रक्सीले मात्तिएका एक पुरुषले विमानस्थलको रनवे मै सबै कपडा खोले, देखादेखि पिसाब फेरे र पाइलटलाई लडाइँ गर्ने धम्की पनि दिए । लोग्ने मान्छेले त्यस्तो तमासा देखाएपछि त्यहाँ भएका सबै विलखबन्दमा परे । अरुले उनलाई रोक्न सकेनन् तर उनकै श्रीमतीले गालामा चोटिलो थप्पड हानिन् । त्यसपछि सुरक्षाकर्मी आइले उनलाई च्वाप्प समाइहाले ।
माल्टाबाट बेलायतको म्यानचेष्टर विमानस्थलमा उत्रिएलगत्तै ती पुरुषले तमासा देखाएका हुन् । उनले जहाज भित्रै पनि सँगै बसेका अर्का यात्रुलाई गाली गलौज गरेका थिए । जहाज अवतरण गरेलगत्तै जब उनी जहाजबाट बाहिर झरे तब उनले एकाएक आफ्ना लुगा काढे, सुरुमा पेन्सी सम्म फुकालेका थिएनन् तर जोसमा होस गुमाउँदा त्यो पनि बाँकी राखेनन् । उनले पाइलट तिर फर्केर तथानाम गाली गरे । महिलाले त्यसपछि उनलाई झापड हानिन् र त्यसपछि बल्ल अलिअलि होसमा आएर कपडा लगाउन थाले । त्यतिबेला सम्म प्रहरी पनि आइपुगेको थियो । प्रहरीले उनलाई पक्राउ गरेर लग्यो ।

No comments