काठमाडौँ, ६ मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भई परिणाम आउन थालेको अवस्थामा मतगणना प्रक्रिया बहिष्कार गर्ने र संविधानसभामा सहभागी नहुने एमाओवादीको निर्णयलाई ‘हतास’ को सङ्ज्ञा दिँदै त्यस्तो निर्णय फिर्ता लिन आग्रह गर्नुभएको छ ।
अध्यक्ष खनालले आज प्रेस विज्ञप्ति जारी गरी छिटफुट रुपमा भएका अनपेक्षित घटनाका बाबजुद मतदाताको उत्साहपूर्ण सहभागितामा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै आम जनताको उत्साहमा सम्पन्न निर्वाचनलाई नकार्ने यस्तो निर्णय अविलम्ब फिर्ता लिई मतगणना प्रक्रियामा सामेल भई प्राप्त जनादेशलाई सम्मान गर्न आह्वान गर्नुभएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकद्वारा निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न भएको तथ्य सार्वजनिक भइरहेको र स्वयम् एमाओवादीका अध्यक्ष प्रचण्डले मतदान सम्पन्न भए लगत्तै निर्वाचन शान्तिपूर्ण र निस्पक्ष रुपमा सम्पन्न भएको वक्तव्यसमेत जारी गरिसकेको परिपे्रक्ष्यमा अचानक मतगणना प्रक्रिया बहिष्कार गर्ने, संविधानसभामा सहभागी नहुने जस्तो जनमतलाई अपमानित गर्ने गलत निर्णय भएको एमालेको भनाइ छ ।
नेकपा–माओवादीलगायतका दलको बहिष्कारबाट उत्पन्न डर–त्रासका बाबजुद पनि शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गराउनमा सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय तथा कर्मचारी वर्गको भूमिका महत्वपूर्ण रहेको र निर्वाचनमा सक्रियतापूर्वक भाग लिई मतदान गर्ने सम्पूर्ण मतदाता, सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, मतदान सम्पन्न गराउने कर्मचारी समुदायलाई एमालेले धन्यवाद दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “हाम्रो पार्टीले २०६४ सालमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा पार्टीका शीर्षस्थ नेता पराजित परिणामलाई समेत स्वीकारेको, संविधान निर्माण प्रक्रियामा इमान्दारीपूर्वक भूमिका निर्वाह गरेको तथ्यप्रति एमाओवादीलाई स्मरण गराउन चाहन्छु ।”
No comments