रौतहट– साउन अन्तिम सातामा देशभरि परेको मनसुने वर्षासँगै लालबकैया नदीमा आएको
बाढीले देवही गाविसनजिक करिब दुई सय मिटर तटबन्ध पूर्णरूपमा कटान गरिसकेको
छ। सो क्षेत्रका स्थानीयले अहिले सम्भावित खतराबाट जोगिन अनिँदो रात बिताउन
बाध्य छन्।
लालबकैया नदीमा आएको बाढीले देवाही–८ स्थित झन्डै दुई सय मिटरभन्दा बढी तटबन्ध कटान गरेपछि आसपासका पाँच गाउँका बासिन्दा सम्भावित खतराबाट त्रसित छन्।
लालबकैया नदीमा आएको बाढीले तटबन्ध कटान गरी पूर्णरूपमा कमजोर बनाएपछि एक सातादेखि सशस्त्र , नेपाली सेना र नेपाल प्रहरी तथा जल उत्पन्न प्रकोप नदी नियन्त्रण ३ नम्बर डिभिजन कार्यालयका प्राविधिकले सम्म्भावित खतरा टार्न बोरामा बालुवा हालेर र बाँसको घेरो लगाएर तटबन्ध निर्माण गरिरहेका छन्।
शुक्रबार राति आएको बाढीले भत्किएको बाँध भएर बस्तीतर्फ बाढीको पानी प्रवेश गर्न थालेपछि नदी नियन्त्रकको प्राविधिक टोलीसँगै स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीको मद्दतमा फुटेको बाँधलाई नियन्त्रणमा लिई गाउलेलाई सम्भावित खतराबाट जोगाइएको प्रहरी नायब उपरीक्षक भीम ढकालले बताए।
बाढीले बगाएको तटबन्ध मर्मत कार्य जारी रहे पनि पूर्णरूपमा नियन्त्रणमा आउन नसकेका कारण देवाही, करुनिया, जिगडवा वेलविछवा, भेलही, खेसरहियालगायत गाविस उच्च जोखिममा छन्।
लालबकैया नदीमा एक साताअघि आएको बाढीले झन्डै दुई सय मिटरभन्दा बढी तटबन्धको ९८ प्रतिशत भाग कटान गरेको थियो। अहिले बाँसको पाइलिङ गरी बालुवासहितको बोरा राखेर स्पर निर्माण कार्य युद्धस्तरमा भइरहेको जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण ३ नम्बर डिभिजन कार्यालयका प्रमुख अजय जयसवालले बताए।
पानी पर्ने छाँट देखिनासाथ स्थानीय फुटेको तटबन्धनजिक रातभर पालैपालो जाग्राम बस्ने गरेका देवाही–९ फुलवरियाटोलका स्थानीय पल्टीदेवीले बताइन्। 'बाँध बगाइसकेकाले कतिखेर नदीमा बाढी आउँछ र बस्ती बगाएर लान्छ भन्ने डरले रातभर सुत्नै सक्दैनौं,' उनले भनिन्, 'घरपरिवार सबै डुबानमा पर्ने खतरा छ।'

प्रमुख जिल्ला अधिकारी मदन भुजेलका अनुसार नदीको तटबन्ध जुन बेला पनि फुटेर
बस्तीमा प्रवेश गर्ने सम्भावित खतरालाई मध्यनजर गर्दै उक्त भेगका
बासिन्दालाई घरभित्रका बहुमूल्य सामानहरू आफन्तको घरमा वा सुरक्षित स्थानमा
राख्न आग्रह गरिएको छ।
No comments