इलाम, ६ मङ्सिर । नेकपा(एमाले)का नेता सुवास नेम्बाङले निर्वाचन भयरहित ढङ्गले सम्पन्न भयो भन्ने एनेकपा (माओवादी)ले मतगणना बहिष्कार गर्नु उचित नहुने बताउनुभएको छ ।
निर्वाचन परिणाम आउने क्रम जारी रहँदा पूर्वसभामुखसमेत रहनुभएका नेम्बाङले निर्वाचन बहिष्कार गर्दै हिँडेको पार्टीलाई पनि वार्तामा आएर चुनावमा भाग लिनुपर्छ भन्ने दलले नै यसो गर्नु गैरजिम्मेवारी हो भन्नुभयो । परिणाम एमाले र काँग्रेसको पक्षमा गयो भनेर एमाओवादी आत्तिनुभन्दा पनि संविधान निर्माण गर्ने अभियानमा सबै एकजुट भएर जानुपर्ने उहाँको भनाइ थियो । “जनताले दिएको मतको कदर गर्न सक्नुपर्छ” उहाँले भन्नुभयो, “प्रचण्डले नहारे हुन्थ्यो तर जनताले दिएको जिम्मेवारी सहज रूपमा स्विकार्नुपर्छ ।” अब सबै मिलेर संविधान निर्माण गर्नाको कुनै विकल्प नरहेको बताउँदै उहाँले जस्तो परिणाम आए पनि आफूले स्वीकार गर्ने बताउनुभयो ।

क्षेत्र नं २ मा चार सय मतले अगाडि रहनुभएका नेम्बाङ अहिलेसम्म मतगणनास्थलमा नआई परिणाम कुरिरहनुभएको छ ।
No comments