सुर्खेतमा एक वर्षको अवधिमा करिब पाँच सय यौन व्यवसायी महिलाको पहिचान भएको छ ।
जिल्लामा यस क्षेत्रमा काम गर्दै आइरहेको समाज जागरण केन्द्र (स्याक) नेपाल संस्थाका अनुसार गत असारदेखि हालसम्म ४७३ जना महिला यौन व्यवसायीको पहिचान भएको छ ।
जिल्लाका विभिन्न २२ गाविस र नगरपालिकाका महिलाहरु यौन व्यवसायमा लागेको संस्थाले जानकारी दिएको छ । संस्था मातहत सञ्चालित एकीकृत एचआइभी/एड्स रोकथाम, हेरचाह र सहयोग कार्यक्रमका संयोजक चन्द्र विकले आफूहरुले काम सुरु गर्ने बेला ८७ जना यौन व्यवसायी महिला पहिचान गरिएकामा हाल यो सङ्ख्या बढेर करिब ५०० पुग्न थालेको बताए ।
यौन व्यवसायमा संलग्न अधिकांश विवाहित महिला छन् । त्यसमा पनि पति विदेश गएका, द्वन्द्वपीडित र विद्यार्थी धेरै छन् ।
व्यवसायमा लागेकामध्ये सबैभन्दा धेरै २५ देखि ३५ वर्षसम्मका रहेको विकले बताउनुभयो । संस्थाले दिएको जानकारीअनुसार यो व्यवसायमा लाग्ने १६ जना १८ वर्ष मुनिका समेत रहेका छन् । कतिपय ४० वर्ष माथिका छन् । गरिबीका कारण उनीहरु यो पेसामा लाग्ने गरेको संस्थाको भनाइ छ ।
वीरेन्द्रनगर नगरपालिका तथा घुमखहरे, सहारे, मालारानी, राकम, दहचौर, मैनतडा, मेहेलकुना, गुमी, रामघाट, दशरथपुर, लेखफर्सा, छिन्चु, जर्बुटा, लाटीकोइली, उत्तरगङ्गा, बिजौरा, गुठु, विद्यापुर, सालकोट, बाबियाचौर, आग्रीगाउ“, बजेडीचौर र घोरेटाका यौन व्यवसायीहरु रहेका संस्थाले जनाएको छ ।
संस्थाले यौन व्यवसायीहरु एचआइभी एड्स र अन्य यौन रोगको जोखिममा रहेको भन्दै यौन व्यवसायीहरुलाई यसबारे सचेत पार्दै आएको छ । पछिल्लो समय यौन व्यवसायीहरुले सम्भावित यौन रोगहरुबाट बच्न परिवार नियोजनका अस्थायी साधनहरुको प्रयोग गर्न थालेका छन् ।
संस्थाले असुरक्षित यौनसम्पर्कबाट बच्न सचेत गराएपछि उनीहरुले कन्डमको प्रयोग गर्न थालेको बताएको छ । यसअघि यौन व्यवसायीहरुले गर्भनिरोधका उपाय मात्रै अपनाउने गरेका थिए । स्याक नेपालले २०६९ असारदेखि हालसम्म १४ हजार आठ सय ३५ वटा कन्डम यौन व्यवसायीहरुलाई वितरण गरेको बताएको छ ।
संस्थाको सम्पर्कमा आएका जम्मा ४ सय ७६ जना यौनकर्मी महिलामध्ये केहीलाई महिला कन्डमसमेत वितरण गरिएको कार्यक्रम संयोजक विकले जानकारी दिनुभयो । यौन रोगको जोखिम रहेका एक सय ५४ जनाको रक्त परीक्षण र एक सय ६४ जनाको एचआइभी जा“च गरिएको संस्थाले जनाएको छ ।
जाँच गरिएकामध्ये कसैलाई पनि एचआइभीको सङ्क्रमण नभएको संस्थाको तथ्याङ्कमा उल्लेख गरिएको छ । संस्थाले ४ जना व्यवसायीलाई अन्य पेसा अपनाउन लगाएको छ । दुई जनालाई सिलाइकटाइ र दुई जनालाई बाख्रापालनमा लगाइएको हो । रासस

No comments