काठमाडौं : सूर्य नेपाल गोकर्ण मन्थ्ली मेडल गल्फ प्रतियोगिताको उपाधि पवित्र कार्कीले जितेका छन्। पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा शनिबार भएको प्रतियोगितामा कार्कीले तीनअन्डर ६९ स्कोर खेले।
मेडलअन्तर्गत पाँचौं संस्करणको समाप्तिसँगै ग्रसतर्फ प्रभात सिंह एक सय ६०
अंकका साथ शीर्ष स्थानमा छन्। दोस्रो स्थानमा रहेका गोपाल चित्रकारको एक सय
३० अंक छ।
सुबोध थापा दोस्रो भए। एकअन्डर ७१ खेलेका थापाले काउन्ट ब्याकका आधारमा सुहृद् घिमिरेलाई पछि पारेका थिए। समान ७१ खेलेका घिमिरे तेस्रो भए।
बेस्ट ग्रसको उपाधि गोपाल चित्रकारले जिते। चित्रकारले सातओभर ७९ खेलेका थिए।
जुनियरतर्फ सम डवलार्ड च्याम्पियन बने। डवलार्डले चा
एक सय २० अंकका साथ प्रदीपकुमार श्रेष्ठ तेस्रो र एक सय १२ अंक जोडेका राजेन्द्र श्रेष्ठ चौथो स्थानमा छन्। समान एक सय अंक बनाएका आङछिरिङ शेर्पा, तासी घले र नोर्बु शेर्पा संयुक्त पाँचौं स्थानमा छन्।
यसैगरी नेटतर्फ दुई सय १६ अंक जोडेका प्रभात सिंह नै शीर्ष स्थानमा छन्। एक सय ७२ अंक बनाएका सुबोध थापा दोस्रो, एक सय ३६ अंक बनाएका सुहृद् घिमिरे तेस्रो र एक सय चार अंकका साथ बाबु शेर्पा चौथो स्थानमा छन्।
एक सय अंक जोड्नेमा पवित्र कार्की, आङछिरिङ शेर्पा, नोर्बु शेर्पा, नरेश्वरजंग गुरुङ र अजयबहादुर शाह छन्। रओभर ७६ खेलेका थिए। स्ट्रोक प्ले फुल ह्यान्डिक्याप विधामा खेलाइएको प्रतियोगितामा ३६ खेलाडीले भाग लिएका थिए।
Sourse: अन्नपूर्ण पोस्ट
No comments