३ माघ, बुटवल । बुटवल नगरपालिका-३ हात्तीसुाड सुकुम्बासीबस्तीमा गत पुस २५ गते जन्मेका एक शिशुलाई तीनजना महिलाले दाबी गरेका छन् । संयोगले आमा दावी गर्ने तीनैजना महिलाको उमेर ३२ वर्ष र उनीहरुका पतिको उमेर ३५ वर्ष छ ।
हात्तीसुँडकी लक्ष्मी राईले आफूले जन्म दिएको र गरिबीका कारण पालनपोषण गर्न नसकेकाले सुकुम्बासीबस्ती बुद्दनगरकी जयकुमारी रोकालाई ‘उपहार’ दिएको बताइन् ।
No comments