नेपालको झण्डा जस्तो र जुनजुन रङको छ त्यही रङमा १२८ मिटर चौडाइ र १६८ मिटर लम्बाइको आकारमा मानिसले कागजको टुक्रा बोकेर झण्डा निर्माण गरेका थिए।
यसअघि १५ फेब्रुअरी सन् २०१४ मा पाकिस्तानले २८ हजार ९५७ मानिस उपस्थित गराई झण्डा बनाएको विश्व रेकर्ड रहेको छ।
यसका लागि एकजना मानिसले बोक्ने कागजको आकार १८ इन्च लम्बाइ र २५ इन्च चौडाइको थियो। सहभागीका लागि सामाजिक सञ्जाल र फेसबुकबाट आवेदन माग गरिएको थियो।
दृश्य सामग्रीको अध्ययन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डले आठ हप्ताभित्र निर्णय दिनेछ। कार्यक्रमका लागि प्रत्येक सहभागीबाट रु १०० उठाइएको थियो।
सोही अवसरमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले मानव सागर सहभागी झण्डा निर्माणले नेपालीहरु बीचको एकता र राष्ट्रियतालाई दर्शाउने बताए।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, समाजसेवी र वुद्धिजीवीको समेत सहभागिता रहेको थियो। रासस

No comments