२२ असार, एजेन्सी । एक १२ वर्षीय बालकले आफ्नै मृत्युलाई झुक्याएका छन् । दुई इन्चको फरकका कारण ती बालकले मृत्युलाई झूक्याएर जीवन हात पारेका हुन् ।
लण्डनको इलफओर्डमा बस्दै आएका १२ वर्षिय जोस हसनको छातीमा घर नजिकैको एक रेलिङ नाघ्ने क्रममा रेलिङको एक फलाम रोपियो । आफ्नो फुटबल बारबाट भित्र छिरेपछी फुटबल लिन जाने क्रममा हसनले उक्त रेलीङ पार गर्न चढ्दै गर्दा उनको खुट्टा चिप्लिएपछी उनी तल खस्ने क्रममा रेलिङको एक तिखो फलाममा रोपिन पुगे ।
हसनको शरिरमा रेलिङको फलाम छेडिएको थाहा पाएपछी उनकी आमाले स्थानीयबासीको सहयोगमा हसनलाई सोही ठाऊँमा स्थिर राखिन् । उद्धार टोली नआएसम्म रगत बग्न नदिने र बालकलाई हलचल गर्न नदिइ राखे ।
उद्धारकर्मीको टोलीले ती बालकको शरिरमा छेडिएको उक्त फलामको रड काट्यो र बालकलाई रड सहित नै अस्पताल पुर्याइयो । अस्पतालमा चिकित्सकहरुले हसनको शल्यक्रिया गरी उक्त फलामको रड निकाले । शल्यक्रिया पछी चिकित्सकहरूले बालक निकै भाग्यमानी रहेको बताउँदै उक्त रड दुई इण्चले मात्र हसनको मुटुमा नपुगेको बताए । यदी मुटुमा पुगेको भए हसनको ज्यान बाच्ने सम्भावना निकै कम थियो ।
हसनकी आमाले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । उनले आफूलाई छिमेकीहरूले सहयोग नगरेको भएको आफ्नो छोरो बाच्न सम्भावना नै नभएको भन्दै धन्यवादका शब्द समेत कम हुने बताएकी थिइन् । यो घटना गत मंगलबार घटेको थियो ।
हसनको शरिरमा फलामको रड वारपार भएर छेडिएको थियो । यदी थोरै पनि मुटुतर्फ उक्त रड छेडिएको भए उनको ज्यान जोगिन सक्ने थिएन । हेरौ उनका केही तस्विरहरू…

No comments