नाबिङ्गो गाउँमा जन्मेका ती वालकको नाम पल मुकिसा हो ।
४ हात र ४ खुट्टा सहितका मुकिसालाई जन्माएपछि उनका बाबु र आमा हतारिएर नजिकैको जिल्ला अस्पताल पुगेका थिए । तर त्यहाँका चिकित्सकहरुले आफूहरुले केही गर्न नसक्ने भन्दै राजधानी कम्पालामा रहेको मुलागो अस्पताल पठाइदिए ।
कम्पालाको मुलागो अस्तापलमा भने चिकित्सकहरुले बच्चाको समस्या पत्ता लगाए । खासमा जुमल्याहा जन्मिनु पर्नेमा एउटा मात्र बच्चा जन्मिँदा यस्तो भएको थियो ।

चिकित्सकहरुले उनको शरीरमा रहेका परजीवि जुम्ल्याहा लक्षणहरु हटाइदिएका छन् । अहिले उनका चार हात मध्ये २ हात र ४ खुट्टा मध्ये २ खुट्टा पनि हटाइएको छ ।
No comments