सिन्धुपाल्चोक (सुनकोशी)– शुक्रबार सुनकोसी थुनिएर कृत्रिम तलाउ बनेको २१ औं दिन। गन्तव्य थियो, कान्ले पहिरो र सुनकोसी तलाउले नाकाबन्दीमा परेको पूरानो व्यापारिक केन्द्र बाह्रविसे बजार पुग्नु। लामोसाँघुस्थित सुनकोसी पीडित आश्रयस्थलबाट निस्कदा साँझको ४ बजिसकेको थियो।
कसरी बाह्रविसे पुग्ने भन्ने चिन्ताले सतायो। टेकानपुर निस्केर धुस्कुन हुँदै बाह्रविसे पुग्न पूरै तीन घण्टा लाग्छ। सुनकोसी थुनिएको बाँधस्थलमा पुगेर तलाउ खियाउन क्रियाशील नेपाली सेनालाई आग्रह गरी बोटिङ चढेर अरनिको राजमार्ग निस्कदै बाह्रविसे पुग्ने उपाय झट्ट आयो। सुनकोसी जलविद्युत केन्द्रको ड्यामबाट सुनकोसी किनार हुँदै गन्तव्य समातेँ। किनारै–किनारको छोटो बाटो हिँडेर तलाउको मुखमा पुग्ने योजना थियो। केही अघि बढ्दा प्रहरीले रोके। कारण, माथि (टेकानपुर) बाट सेनाले एस्क्याभेटर लगाएर सडक ट्रयाक खोलिरहेको रहेछ।
'ढुंगा झरिरहेको छ, यहाँबाट जान मिल्दैन,' प्रहरीले सचेत तुल्याउँदै भने। राजमार्ग अवरुद्ध भएपछि सरकारको प्राथमिकतामा परेको यो सडक ट्रयाक सेनालेले धमाधम खोलिरहेको छ। प्रहरीकै सल्लाहमा बैकल्पिक बाटो रोजियो। नाकै ठोकिने ठाडो उकालो हिंड्दै टेकानपुरको डाँडामा पुग्दा आकाशबाट पानी दर्कियो। निथ्रुक्क भिजियो। क्यामेरा र ल्यापटप जोगाउने अर्को चिन्ता थपियो। ६ बजे बोटिङ बन्द हुने जानकारीले मन अत्तालिएको छ।
झमझम दर्किरहेको पानी, कान्ले पहिरोबाट उडाउँला झैं गरी हुत्तिदै आइरहेको बतास। कान्ले खस्दा पारीपट्टी टेकानपुरको जंगलमा पुर्याएको लेदो माटोमा चिप्लदैं, छरपस्ट रुखका हाँगाबिंगाको साहारा लिंदै फेरि ठाडै आरालो हिंडेर मुश्किलले बाँध सतहमा पुग्दा ६ बज्यो। बाँध सतहमा सेनाले टाँगेको पालमा ओत लागियो। जातेआतेका क्रममा रोकिएका बटुवा रहेछन् त्यहाँ, साथमा केही सेना।

सेनाका दुई एस्क्याभेटर अबरेसम्म काम गर्दै रहेछन्। बाँधको मुख खोतलेर पानी बहाब बढाउँदै ताल सतह घटाउनु डोजरको काम थियो। बाँधको दुईमध्ये एकबाट पानी बहिरहेको छ, अर्को मुख थुन्न दुई एस्क्याभेरट ब्यस्त। सेनाले बिहीबारदेखि ...कफर्डड्याम' प्रविधि अघि सारेको थियो। यही प्रविधिमा आधारित काम भइरहेको रहेछ। एउटा मुखलाई थुन्दै अर्कोतिरबाट गहिर्याएर ह्बात्तै खोल्दै यही प्रक्रिया दोहोर्याइ रहेने विधिलाई कफर्डड्याम' प्रविधि भनिन्छ।
कान्ले पहिरो थामिएको छैन, खसिरहेको छ। पालमा ओत लाग्ने क्रममा ठूल्ठूला आवाजसहित पहिरो खसिरहेको थियो। माथिल्लो भागमा समथर बनेकाले पहिरो त्यहीँ रोकियो, तलसम्म आइनपुग्ने। 'बिहान ऊ त्यहाँसम्म घटेको थियो। अहिले पुरेछ। हेर त भाइहरु,' कर्णेल राजेन्द्र श्रेष्ठ मातहतका टोलीलाई भनिरहेका थिए। दिनभरको प्रयासले घट्ने तलाउ साँझ हुने वर्षाले क्षणभरमा पुर्दो रहेछ। सेनाका अधिकारी तलाउ घटाउन सुरुदेखि नै बर्षाले साथ नदिएको बताइरहेका थिए। 'ए भाइ हो, छाता ओढेर भएनि हानौं,' सैनिक कमाण्डर बिष्फोट गर्न भन्दै थिए। ढाक्दै आएको हुस्सुले त्यो सम्भव भएन।
यत्तिकैमा बोटिङ तयार भयो। हामी चढेर बाह्रविसे तर्फ अघि बढ्यौं। दाबी खोलामा तलाउले सबैभन्दा बढी चार मिटर चौडा लिएको रहेछ। अघि बढ्दै गर्दा अचम्म लाग्ने दृश्य देखिए। केही बिजुलीका ट्रान्समिटर टावरका टुप्पो मात्र देखिएको थियो। राम्चेका १९ घर यहीँ डुबेका छन्। पाँच तलेसम्मका ती घर देखिन त के, कहाँ थिए भन्ने अनुमान लगाउन पनि मुश्किल। बोटिङबाट राजमार्गमा उत्रँदा झमक्क रात परिसकेको थियो।
४८ मिटर उचाइ लिएर २ हजार ७ सय मिटर लामो तलाउले बढीमा ४ सयदेखि औसतमा २ सय चौडा लिंदा बिशाल तलाउ बनेको छ। यहाँ १ करोड घनमिटर पानी जमेको विज्ञले बताउँदै आएका छन्। सँधै डुलीहिंडेको ठाउँ पुरै नौलो लाग्ने। कहाँ, कहाँ पुगेजस्तो। टेकानपुरको दाबी गाउँ यही पोखरीभित्र मिलेको रहेछ। मांखाको इटीनी, काबुने गाउँ र ड्यामस्थित राजमार्ग छेउका घर बाँधमा पुरिएका छन्। मानवीय र भौतिक क्षतिले स्थानीयलाई जति रुवाएको छ, त्यो भन्दा बढी चिन्ता तालको रहेछ।
त्यसो त सुरुदेखि नै सेना बाँध खियाउन अथक प्रयास गरिरहेको छ। सुरुमा विष्फोट र पछि ड्रिलमेशिन, एस्क्याभेटरसहित तलाउ घटाउने प्रयास भइरहेको छ। उपलब्ध सिमिति स्रोत साधनबाट सेना उत्कृष्ट काम गरिरहेको छ, तर पर्याप्त छैन। सेनाले प्रयोग गरिरहेका दुई एस्क्याभेटर हिउँदमा बाटो खन्ने खालका छन्। कान्ले चट्टान व्यवस्थापन गर्ने सामर्थ्य ती एस्क्याभेटर राख्दैनन्। 'राम्रा बर्षादी छैनन्। काम गर्दा लगाउने पन्जा, गन्जी, टिसर्ट छैन,' सेनाका जवानहरु गुनासो गर्दै थिए।

No comments