नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जातजातिको सस्तो नारा दिएर एमाओवादी मुलुकलाई बिखण्डनतर्फ उन्मुख भइरहेको बताएका छन्। दस वर्षे जनयुद्धबाट प्राप्त गरेको जनमतलाई दुरुपयोग गर्दै एमाओवादी सत्ता कब्जाको नीतिबाट अघि बढिरहेको उनको आरोप थियो।
उनले एमालेलाई बहुमत दिलाएमात्र समस्याको समाधान हुने बताए। प्रेस चौतारी रौतहट शाखाद्वारा सोमबार गौरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै नेता नेपालले दोस्रो पटकको संविधान सभाको चुनावबाट पनि देशमा संविधान बन्न नसके जनमत संग्रहमा गएर देशलाई निकास दिन सक्नुपर्ने बताए।
पूर्वराजा मन्दिर दर्शन गर्न जाँदा नेताहरुको टाउको दुख्ने् गरेको सञ्चारकर्मीले प्रश्नस तेर्स्याउँदा उनले भने- 'पूर्वराजा शंकराचार्यजस्तो गेरु रंगको बस्त्र धारण गरेर जोगीको भेषमा मन्दिर धाउँदैमा हाम्रो कुनै आपति छैन। कसैले राजतन्त्र फर्किन्छ सोच्नु दिवास्वप्न मात्र हो।'
विविधताले भरिएको मुलुकलाई एकताको सूत्रमा बाँधेर बहुपहिचानसहितको संघीयताको पक्षमा एमाले पार्टी रहेको बताए। उनले विभिन्न जातजातिको नामबाट संघीयताको नारा घन्काएर एमाओवादी मुलुकलाई बिखन्डनतर्फ धकेलेको आरोप लगाए।
उनले जातजातिको संघीयताको सस्तो नारा दिएर मुलुकमा तानाशाही सत्ता चलाउने एमाओवादीको दिवास्वप्न कहिले पूरा नहुने बताए। जनताविरोधी कार्य गर्ने अधिनायकवादी शक्तिलाई बलियो बनाउने कार्य गरिरहेकोप्रति एमालेले कडा प्रतिकार गर्ने चेतावनी दिए।
मुंसिर ४ गते हुने भनिएको दास्रो संविधान सभाको निर्वाचनलाई सफल बनाउन सम्पूर्ण राजनितिक दल एकत्रित भएर चुनाबी अभियानमा लाग्न उनले आग्रह गरे।
No comments