Health/Sex


News

Guff Gaff

Education

Movie

Tech

Videos

World

Mobile News

Archive

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

चार हात चार खुट्टा सबै तिर अंग नै अंग ( फोटो फिचर)

http://hamroknowledge.blogspot.com/
अफ्रिकी राष्ट्र युगाण्डाको पूर्वी गाउँमा एउटा अनौठो बच्चा जन्मिएको ३ महिना भयो । उक्त बच्चाका ४ हात छन् भने ४ खुट्टा । तीन महिना पुगिसक्दा पनि बालकको स्वास्थ्य भने राम्रै रहेको चिकित्सकहरुले बताएका छन् ।

नाबिङ्गो गाउँमा जन्मेका ती वालकको नाम पल मुकिसा हो ।

४ हात र ४ खुट्टा सहितका मुकिसालाई जन्माएपछि उनका बाबु र आमा हतारिएर नजिकैको जिल्ला अस्पताल पुगेका थिए । तर त्यहाँका चिकित्सकहरुले आफूहरुले केही गर्न नसक्ने भन्दै राजधानी कम्पालामा रहेको मुलागो अस्पताल पठाइदिए ।

कम्पालाको मुलागो अस्तापलमा भने चिकित्सकहरुले बच्चाको समस्या पत्ता लगाए । खासमा जुमल्याहा जन्मिनु पर्नेमा एउटा मात्र बच्चा जन्मिँदा यस्तो भएको थियो ।
http://hamroknowledge.blogspot.com/
चिकित्सकहरुले उनको शरीरमा रहेका परजीवि जुम्ल्याहा लक्षणहरु हटाइदिएका छन् । अहिले उनका चार हात मध्ये २ हात र ४ खुट्टा मध्ये २ खुट्टा पनि हटाइएको छ ।

ससुराले बलात्कार गरेपछि श्रीमानलाई छोरा मान्नुपर्ने

http://hamroknowledge.blogspot.com/इमराना काण्ड ९ वर्षपछि पूनः दोहोरियो
भाद्र २५,
 विवाहगरेपछि श्रीमान श्रीमान नै हो । तर भारतको मुजफ्फरनगरमा एउटा आश्चर्यमा पार्ने घटना भएको छ। श्रीमतिले श्रीमानलाई छोरामान्नुपर्ने भएको छ । एक महिलाले ससुरामाथि बलात्कारको आरोप लगाएपछि श्रीमानलाई छोरा बनाउनु पर्ने देखिएको छ ।
महिलाले ससुराले अश्लिल भिडियो क्लिप बनाएर आफूलाई लगातार बलात्कार गरेको आरोप लगाएकी छन् । महिलाले आफ्नो गर्भमा रहेको बच्चासमेत ससुराकै भएको दावी गरेकी छन् । महिलाले डीएमसँग गर्भपतनका लागि अनुमतिसमेत मागेकी छन् । समाचारमा जनाइए अनुसार उनीहरुले पीडितले अब श्रीमानलाई छोरा मान्नुपर्ने बताएका छन् । सरिया कानुअनुसार जुन बच्चा महिलाको गर्भमा छ, त्यो महिलाको श्रीमानको भाई हुनेछ । उनको पतिले अब सम्बन्ध विच्छेद गर्नुपर्ने हुन्छ।यसअघि पनि सन् २००५ मा यस्तै एउटा घटना सार्वजनिक भएको थियो । जसमा महिलाका श्रीमानलाई उसको छोरा बनाइएको थियो । त्यतिबेलाको घटना इमराना काण्डका रुपमा चर्चित छ ।
देशविदेशमा चर्चित भएको इमराना काण्ड ९ वर्षपछि पूनः दोहोरिएको छ। त्यतिबेला एक महिलाले आफ्नो ससुराले १३ महिना पूर्व जबरजस्ती बलात्कार गरेर त्यस्तो अश्लिल भिडियो बनाएको र पछि ब्ल्याकमेल गरेर लगातार बलात्कार गरेको आरोप लगाएकी थिइन् । विाहको ६ दिनपछि नै आफ्नो श्रीमान रोजगारीका लागि साउदी अरब गएको उनले बताएकी छन् । त्यसपछि आफूलाई ससुराले गलत ढंगले हेर्न लागेको उनको दावी छ। यस विषयमा गुनासो गर्दा सासुले समेत चुप लागेर बस्ने भनेको उनको दावी छ। ससुराले लगातार बलात्कार गरेपछि उनी गर्भवती भएकी थिइन् । उनी गर्भवती भएको थाहा पाएपछि उनका ससुराले डेढ महिनाअघि माइतमा छोडेर फरार भएका थिए ।
पाँच दिनअघि ससुराले उनलाई श्रीमानसहित आफ्नो घर र सम्पत्तिबाट अलग गर्ने सूचना पठाएका थिए । त्यसपछि माइती पक्षले उनलाई पुनः घर पठाउने प्रयास गरेको थियो । तर, महिलाले त्यसविरुद्ध परिवारजन र ससुराको कर्तुतका बारेमा तथ्य सार्वजनिक गरेकी हुन् । एजेन्सी भिडियो हेर्न तल क्लिक गर्नुहोस :
सार अ मौलभी पनि यो विषयमा प्रतिक्रिया जनाउन लागेका छन् ।

बाँदर भगाउने नयाँ काइदा, ४० मान्छेलाई दिल्लीमा ढेँडु बनाइयो

बाँदरले दिने हैरानी हाम्रालागि नौलो होइन । हामीकहाँ बाँदरले प्रायः सर्वसाधारण मानिसलाई दुख दिइरहेको छ । तर भारतमा भने बाँदरले राष्ट्रपति भवन, संसद भवन जस्ता ठूला मान्छेका घर ताकेपछि सरकारले नयाँ जुक्ति अपनाएको छ ।
बाँदरका फौजले महत्वपूर्ण सरकारी कार्यालयहरुमा पसेर हैरान पार्न थालेपछि नयाँ दिल्ली महानगर काउन्सिलले मानिसलाई ढेँडु बाँदर बनाउने काइदा अपनाएको छ । ४० जना मानिसलाई ढेँडु बाँदर बनाएर बाँदर भगाउन परिचालन गरिएको छ ।
रंगरोगन तथा पहिरनले ढेँडु बनाइएका ती मानिसहरुले बाँदरका फौजलाई धपाउने गरेका छन् । यिनहरुको काम पनि अनौठो नै छ । यिनीहरु सधै हाइ अलर्टमा हुन्छन् र जुन ठाउँमा बाँदरले हैरान पार्छ उनीहरुलाई फोन गरेर बोलाइन्छ अनि उनीहरुले उत्पात मच्चाइरहेका बाँदरलाई भगाउँछन् । सायद मान्छे भन्ने चिनेको भए बाँदर उल्टै झम्टिन्थे होलान् तर ढेँडुको भेषमा आएका मानिसलाई देखेर बाँदरले साँच्चीकै ढेँडु ठान्छन् र सुइँकुच्चा ठोक्छन् ।

ढेँडु बनेर बाँदर धपाउने काममा संलग्न प्रमोद नामका मानिसका अनुसार सुरुमा उनीहरुले उत्पात मच्चाइरहेका बाँदरको संख्या एकिन गर्छन् । त्यसपछि बाँदर रहेको नजिकैको रुख वा पर्खालमा गएर ढेँडुले जस्तै आवाज निकालेर कराउँछन् । त्यो आवाज सुनेर रातो बाँदर डराउन थाल्छन् । जब बाँदर डराएजस्तो गरेर अतालिन्छन् तब ती मानव ढेँडु दौडिँदै बाँदरका फौजमाथि जाइ लाग्छन् र धपाउँछन् । यति गर्दा पनि नभागेमा उनीहरुले गुलेली र लाठीको मद्धतले बाँदर धपाउने गरेका छन् ।
बाँदर धपाउने काममा संलग्न मानव लंगूरलाई महिनाको साढे ७ हजार तलब दिइएको छ । पहिले पहिले साँच्चीकै ढेँडु पालेर बादर लखेटिने गरेको भएपनि अहिले सरकारले ढेँडु पाल्न रोक लगाएको हुनाले मान्छेलाई ढेँडु बनाएर बाँदर धपाउनु परेको बादर भगाउने कामको ठेक्का लिएका ठेकेदार नारायण नाथ बताउँछन् ।

मोबाइल एप, जसले खोजिदिनेछ यौन साथी

मार्टफोन प्रयोगकर्ताका लागि असंख्य एप्स उपलब्ध छन् । ती मध्ये कतिपय अत्यधिक कामलाग्ने तथा ज्ञानमूलक छन् भने कतिपय बेकम्मा र फन्टुस पनि । कतिपय गेमिङ एपले तपाइँलाई मूर्ख पनि बनाउन सक्छन् । तर अब यस्तो एप आएको छ, जसले तपाइँका लागि यौनसाथी खोज्न सहयोग गर्नेछ ।
मोबाइल फोनबाटै सहवासको आसनका बारेमा जानकारी दिने खालको एप पहिले नै उपलब्ध थियो । 


तर यो पछिल्लो एप भने त्यसभन्दा पनिअस्टि्रयाका पिया पोपेनरिटरले यसको विकाश गरेका हुन्, जसको नाम पिपर राखिएको छ । यो एप जिपिएसको मद्दतले स्मार्टफोन प्रयोगकर्ता रहेको ठाउँ वरपर रहेका यौनकर्मीहरु खोज्न सहयोग गर्नेछ । यो एपको उद्देश्य सेक्सका लागि यौनकर्मी महिलाहरु खोज्ने पुरुषलाई सजिलो बनाउने मात्र होइन यौनकर्मीलाई समेत ग्राहक खोज्दै सडकमा आउने बाध्यता हटाउनु हो । अहिले जर्मनीको बर्लिन सहरमा यो एपको प्रयोग सुरु भैसकेको छ ।
वेश्यावृत्तिले कानूनी मान्यता पाएको जर्मनीका लागि लक्षित गरेर पियाले यो एप बनाएका रहेछन् । यौन कर्मीहरु रातको ठण्डीमा सडकमा भौतारिएर ग्राहक खोजिरहेको देखेपछि दया लागेर उनले यो एपको विकाश गरेको दाबी गरेका छन् ।
यो एपको गलत प्रयोग नहोस् र यौनकर्मीहरु मानव तस्करको जालोमा नपरुन् भन्ने कुरामा उनी सचेत छन् । उनका अनुसार यो एप कुनै वेश्यालयको लागि होइन, व्यक्तिगत यौनकर्मी तथा एजेन्सीहरुको लागि हो । यो एपको विशेषता के छ भने यसले केवल महिला यौनकर्मीको लागि मात्र नभै पुरुष यौनकर्मीको लागि समेत काम गर्छ ।
महिला तथा पुरुष यौनकर्मी जसले यो एपको प्रयोग गर्छन् उनीहरुले आफ्नो प्रोफाइल यो एपमा निशुल्क रुपमा अपलोड गर्न सक्छन् । तर यो एप मार्फत यौनकर्मी बुक गर्न चाहने ग्राहकले भने ५ देखि १० युरो सम्म शुल्क तिर्नुपर्नेछ । यो एपमार्फत आफ्नो रोजाइको यौनकर्मी तथा सम्भोगको आसन र तरिकाको बारेमा समेत माग गर्न सकिनेछ र सोही बमोजिमको सुविधा प्राप्त हुने दाबी एप कम्पनीको रहेको छ ।  दुइ कदम अगाडि बढेर यौनकर्मीको खोजी गर्न सहयोग गर्नेछ । 

कण्डममा कोकाकोला भरेर विश्व किर्तिमान

दुनियामा आफ्नो नामलाई चर्चित बनाउने चाहना कसको पो हुँदैन र ? तर चानचुने र सबैले देखे जानेका र गरेका कामकुरा गरेर चर्चित भइँदैन । त्यसैले आफुलाई चर्चित बनाउन अझ भनौँ नाम कमाउनका लागि मानिसहरुले अनौठा हर्कत गर्न समेत पछि पर्दैनन् । यस्ता हर्कत गरेर विश्वमा किर्तिमान कायम गर्ने दौडमा हरेक दिनजसो नै मानिसहरु लागिरहेका हुन्छन् र किर्तिमान समेत बनिरहन्छन् । इटालीका एक मानिसले पनि यस्तै अनौठो काम गरेर विश्वकिर्तिमान कायम गरे । मिलियासेन्डिनी नामका इटालियन जादूगरले कण्डममा कोकाकोला भरेर विश्वकिर्तिमान कायम गरेको दाबी गरेका हुन् ।

ती मानिसले डेढ लिटर कोकाकोला भएको बोलतको मुख खोलेर केही चम्चा न्युटिला चकलेटको पेष्ट हाले । त्यसपछि उनले ड्युरेक्स कम्पनीको कण्डम लिए । उक्त कण्डम भित्र मेन्टोसका केही गोली हाले । अनि त्यो कण्डमलाई कोकाकोलाको बोतलको मुखमा घुसाएर टेपले बाँधे । त्यसपछि त कोकाकोलाको ग्यास र झोल दुबै कण्डमतर्फ जान थाल्यो र कण्डम मज्जाले फुल्न थाल्यो । कण्डम यति धेरै फुल्यो की अन्त्यमा त्यो फुटेर त्यसमा भएको कोकाकुल छताछुल्ल पोखियो ।
कण्डममा कोकाकोला भरेको यो पहिलोपटक भएको र आफुले कसैले पनि नराखेको किर्तिमान राखेको दाबी उनको छ । समाचार अनुसार गिनिज बुकका अधिकारीहरुले पनि उनको यस्तो दाबीको अध्ययन गरिरहेका छन्, त्यसलाई किर्तिमानको सूचिमा राख्ने नराख्ने भनेर । 

दुवै हातका औंला छैनन्, तर बनाउँछिन यिनले यति सुन्दर गहना

अनेट ग्याब्डीले अहिलेसम्म हजारौं गहना बनाएकी छिन् । उनले बनाएका रिङ, इयररिङदेखि ब्रासलेट मात्र होइन हिराका हारसमेत धेरैल मन पराउँछन् ।
एक कुलश कालिगढले गहना बनाउनु कुनै नौलो कुरा पनि होइन । तर, अनेटको हकमा भने यस्तो गहना बनाउनु निकै साहसीक काम हो ।
कारण, ४८ वर्षकी अनेटको दुबै हातका औलाहरु छैनन् । उनी कुनै विशेष औजारको प्रयोगबिनै सुन्दर र जटिल डिजाइनयुक्त गहना तयार पार्छिन् । लण्डन हाटेन गार्डनमा गहना बनाउन सकेकी अनेट भन्छिन–‘म अपाङ हैन, आम मानिस नै हुँ ।’

आफुले गहना बनाएको देखेर मानिसहरु छक्क पर्ने गरेको भन्दै त्यसले आफुलाई आनन्द र उत्साह दिलाउने बताइन् ।
औला नभएको अवस्थामा पनि कसरी गहना बनाएको भनेर सोध्ने गरेको भन्दै उनले भनेकी छिन्–मेरो जवाफ हुनेछ, तपाई कसरी आफ्नो औलाहरु व्यवस्थापन गर्नुहुन्छ ? किनकी उनीहरुले नै आफ्नो बाटो पत्ता लगाउने छन् ।’

आफूलाई यहाँसम्म आउन परिवारले हौसला दिएको उनले बताइन् । तालिम लिनुअघि उनले स्कुल र कजेलमा पनि गहना बनाउनेबारे अध्ययन गरेकी थिइन् । बेलायती अनलाइन डेलीमेलका आनुसार उनले बनाएको गहना २५ हजार पाउन्डसम्ममा विक्री भएका छन् ।


चुनावी मैदानमा उत्रियो सुगा

पहिले–पहिले पुरुष मात्र चुनाव लड्थे । समयक्रममा महिला पनि चुनावी मैदान आए । त्यतिमात्र हैन, आजकल त तेस्रो लिङ्गी पनि चुनाव लड्न थाले । यो कलिउगमा केही पनि कुरा असम्भव छैन् । त्यसैले त आजकल मानिसमात्र हैन सुगा पनि चुनावी मैदानमा उत्रिएको छ । यो खबर बेलारुसको हो । एक राजनीतिक कार्यकर्ताले स्थानीय चुनावमा आफ्नो सुगालाई मैदानमा उतार्ने हिम्मत देखाएका छन् । उनले आफ्नो सुगालाई एक चुनावी प्रत्यासीका रुपमा नामाङ्कन गराएका छन् । केस्टाटसिन भन्छन्–‘सुगालाई नेतालाई जस्तो कार चाहिन्न । तर, जरुरी राजनीतिक काम गर्न सक्छ ।’ जरुरी राजनीतिक कामको उदाहरण दिँदै उनी भन्छन्–कुनै बटम दबाउनु ।’ केस्टाटसिनको सुगाको नाम याशा हो । सुगालाई चुनाव लडाएका उनी भन्छन्–‘म यसबाट बेलारुसको राजनीतिको उपयोगिता बताउन चाहन्छु ।’ यद्यपि अहिले उनले चुनाव लड्न निर्वाचन आयोगमा बुझाएको सबै कागजपत्र फिर्ता लिएका छन् । जरिवानामा पर्ने डरले उनले यसो गरेको हुन सक्ने अनुमान गरिएको छ । अब शाया नाम गरेको सुगा चुनावी मैदानमा छैन ।
Select Menu