काठमाडौं - नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर भएको छ। अमेरिकी डलरको मूल्य लगातार बढ्न थालेपछि रुपैयाँ कमजोर भएको हो। अमेरिकी डलर आइतबार दिनभर ९८ रुपैयाँको हाराहारीमा कारोबार भएको छ।
राष्ट्र बैंकले सोमबारका लागि एक डलरको मूल्य ९८ रुपैयाँ ५ पैसा तोकेको छ। बैंकहरुले दिनभर तीन पटकसम्म डलरको मूल्य बढाएर कारोबार गरेका थिए। बैंकहरुको विदेशी मुद्रा कारोबार गर्ने विभागहरुको संगठन फेडानले आइतबार तीन पटकसम्म मूल्य परिवर्तन गरेको थियो। केही बैंकले ९८ रुपैयाँ ३० पैसासम्ममा कारोबार गरेका छन्। साधारणतया फेडानले तोकेको अन्तिम मूल्यलाई आधार मानेर राष्ट्र बैंकको अर्को दिनको मूल्य निर्धारण गर्छ।
राष्ट्र बैंकले तोकेको मूल्यमा कारोबार गर्न बैंक बाध्य छैनन्। भारतीय बजार हेरेर बैंकहरुले मूल्य तलमाथि गरिरहन्छन्। राष्ट्र बैंकले गत शुक्रबार दिउँसो एक डलरको मूल्य ९७ रुपैयाँ ५५ पैसा तोकेको थियो। शुक्रबार साँझ अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य बढेपछि आइतबार बजार खुल्नेबित्तिकै नेपाली बैंकहरुले मूल्य समयोजन गरेर कारोबार गरे।
डलर बलियो भएपछि भारतीय मुद्रासहित पाउन्ड, युरो र अन्य एसियाली मूलुकका मुद्राहरु पनि कमजोर भएका छन्। भारतीय केन्द्रीय बैंकले भारु अवमूल्यन रोक्न कार्यक्रम नल्याएपछि डलर थप बलियो भएको हो। डलरलाई अन्तर्राष्ट्रिय रुपमा नै सुरक्षित (सेफ करेन्सी) मुद्राका रुपमा लिइन्छ। डलर बलियो हुन थालेपछि जोखिमपूर्ण मुद्रा (रिक्स करेन्सी) मानिने पाउन्ड र युरोको मूल्य पनि कमजोर भएको हो।
भारतीय रुपैयाँसँग नेपाली मुद्राको विनिमय दर स्थिर (एक सय भारु बराबर १ सय ६० नेपाली रुपैयाँ) भएकाले भारतीय मुद्रासँगै नेपाली रुपैयाँ पनि सस्तो हुन्छ।
डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आय बढ्छ। बलियो डलरले निर्यात व्यापारलाई राहत दिन्छ। विदेशमा वस्तु तथा सेवा बिक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयमा समेत सुधार हुन्छ। हस्तकलालगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ।
डलरको मूल्य वृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा बढी नोक्सान हुन्छ। आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामान महँगो पर्छ।
भारतबाहेकका देशबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्स सामान, लत्ताकपडा लगायत महँगो हुन्छ। चीनबाट आउने सस्ता सामानको भाउमा समेत असर पर्छ। डलर मूल्यमा हुने थपघटका आधारमा युआनको भाउ निर्धारण हुन्छ।
सबैभन्दा बढी असर पेट्रोलियम पदार्थको आयातमा पर्ने छ। कुल आयातको २८ प्रतिशत ओगट्ने पेट्रोलियम पदार्थ भित्र्याउन बढी डलर खर्चिनुपर्ने भएकाले इनधनको भाउ बढ्न सक्छ।

No comments