१० असोज, काठमाडौं । फ्रान्स सरकारले काठमाडौं उपत्यकाको शहरी क्षेत्रमा केबुलकार निर्माण गर्न चासो देखाएको छ । नेपालस्थित फ्रान्सेली दूतावासका कार्यवाहक राजदूत भर्जिन कोर्टेवालले अर्थमन्त्री शंकरप्रसाद कोइरालासँग भेट गरि काठमाडौंमा केबुलकार निर्माण गर्न फ्रान्स सरकार सकरात्मक रहेको जानकारी गराउनुभएको हो ।
कार्यावाहक राजदूत कोर्टेवालले काठमाडौको बढ्दो सवारी साधनको चाप नियन्त्रण गरी वातावरणीय सन्तुलन कायम गर्न केबुलकार प्रभावकारी हुने बताउनुभयो । धेरै देशमा आफूहरुले गरेको यसखाले परीक्षण सफल भएको बताउँदै उहाँले नेपालमा पनि सम्भाव्यता अध्ययन गर्न चाहेको अर्थमन्त्रीलाई बताउनुभयो ।

भेटवार्तामा मन्त्री कोइरालाले बढ्दो इन्धन खर्च र सवारी चाप कम गर्न अर्वन केबुलकार परियोजना सार्थक हुने बताउनुभयो । पर्यटकीय र वातावरणीय दृष्टिले पनि केबुलकार सेवा फलदायी हुने बताउँदै उहाँले यस्तो सेवा सहुलियतपूर्या हुनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री कोइरालाले इन्धन खपत कम गर्न विद्युतीय प्रविधिको विकास नेपालमा आवश्यक भएकोमा जोड दिनुभयो । उहाँले उर्जामा आत्मनिर्भरतासँगै यसको उपयोगिता थप प्रभावकारी हुने विश्वास समेत व्यक्त गर्नुभयो । भेटघाटमा फ्रान्सबाट आएको केबुलकार विज्ञहरुको पनि उपस्थिति थियो ।

No comments