आफ्नै ५ सन्तानको हत्या अभियोगमा एक अमेरिकि नागरिक पक्राउ
काठमाडौं, भाद्र २५ । अमेरिकामा आफ्नै ५ सन्तानको हत्या गरेको अभियोगमा टिमोथी रे जोन्स नाम गरेका एक व्यक्ति पक्राउ परेका छन् । साउथ क्यारोलाइना राज्यका जोन्समाथि १ देखि ८ वर्षसम्मका ५ सन्तानको हत्या गरी उनीहरुको शव अलाबामा राज्यमा लगेर गाडेको आरोप लागेको छ ।
सन्तानका आमाले आफ्ना सन्तान बेपत्ता भएको र आफ्ना पूर्वपति जोन्स पनि सम्पर्कविहीन भएको भन्दै उजुरी दिएपछि प्रहरीले मंगलबार दिनभर खोजी तीव्र पारेको थियो । खोजीकै क्रममा ५ सन्तानको शव अलाबामा राज्यको राजमार्ग नजिक गाडिएको अवस्थामा भेटिएको थियो । अभियुक्त जोन्स भने मिसिसिपीबाट पक्राउ परेका थिए ।
सुरुमा मादक पदार्थ सेवन गरी सवारी चलाएको आरोपमा पक्राउ परेका जोन्समाथि छानबिन गर्दा उनी फरार व्यक्तिको सूचीमा रहेको खुलासा भएपछि घटना सार्वजनिक भएको हो ।
प्रहरीले जोन्समाथि आफ्नै ५ सन्तानको हत्या गरेको आरोपमा मुद्दा चलाएको छ । (एजेन्सी)