Health/Sex

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

» » को कहाँबाट विजयी (लाइभ अपडेट)

School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result

काठमाडौँ, ६ मङ्सिर । निर्वाचन अयाोगले मङ्सिर ४ मा सम्पन्न अर्काे संविधानसभा सदस्य निर्वाचनमा पहिलो निर्वाचित हुने प्रणालीअन्तर्गत १६५ निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको जनाएको छ ।
हिमाली तथा दुर्गम पहाडी जिल्लामा पैदालमार्गबाट मतपेटिका ल्याउन सम्भव नभएका मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरको प्रयोग गरी सङ्कलन गर्ने जारी छ । आज बिहानसम्म मुस्ताङ, अछाम, सङ्खुवासभा जिल्लाको मतपेटिका ल्याइसकिएको छ । हुम्ला, ताप्लेजुङ, मुगु, रोल्पा, जाजरकोट र गोरखा जिल्लाका विकट मतदान केन्द्रका मतपेटिका पनि आजै ल्याइसकिने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

संविधानसभा सदस्य निर्वाचनमा एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा नेकपा( एमाले)का जनार्दन ढकालले छ हजार ६२८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी एकीकृत नेकपा(माओवादी)का प्रेमबहादुर तामाङले छ हजार १९२ र नेपाली काँग्रेसका लामाकार्पु तामाङले चार हजार ९४८ मत प्राप्त गर्नुभएको छ । आफू विजयी भएपछि नेता ढकालले रासससँग कुरा गर्र्दै यसअघि जिल्लामा एमाले झिनो मतले पराजित हुँदै आए पनि पहिलो पटक एमालेले हिमाली जिल्लामा जितेकामा रमाइलो र खुसी लागेको बताउनुभयो ।
उहाँले पार्टीसँग निकट रहेर आफूले हिमाली जिल्लालाई पनि प्राथमिकतामा पार्ने गरी संविधान निर्माणमा योगदान दिने बताउँदै  रसुवाको सीमा व्यापार, पर्यटन, जलविद्युत् विकास र शिक्षाको गुणस्तरमा जिम्मेवार भएर भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अहिलेसम्म विजयी -
कांग्रेसः टेकबहादुर गुरुङ- मनाङ
राजन केसी-काठमाडौं १०
सुशीला चौधरी दाङ २
नविन्द्रराज जोशी काठमाडौं ८
प्रकाशमान सिंह काठमाडौं १
नरहरि आचार्य काठमाडौं ५
यज्ञबहादुर थापा, कास्की १

एमालेः रविन्द्र अधिकारी-कास्की ३
सीता गिरी-कास्की ४
सोमप्रसाद पाण्डे-पाल्पा २,
जर्नादन ढकाल रसुवा
वामदेव गौतम प्युठान १

नेपाली काँग्रेस ६
नेकपा एमाले ५

काठमाडौँ–९ मा रञ्जित विजयी
काठमाडौँ, ६ मङ्सिर । काठमाडौँ क्षेत्र नं ९ मा नेपाली काँग्रेसका ध्यानगोविन्द रञ्जित विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठले १३ हजार १०० मत प्राप्त गर्नुभएको छ भने एकीकृत नेकपा(माओवादी)का देवेन्द्र पौडेलले छ हजार ६६९ मत प्राप्त गर्नुभएको छ ।
परिणाम घोषणापछि सञ्चारकर्मीसँग कुरा गर्दै विजेता रञ्जितले आफूले लोकतान्त्रिक संविधान निर्माणमा प्रमुख भूमिका खेल्ने र आफ्नो निर्वाचन क्षेत्रको विकासमा प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।

उपत्यकाको पछिल्लो मतपरिणाम
क्षेत्र नं १ बाट नेकाँका प्रकाशमान सिंहले ११ हजार १५५, एमाओवादीकी रेणु दाहालले दुई हजार ९०६ र राप्रपा नेपालका भरत जङ्गमले दुई हजार ८५२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै क्षेत्र नं २ मा एमालेका माधवकुमार नेपालले ११ हजार ४२०, नेकाँकी प्रतिमा गौतमले सात हजार ४९८ र एमाओवादीका लीलामणि पोखरेलले तीन हजार २९९ मत पाउनुभएको छ ।
यसैगरी क्षेत्र नं ३ मा एमालेका रामेश्वर फुयाँलले नौ हजार ४१५, कांग्रेसका चक्रबहादुर ठकुरीले आठ हजार ८६४ र एमाओवादीका गणेश रेग्मीले तीन हजार ६०१ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं ४ मा काँग्रेसका गगनकुमार थापाले नौ हजार २८५, एमालेका निर्मल कुइँकेलले तीन हजार ६८३ र एमाओवादीका नन्दबहादुर पुनले दुई हजार ६४२ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नं ६ मा काँग्रेसका भीमसेनदास प्रधानले सात हजार १८२, एमालेका योगेश भट्टराईले पाँच हजार ५७४ र एमाओवादीका हिमाल शर्माले एक हजार ७१६ मत पाउनुभएको छ ।
क्षेत्र नं ७ मा एमालेका रामवीर मानन्धरले सात हजार ७१८, कांग्रेसकी प्रमिलासिंह डङ्गोलले पाँच हजार ५२४ र एमाओवादीकी हिसिला यमीले तीन हजार ९२५ मत प्राप्त गर्नुभएको छ ।

काठमाडौँ–५ बाट आचार्य विजयी
काठमाडौँ, ६ मङ्सिर । काठमाडौँ जिल्ला क्षेत्र नं ५ बाट काँग्रेसका नरहरि आचार्य १५ हजार ३६४ मत ल्याई विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका ईश्वर पोखरेलले १४ हजार ७२९ मत प्राप्त गर्नुभएको थियो । निर्वाचन कार्यालयले यसको औपचारिक घोषणा गर्न बाँकी छ ।
त्यसैगरी राप्रपा नेपालका राजाराम श्रेष्ठले तीन हजार ८९९ मत प्राप्त गर्नुभएको थियो भने एमाओवादीका महेन्द्र श्रेष्ठले तीन हजार ४३३ मत प्राप्त गर्नुभएको थियो ।

कास्की ३ मा रविन्द्र अधिकारी विजयी

कास्कीको क्षेत्र नम्बर ३ मा एमालेका युवा नेता रविन्द्र अधिकारीले १३ हजार १ सय १० मत ल्याएर खाता खोलेका छन् । उनको निकटतम् प्रतिद्वन्दी काँग्रेसका सोभियत बहादुर अधिकारीले  १० हजार ८ सय ८ मत ल्याएका छन् । उनी यसअघिको संविधानसभामा पनि त्यही क्षेत्रबाट जितेका थिए ।
काठमाडौं-१० मा कांग्रेसका राजन केसी विजयी
काठमाडौं-१० मा नेपाली कांग्रेसका राजन केसी ७ हजार बढी मतले विजयी भएका छन् । केसीले २०३९२ मत ल्याएका छन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल त्यहाँबाट प्रतिस्पर्धी रहेकाले क्षेत्र चर्चामा थियो । उनले १२८५२ मत प्राप्त गरी तेस्रो स्थान पाएका छन् । एमालेका सुरेन्द्र मानन्धर १३६१५ मत पाएर तेस्रो भएका छन् । यसअघिको निर्वाचनमा दाहाल त्यही क्षेत्रबाट धेरै मत अन्तरले विजयी भएका थिए ।
बामदेव प्युठानबाट विजयी
एमाले उपाध्यक्ष बामदेव गौतम प्युठान–१ बाट विजयी भएका छन् । उनले १३९६२ मत ल्याएका छन् । उनका निकट्म प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका कृष्णबहादुर खड्काले ८७२४ र एमाओवादीका नवराज सुवेदीले ७०५४ मत ल्याएका छन् ।

रसुवामा एमालेका ढकाल विजयी

रसुवा, ६ मंसिर । अर्को संविधानसभा सदस्य निर्वाचनमा एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा नेकपा एमाले जनार्दन ढकालले छ हजार ६ सय २८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एकीकृत नेकपामाओवादीका प्रेमबहादुर तामाङले छ हजार १९२ र नेपाली काँग्रेसका लामाकार्पु तामाङले चार हजार ९४८ मत प्राप्त गर्नुभएको छ । आफू विजयी भएपछि नेता ढकालले रासससँग कुरा गर्र्दै यसअघि जिल्लामा एमाले झिनो मतले पराजित हुँदै आए पनि पहिलो पटक एमालेले हिमाली जिल्लामा जितेकामा रमाइलो र खुसी लागेको बताउनुभयो ।

उहाँले पार्टीसँग निकट रहेर आफूले हिमाली जिल्लालाई पनि प्राथमिकतामा पार्ने गरी संविधान निर्माणमा योगदान दिने बताउँदै रसुवाको सीमा व्यापार, पर्यटन, जलविद्युत् विकास र शिक्षाको गुणस्तरमा जिम्मेवार भएर भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पाल्पा–२ मा एमालेका पाण्डे विजयी
पाल्पा, ६ मङ्सिर । निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले) का सोमप्रसाद पाण्डेय १७ हजार १९३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका वीरबहादुर रानाले १३ हजार ९८ मत प्राप्त गर्नुभएको छ ।

कास्की क्षेत्र नं ३ मा एमालेका अधिकारी विजयी

पोखरा, ६ मंसिर । संविधानसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नं ३ बाट नेकपाएमालेका रवीन्द्र अधिकारी १३ हजार १ सय १० मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सोभियतबहादुर अधिकारीले १० हजार ८०८ र एकीकृत नेकपा माओवादीका रामजी बरालले चार हजार ४२९ मत ल्याउनुभएको थियो । क्षेत्र नं ३ मा कुल ३२ हजार ०५४ मत खसेकामा एक हजार ०४६ मत बदर भएको थियो ।

विजयी भएपछि नेता अधिकारीले उहाँले आपूmले जिते सबै ठीक हारे बेठीक भन्ने प्रवृत्ति हटाउनुपर्ने बताउनुभयो ।

उक्त क्षेत्रमा विभिन्न राजनैतिक दल र स्वतन्त्र गरी १९ जना उमेदवार चुनावी मैदानमा खडा भएका थिए ।

काठमाडौं क्षेत्र नम्बर ८ मा जोशी विजयी

काठमाडौं, ६ मंसिर । काठमाडौं क्षेत्र नम्बर ८ मा नेपाली काँग्रेसका नवीन्द्रराज जोशी १३ हजार ७७४ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले का जीवनराम श्रेष्ठले छ हजार ३६७ मत ल्याउनुभएको थियो । त्यसैगरी राप्रपा नेपालका प्रकाश रिमालले चार हजार ९५८ र एनेकपा माओवादीका मुक्ति प्रधानले दुई हजार ७६० मत प्राप्त गर्नुभएको छ । जोशी यसअघि पनि २०६४ सालको निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुनुभएको थियो ।

कास्की क्षेत्र नं ४ मा एमालेकी गिरी विजयी
पोखरा, ६ मङ्सिर । कास्की क्षेत्र नं ४ बाट नेकपा (एमाले)की सीता गिरी १५ हजार ४३८ मत ल्याई संविधानसभा सदस्यमा विजयी हुनुभएको छ ।
उहांका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महादेव गुरुङले १३ हजार १४७ मत प्राप्त गर्नु भएको थियो । तेस्रो स्थानमा रहनुभएका एकीकृत नेकपा (माओवादी)का गुप्तबहादुर हमालले सात १८३ मत प्राप्त गर्नुभएको थियो ।
विजयी भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै उहांले आपूm नयां संविधान निर्माण र विकास निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  सो क्षेत्रमा विभिन्न राजनैतिक दल र स्वतन्त्र गरी १६  उम्मेदवार चुनावी मैदानमा खडा भएका थिए ।

नेकाँकी चौधरी विजयी
दाङ, ६ मङ्सिर । संविधानसभा सदस्यका लागि क्षेत्र नं २ मा भएको निर्वाचनमा नेपाली काँग्रेसका सुशीला चौधरी दश हजार ४३० मत ल्याई विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी एमाओवादीका होमबहादुर पुनले आठ ५९० मत ल्याउनुभएको थियो । विजयी चौधरीलाई  निर्वाचन क्षेत्र नं २ का मतदान  अधिकृत वासुदेव न्यौपानेले प्रमाणपत्र दिनुभयो ।


कास्की क्षेत्र नं ३ मा एमालेका अधिकारी विजयी
पोखरा, ६ मङ्सिर ।  संविधानसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नं  ३ बाट नेकपा(एमाले)का रवीन्द्र अधिकारी १३ हजार ११० मत ल्याई विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सोभियतबहादुर अधिकारीले १० हजार ८०८ र  एकीकृत नेकपा (माओवादी)का रामजी बरालले चार हजार ४२९ मत ल्याउनुभएको थियो । क्षेत्र नं ३ मा  कुल ३२ हजार ०५४ मत खसेकामा एक हजार ०४६ मत बदर भएको थियो ।
विजयी भएपछि नेता अधिकारीले उहाँले आपूmले जिते सबै ठीक हारे बेठीक भन्ने प्रवृत्ति हटाउनुपर्ने बताउनुभयो ।
उक्त क्षेत्रमा  विभिन्न राजनैतिक दल र स्वतन्त्र गरी १९ जना उमेदवार चुनावी मैदानमा खडा भएका थिए ।

जोशी विजयी
काठमाडौँ, ६ मङ्सिर । काठमाडौँ क्षेत्र नं ८ मा नेपाली काँग्रेसका नवीन्द्रराज जोशी १३ हजार ७७४ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का जीवनराम श्रेष्ठले छ हजार ३६७ मत ल्याउनुभएको थियो ।
त्यसैगरी राप्रपा नेपालका प्रकाश रिमालले चार हजार ९५८ र एनेकपा (माओवादी) का मुक्ति प्रधानले दुई हजार ७६० मत प्राप्त गर्नुभएको छ । जोशी यसअघि पनि २०६४ सालको निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुनुभएको थियो ।

दाङ-२ मा कांग्रेसकी सुशीला चौधरी विजयी
दाङ क्षेत्र न. २ मा नेपाली कांग्रेसकी उम्मेदवार सुशीला चौधरी विजयी भएकी छन् । उनले १०४३३ मत पाएकी छन् । उनका निकट्म प्रतिद्वन्द्वी होमबहादुर पुनले ८५५८ र एमालेकी शान्ता चौधरीले ७४०२ मत पाएकी छन् ।
कास्की ४ मा एमालेकी सीता

कास्की ४ मा एमालेकी सीता गिरी ओली १५ हजार ४ सय ३८ मत ल्याएर बिजयी भएकी छन् । यो निर्वाचनमा विजयी पहिलो महिला हुन् ।

ओलीको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका महादेव गुरुङको १३ हजार १ सय ४७ मत ल्याएका छन् ।

स्याङ्जामा मतगणना सुरु
पुतलीबजार, ६ मङ्सिर । संविधानसभा निर्वाचनको मतगणना स्याङ्जा सदरमुकाममा आज दिउँसो २ बजेदेखि सुरु भएको छ । स्याङ्जा क्षेत्र नं १ को जिल्ला अदालतमा र क्षेत्र नं २ को जिल्ला विकास समितिको भवनमा मतगणना सुरु भएको हो ।
स्याङ्जाको क्षेत्र नं ३ को भने मतगणना भने अझै सुरु हुन सकेको छैन । क्षेत्रका विभिन्न तीन गाविसका छ वटा केन्द्रमा एमालेले र नेपाली काँग्रेसले एक गाविसका तीन मतदान केन्द्रमा एकपक्षीय मतदान गरेको भन्दै निर्वाचन कार्यालयमा लिखित उजुरी परेका कारण मतगणना हुन नसकेको हो ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Blogger BOy

This blog contains the videos/movies and other contents availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we are not using these resources commercially. If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at xpress.edu@gmail.com. Love Nepali Music/Videos/Movies- STOP Piracy.... Thanks.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply

Select Menu