काठमाडौं : संविधान निर्माणका अन्तरवस्तु तथा टुंगाउन बाँकी राजनीतिक मुद्दाका बारेमा आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटमार बसेको बैठकमा चर्काचर्की भएपछि एमाओवादीले बैठक बहिष्कार गरेर निस्केको छ।
एमाओवादीले उच्चस्तरीय राजनीतिक संयन्त्रको गठनलाई मुख्य मुद्दा पेस गरेको थियो। तर कांग्रेस र एमालेले असहमति जनाएपछि एमाओवादी नेतृत्व छलफल छोडेर बाहिरिएको थियो। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाओवादी छलफल छोडेर बैठकबाट बाहिरिएको बताए। माओवादीले राखेको माग र अडानमा कांग्रेस र एमाले सहमत हुन नसकेको पौडेलले बताए।
बैठकमा एमाओवादीले उच्चस्तरीय राजनीतिक संयन्त्रको गठनमा जोड दिए पनि कांग्रेस र एमालेले त्यसमा असहमति जनाएपछि बैठक निश्कर्षमा पुग्न नसकेको एमाओवादीका नेता नारायणकाजी श्रेष्ठले बताए। विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्ने अडान राख्दै एमाओवादीले आपत्ति जनाएको थियो।

आइतबार बिहान बसेको बैठकमा संविधान निर्माणसँग जोडिएका मुख्य विवाद, उच्चस्तरीय राजनीतिक संयन्त्रको गठन, मेलमिलाप तथा सत्यनिरुपण आयोग, २६ जना सभासद्को छनोट, मोहन वैद्य नेतृत्वको नेकपा माओवादीलगायतका असन्तुष्ट पक्षलाई समेट्ने प्रयासलगायतका विषयमा छलफल भएको छ।
बैठकमा प्रधानमन्त्री सुशील कोइराला, प्रमुख प्रतिपक्षी एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत तीनै दलका अन्य वरिष्ठ नेताहरुको सहभागिता थियो। बैठकमा एमाओवादी बाहिरिपछि एमाले र कांग्रेसबीच अलग्गै छलफल भइरहेको थियो।
No comments