पर्खिरहेको बुझिएको छ ।
No comments