इलाम : इलामका छुट्टाछुट्टै स्थानमा एकैदिन तीन जनाले झुन्डिएर आत्महत्या गरेका छन्।
हिजो मङ्गलबार धुसेनी, मावु र पञ्चकन्यामा तीन जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ।धुसेनी–७ की ३० वर्षीया शान्ता खड्का, मावु–७ की २५ वर्षीया कौशिला राई र पञ्चकन्या–३ आइतबारेकी २८ वर्षीया रूपा अधिकारीले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन्।
मृतकमध्ये अधिकारीको शव परीक्षण गरिसकेको र अन्य दुई जनाको शव परीक्षण गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिए। आत्महत्याको कारण खुल्न नसकेको र यससम्बन्धी अनुसन्धान सुरू गरिएको उनले बताए।
No comments