२४ असोज, काठमाडौं । दशवर्षे द्वन्द्वकालमा मारिएको भनिएका गुल्मीका एक युवा घर फर्केका छन् । उनी घर फर्किएपछि परिवाजन, आफन्त र स्थानीय पनि अचम्ममा परेका छन् ।
०५९ सालमा जुम्ला सदरमुकाममा भएको भिडन्तमा मारिएको भनिएका वस्तु-३ का ३५ वर्षीय कृष्णप्रसाद पाण्डे घर फर्किएका हुन् । सदरमुकाम आक्रमणमा उनी मारिएको खबर काठमाडौका पत्र पत्रिकाले प्रकाशन गरेपछि गाउँ शोकमग्न भएको थियो । उनी मरेको भनेर आफन्तले काजक्रियापछि मृत्युदर्ता समेत गरेको समाचार आजको कमाण्डर पोष्ट दैनिकले प्रकाशित गरेको छ ।
‘सेनाद्धारा मारिएको र उनी माओवादी भएको भन्दै गाउामा श्रद्धाञ्जली सभासमेत भयो’, नेकपा माओवादी राज्य समिति सदस्य राजु बिसीले भन्नुभयो, ‘जीवितलाई मृतक बनाउने काम उनकै दाजुबाट भएको रहेछ ।’
उनलाई मृतक बनाउने काम भने उनका साहिंला दाजु गुणानीधि पाण्डेले गरेका हुन् । ‘जब म २०५८ सालमा घरमा आएा, दाजुले मलाई मृतक बनाएर आमालाई मालपोत कार्यालयमा लगेर आफ्नो नाममा जग्गा पास गराउनुभयो’, पाण्डेले भने, ‘यो सबै प्रपञ्च दाजुले सम्पत्तिका लागि गरेका रहेछन् । दाजुले अहिले पनि मुद्धा गरेर मलाई सताइरहेका छन् ।’
२०५८ सालमा माओवादी भिडन्तमा भाइ मारिएको खबर पनि उनका दाजुले नै ल्याएका हुन् । वस्तु गाविसका सचिव श्रीराम पाण्डेले अंश विवाद चुलिएपछि सम्पत्ति हडप्न दाजु गुणनीधिले भाइलाई मृतक बनाएको बताउनुभयो ।
‘कृष्णराज ११ वर्षकै हुादा एमालेका स्थानीय नेता टोमलाल पाण्डेले अंशवण्डा गराइदिएका थिए । बुटवलमा पढ्दा पढ्दै म भारततिर गएको बेला दाजुले मलाई भिडन्तमा मारिएको बताएर सम्पत्ति हडपेछन् ।’ कृष्णराज पाण्डेले भने ।
भिडन्तमा सेनाद्धारा मारिएको नाम कृष्णराज पाण्डे भने पनि ठेगाना खुलाइएको थिएन । उतिबेला सेना, प्रहरी र माओवादीतर्फबाट मरेका व्यक्तिको नाम मात्रै भनिने भएकाले गाउामा सबै विश्वास गरेकाले दाजु गुणनीधिले त्यसैको फाइदा उठाएका थिए ।
‘६ पटकसम्म दाजुले मुद्धा दिएर हैरान बनाए’, पाण्डेले भने, ‘उनले दिएको तनावले मेरी पत्नीको मानसिक सन्तुलन विग्रेको छ र मेरो पनि दिमागले काम गर्न नसक्ने भइसक्यो।’
उनलाई दाजु गुणनीधिले पटकपटक झुटा मुद्धा दिएर दुःख दिने गरेको र केही दिनअघि मात्र वस्तु प्रहरी चौकीमा पनि त्यस्तै झुटो उजुरी दिएपछि उनलाई गाउाका भलाद्मीले समेत झुठो ठहर गरेको आजको कमाण्डर पोष्टले समाचारमा उल्लेख छ ।

No comments