बेलायतमा झ्वाट्ट सुन्दा हुनै नसक्ने जस्तो घटना भएको छ । आँखामा दाँत हालेपछि एक दृष्टि वीहिन पुरुष देख्न सक्ने भएका छन् । आफ्नै एउटा दाँत आँखामा प्रत्यारोपण गरेपछि ती दृष्टिवीहिनको आँखाको ज्योति प्राप्त भएको हो
समाचार अनुसार दुइ सन्तानका पिता इयान टिबेट्सले केही वर्षअघि एक दुर्घटनामा परि आँखाको दृष्टि गुमाएका थिए । आँखाको ज्योति गुमेपछि अन्धकारमा जिवन बिताइरहेका इयानका लागि ससेक्स आँखा अस्पतालका नेत्र शल्यचिकित्सक क्रिस्टोफर लिउ भगवान नै सावित भए । लिउले अस्पतालमा इयानको आँखाको शल्यक्रिया गरी उनकै दाँत प्रत्यारोपण गरिदिए । ओस्टियो ओडोन्टो केराटोप्रोथेसिस भनिने उक्त दुइ चरणको शल्यक्रिया पछि इयान आँखा देख्न सक्ने भए ।
शल्यक्रियाको पहिलो चरण्मा उनको दाँत निकालियो । त्यसपछि त्यो दाँतमा लेन्स हालियो अनि लेन्स सहितको उक्त दाँत आँखाको गेडाभित्र राखियो । यो पहिलो चरणको शल्यक्रिया सम्पन्न भएपछि केही महिना उनको आँखाभित्र दाँतमा तन्तुहरु विकशित हुन र ती तन्तुमा तथा रक्तसंचार सुरु हुन दिइयो । त्यसपछि आँखाको नानीको माथिल्लो भाग काटेर फ्याँकी त्यसमा दाँतको लेन्स सहितको भागलाई जडान गरियो । त्यसपछि उनको शल्यक्रिया सम्पन्न गरियो । उनले त्यसपछि आँखा देख्न थाले र सुरुमा दुइ जना छोरालाई हेरे । धेरै वर्षपछि आफ्ना छोरालाई देख्न पाउँदा चमत्कार जस्तै लागेको उनको भनाइ छ ।
यद्यपि इयानको उक्त आँखाले पूरै देख्न त सक्दैन तर ४० प्रतिशत दृष्टि भने प्राप्त भएको छ । अहिले उनको आँखा गुलावी रंगको देखिन्छ र नानीको रंग भने कालै छ ।

No comments