भदौ ९– काभ्रे, सिन्धुली घर भएकी २२ की राधिका घिमिरे नाम भएकी उग्रतारा जनागालमा तरकारी बेच्ने व्यवसाय गर्ने एक महिला मृत अवस्थामा फेला परेकी छिन् । उनी सोमबार बिहान उग्रतारा जनगालस्थित धानखेतमा मृत अवस्थामा फेला परेकी हुन् ।
पनौतीमा माईत भएकी घिमिरे तरकारी बेच्ने काम गर्दै आएको माईती पक्षले बताएको छ । घिमिरेको हत्या उनकै श्रीमानले गरेको भन्दै माइती पक्षले जाहेरी दिएका छन् । घिमिरेको श्रीमान् नवराज विकले नै हत्या गरेको भन्दै आफन्तले प्रहरीलाई जाहेरी दिएका हुन् । नवराज अहिले फरार छन् । घिमिरेको घाँटीमा निलडाम र चोट देखिएको छ । इलाका प्रहरी कार्यलय बनेपाका अनुसार उनलाई कसैले घाँटीमा डोरीले बाँधेर हत्या गरी फालेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको छ । कोठा भन्दा २ सय मिटर परतिर धानखेत जाने बाटोमा उनको मृत शरीर भेटिएको थियो ।
स्थानीय बासीले बिहान उनको लाश देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्यारको पहिचान भइसकेपनि पक्राउ नपरेका कारण प्रहरीले हत्यारको विषयमा बताउन चाहेनन् । हामी हत्याराको नजिक पुगेका छौँ इलाका प्रहरी कार्यलयका इन्चार्ज प्रल्हाद कार्कीले बताए ।

No comments