Health/Sex

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

» » देउवासँग बिहे नगरेकी भए कर्णाली पुल तर्ने थिइँन (भिडियोसहित)

School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result

 आरजू देउवा, कांग्रेस नेतृ

आरजू राणालाई कांग्रेस नेता शेरबहादुर देउवाकी पत्नीमात्रै भनेर चिनियो भने अन्याय हुन्छ । ०४६ सालमा राजनीतिक परिवर्तन आउँदासम्म कांग्रेस के हो भन्ने थाहा नपाएकी राणाको विवाह गृहमन्त्री भैसकेका शेरबहादुर देउवासँग पाको उमेरमा सन् १९९४ मा भएको हो । विवाहअघि नै पीएचडीसम्मको अध्ययन सिध्याएर आरजू सामाजिक अभियन्ता बनिसक्नुभएको थियो । अहिले कांग्रेसको महासमिति सदस्यमात्रै रहेकी आरजु एनजीओमार्फत प्रसुती एवं सुरक्षित मातृत्वको क्षेत्रमा काम गरिरहनुभएको छ ।
काठमाडौंको सम्भ्रान्त राणा परिवारमा जन्मेर डडेल्धुराजस्तो विकट जिल्लाका देउवासँग विवाह नगरेको भए आरजूलाई कर्णाली क्षेत्रको दुःखबारे शायदै जानकारी हुने थियो । ‘पहिलोपटक १९९४ मा सुदुर पश्चिम गएकी हुँ । मलाई त ‘शक’ भयो । मलाई ४/५ सय वर्ष पछाडि गएको जस्तो लाग्यो ।’ आरजूको अनुभव छ, ‘शायद उहाँसँग बिहे नगरेको भए म जीवनमामा कर्णालीको पुल तर्ने थिइँन होला । ‘
तपाई राजनीतिमा लाग्नुको कारण के हो ?
- मैले सामाजिक काम त पहिलेदेखि नै गरेकी हुँ । १९८९/९० देखि नै मैले सामाजिक काम गरेको हो । त्यो भन्दा पहिले कलेजमा हुँदा पनि गर्थें । सामाजिक कामले नै राजनीतिमा जान प्रेरणा पाएको हो ।
जनताले अवसर र राम्रो सेवा पाउने/नपाउने भन्ने कुरा राजनीतिले नै गाइड गर्दोरहेछ । कुशासन भयो भने, नीतिहरु राम्रो भएन भने जनताको जीवनमा कसरी असर गर्छ भन्ने कुराचाहिँ मलाई सामाजिक कामले सिकाएको हो । यही कारणले राजनीतिमा लागेको हो ।
कलेज कहाँ पढ्नुभएको हो ?
- कलेज इण्डियामा पढेको हो । हाम्रो कलेजले पनि हामीलाई धेरै सामाजिक कामहरु गराउँथ्यो । त्यहाँ सिमलामा तिब्बतीयन शरणार्थीहरु आउनुहुन्थ्यो र हामीले उहाँहरुको क्याम्पमा गएर टेन्टहरु सफा गर्ने, बच्चाहरुलाई नुहाइदिने काम पनि गर्थ्यो । यसबाट पनि धेरै सिकियो । स्कुल चाहिँ मैले उही नेपालमै पढेको हो, सेन्ट मेरिज हो ।
कांग्रेसचाहिँ कसरी बन्नुभयो ?
- कांग्रेस त म बिहा गरेर भएकी हुँ । नेपालमा श्रीमानले जे-जे गर्‍यो, श्रीमतीको त्यही हुन्छ । सबैकुरा परिवर्तन हुन्छ, गोत्रै परिवर्तन हुन्छ । भनेपछि राजनीति त परिवर्तन नहुने कुरै भएन । श्रीमानकै पोलिटिक्सबाट म कांग्रेस भएको हो । विहेअघि मलाई कांग्रेसबारे केही पनि थाहा थिएन । वीपी कोइरालाको नाम सुनेकी थिएँ । गणेशमानको नाम सुनेको थिएँ, अरुको त नाम पनि सुनेको थिइँन । श्रीमानको जे पोलिटिक्स, श्रीमतीको पनि त्यही पोलिटिक्स । एउटा त यही नै भयो र अर्कोचाहिँ नेपाली कांग्रेसको जो विचार, सिद्धान्त र डेमाक्रेसीका लागि खेलेको भूमिका, बहुदलीय प्रजातन्त्र, संसदीय अभ्यास र जनतालाई सशक्त गराउनुपर्छ भन्ने जुन एजेन्डा छ, त्यसले पनि मलाई कांग्रेस बनाएर राख्यो ।
आमा प्रतिभा राणा र तपाई दुबैजना राजनीतिमा लाग्नुभएको छ, आमाले छोरीलाई प्रभाव पारेको कि छोरीले आमालाई ?
- मेरो मुमा त पहिल्यैदेखि राजनीतिमा हो । उहाँको पनि पृष्ठभूमि समाजिक कार्यकर्ता नै हो । ०४६ मा राजनीतिक परिवर्तन हुनेवित्तिकै पञ्चालयत कालका नेताहरुले उहाँलाई राजनीतिमा सक्रिय गराउन धेरै प्रयत्न गरे । मेरो भाइ र मैले पञ्चहरुको पार्टीमा प्रवेश नगर भनेर धेरै करायौं । तर, वहाँलाई बाध्यता पनि भयो । तर वहाँ पनि डेमोक्रेटिक विचारकै मान्छे हो । पोलिटिक्समा वहाँ म भन्दा सिनियर हो ।
तपाई खान्दानी परिवारमा हुर्किएको मान्छे, राजनीतिमा लागेपछि गाउँको मैलाधैला मान्छेहरुसँग पनि उठबस गर्नुपर्ने हुन्छ, यस्तो अवस्थामा अप्ठ्यारो महसुस हुँदैन ?
- मलाई त्यस्तो अप्ठ्यारो भएन । म युनिभर्सिटीबाट फर्केपछि विकासको कार्यकर्ता बनें । विकासको काम गरेको ४/५ वर्षपछि मेरो विवाह भएको हो । वहाँसँग विवाह गर्नुभन्दा अगाडि नै मैले नेपालको ग्रामीण अवस्था के छ भनेर राम्रैसँग बुझिसकेकी थिएँ ।
पहिलोचोटि फिल्ड गएको घटनाचाहिँ म कहिल्यै बिर्सिन्न । चापागाउँ फिल्डमा गएको, राति हामीलाई सुकुलमा सुताए । हामी स्लिपिङ ब्याग लिएर गएका थियौं, त्यहाँ त उपियाँ हात्तीजत्रै रहेछन् ! रातभर सुत्न सकिएन । उडुस पनि थियो कि क्या हो, उपियाँचाहिँ मैले देखें । त्यो मेरो पहिलो फिल्ड भिजिट थियो । त्यसपछि धेरै ठाउँमा गइयो । पछि आइयूसिएनमा पनि काम गर्दा लमजुङ स्याङ्जातिर पनि पुगें । यो १९९० तिरकै कुरा हो । मेरो विवाह १९९४ मा भएको हो । त्यसैले बिहे गर्नुभन्दा अगाडि नै मलाई नेपालको गाउँको अवस्था धेरै थाहा भैसकेको थियो । म फिल्डमा त अहिले पनि धेरै जान्छु । मेरो एनजिओले ३०/३५ वटा जिल्लामा अहिले पनि कार्यक्रमहरु गरिराखेको छ ।
तपाईले भनेजस्तो म कहिलेकाँहि फिल्डमा त जान्थें, तर मेरो धेरै काम चाहिँ पोलिसी लेबलमै हुन्थ्यो । पढ्ने, लेख्ने । पीएचडी मैले १९८९ मै सिध्याइसकेकी थिएँ । तर, बिहा गरेपछि मलाई मेरो श्रीमानले के च्यालेन्ज गर्नुभयो भने साँच्चै सामाजिक काम गर्ने हो भने गाउँ महिलाहरुलाई परिवर्तन गरेर देखा, पत्रिकामा मात्रै आउने र टीभीमा मुख देखाउने मात्रै नगर् । यसो भनेर उहाँले मलाई च्यालेञ्जै गरेको हो । त्यसपछि मलाई च्यालेञ्ज नै गरेको हो त भनेर मैले सुदुरपश्चिममा काम गर्न थालेकी हुँ । १९९४ मा बिहे भयो, १९९५ देखि काम गर्न थाले ।
शहरको मान्छे, पहिलोचोटि सुदुरपश्चिममा पाइला टेक्दा कस्तो अनुभूति भयो ?
- पहिलोपटक १९९४ मा सुदुर पश्चिम गएकी हुँ । मलाई त ‘सक’ भयो । मलाई ४/वर्ष पछाडि गएको जस्तो लाग्यो । शायद उहाँ (देउवा) सँग विहा नगरेको भए म लाइफमा कर्णालीको पुल पनि तर्ने थिइँन होला । पहिलोचोटि जाँदाखेरि त मलाई अर्कै शताब्दीमा पुगेको जस्तो लाग्यो । छुवाछुत प्रथा, महिलाहरुको स्थिति, स्कुलमा गयो भने बालिकाहरु नहुने । यस्तो थियो । तर, अहिले गयो भने एकदम खुशी लाग्छ । अहिले त्यहाँ धेरै चेञ्ज भयो । अहिले ७० प्रतिशत भन्दा बढी केटीहरु पढ्छन् । बाटो छ, स्कुल क्याम्पसहरु गए । स्वास्थ्य संस्थाहरु गए । धेरै नै परिवर्तन भएको हेर्न पाएँ जीवनमा । पहिलोचोटि जाँदा त मलाई कहाँ गएँ, कहा गएँ जस्तो लाग्यो ।
तपाईको एनजिओले यतिबेला के गर्दैछ ?
- मेरा २/३ वटा एनजीओहरु छन् । त्यसमध्ये एउटाचाहिँ सुरक्षित मातृत्व सञ्जाल महासंघ छ । ७२ जिल्लामा यसका सदस्य छन् । यो एनजिओ स्थापना भएको १९९६ देखि हो । अहिलेसम्म हामीले ३०/४० जिल्लामा कार्यक्रम गरिसक्यौं होला । प्रजनन स्वास्थ्यसम्बन्धी नै धेरै कार्यक्रम छ हाम्रो । अहिले हामीले कालीकोट जिल्लामा ५ वटा प्रसुती गृह बनाइराखेका छौं । पोहोर साल हामीले दैलेखमा ६ वटा बनायौं । त्यस्तै गरेर तेह्रथुम, मोरंग, सुनसरी, रौतहट र सप्तरीमा हामीले सुरक्षित मातृत्वसम्बन्धी कार्यक्रम चलाइराखेका छौं । यो कार्यक्रम हाम्रो पूर्वी तराईतिर धेरै छ । अर्को साता हामी जाजरकोट पनि जाँदैछौं ।
यसक्रममा हामीले के अनुभव गर्यौं भने हाम्रो कार्यक्रमबाट जनताले सुसुचित हुने र सेवा पनि पाउने तर त्यो सेवाचाहिँ स्तरीय नहुने । यस्तो देखेपछि हामीले ७५ वटै जिल्लामा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्यौं । सरकारले जेमा बजेट हालेको छ, त्यो साँच्चै जनतामा पुगेको छ कि छैन ? लक्षित समूहले पाएको छ कि छैन ? यसविषयमा सार्वजनिक सुनुवाइ गरेपछि हामीले के पायौं भने कति ठाउँमा जनतालाई कति बजेट आउनुपर्छ वा आएको छ भन्ने थाहै छैन । हामीले रोल्पा, रुकुम र सल्यानमा पनि कार्यक्रम गरेका थियौं । त्यहाँ सरकारले स्वास्थ्य सेवा दिँदा कस्तो औषधि केमा हालेर पठाउने भन्ने जनतालाई थाहै छैन । जनताले थाहा पाए भने त कराउन थाल्छन्, खोइ त हाम्रो आएन भनेर । हामीले त्यहाँ गएर जनतालाई सुसुचित गर्यौं, तिमीहरुको हक यो हो, जनतालाई तिमीहरुका नाममा यति पैसा हालेको छ । तपाईहरु स्वास्थ्यचौकीमा गएर भन्नोस्, खै त हाम्रो औषधि ? हामीले जनतालाई यसरी सिकाउने काम पनि गर्यौं । सरकारकौ कर्मचारीसँग मिलेर स्वास्थ्य संस्था कसरी राम्रोसँग चलाउने भन्ने पनि गर्यौं । हामी यस्तै कार्यक्रमहरु गरिराखेका छौं । यसबाट हामीलाई के अनुभव भयो भने सरकारसँग भएको नीति कार्यक्रमबारे जनतालाई थाहा हुनुपर्दोरहेछ । सरकारबाट कार्यक्रम गए पनि गुणस्तरीय नजाँदो रहेछ । एउटा जिल्लामा त के देखियो भने टीनको बाकसमा हालेर लानुपर्ने औषधि बोरामा हालेर पठाउने अनि बाकसको पैसा कर्मचारीले चोखै खाने । जनताले बाकस खै भनेर सोध्ने कुरा पनि भएन । त्यसैले सरकारले के कार्यक्रम हालेको छ भन्ने कुरा पारदर्शी र खुला हुनुपर्दोरहेछ भन्ने मैले थाहा पाएँ । यसको फिडब्याक हामी नेपाल सरकारलाई पनि दिन्छौं । सबै सचिव डीजीहरु भ्रष्ट र खराब नियतका हुनुहुन्न । रत, उहाँहरुलाई पनि ‘फिडब्याक’ दिने ‘मेकानिज्म’ छैन । हामीले यस्तो फिडब्याक दिने काम गरिरहेका छौं । हामीले प्रजनन स्वाथ्य र सुरक्षित र सम्मानित मातृत्वलाई कानूनी रुपमै महिला अधिकारको रुपमा स्थापित गर्न कानूनको ड्राफ्ट पनि बनाइसकेका छौं । हामीले सरकारलाई यो ड्राफ्ट सन् २०१० मै बुझाएको हो । त्योबेला स्वास्थ्मन्त्री उमाकान्त चौधरी हुनुहुन्थ्यो । प्रेमबहादुर सिंह कानुनमन्त्री हुनुहुन्थ्यो, वहाँहरुलाई बुझाएको हो । यसलाई अहिले मन्त्रीले क्याबिनेटमा लाँदैछन् ।
यहाँले एनजिओबाट यतिधेरै अनुभव गर्नुभएछ । जनताको प्रत्यक्ष जीवनसँग जोडिएका यस्ता काम राजनीतिक दलका नेता कार्यकर्ताले गर्नुपर्ने हो कि होइन ? यहाँ आफैं राजनीतिक व्यक्ति पनि हो….
पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोस
   
- राजनीति गर्नेहरुले धरातलीय यथार्थता थाहा पाए भने त त्यो धेरै राम्रो कुरा हो । यथार्थता थाहा पाउने तर नगर्नेहरु पनि छन् । मैले प्रधानमन्त्रीकी श्रीमती भएर पनि हेरें । धेरै मन्त्रीहरुसँग संगत गरें । धेरै मान्छेहरु नेपालमा मन्त्री भएपछि २/३ महिनासम्म अल्मलिन्छन् । मन्त्री नै के हो भनेर अल्मलिँदा अल्मलिँदै आधा समय बितिहाल्छ । हाम्रो नेपालमा सिस्टमै रहेन छ । भोलि स्याडो मिनिस्टर (छायाँ मन्त्री) को हुन्छ भन्ने पार्टीहरुमा सिस्टमै छैन । अनि नयाँ मन्त्री ग्ल्यामरमा रमाउँछ । पत्रकारहरु आउँछन्, भेट्न आउनेहरुले फूल दिन्छन्, त्यसपछि भ्रमण गर्न थाल्छ । अनि मन्त्रालयका बारेमा थाहा पाउन लाग्दालाग्दै सरकारै खुस्किइहाल्छ । अर्काथरि केही चाहिँ मन्त्री हुनासाथ तत्कालै कर्मचारीहरुको सरुवा बढुवातिर लाग्छन् । कार्यकर्ताले पनि उनीहरुलाई दाइ, भाउजू भन्दै धेरै प्रेसर गर्छन् । अनि उनीहरुको सरुवा बढुवामै समय जान्छ । कोही मन्त्रीहरुचाहिँ पहिल्यै अध्ययन गरेका हुन्छन् । उनीहरु एकदमै सिररियस हुन्छन् । त्यस्ता मन्त्रीहरु पनि मैले देखेकी छु । काम गर्न चाहने मन्त्रीले गर्न सक्छ । त्यस्ता मन्त्रीलाई पछिसम्म पनि सबैले सम्झन्छन् ।
तपाई आफूचाहिँ पार्टीमा बढी समय दिनुको साटो एनजिओमा बढी समय लाग्नुको कारण के नि ?
- मेरो पार्टीमा के भूमिका छ र मैले टाइम दिनुपर्ने ? म त महासमिति सदस्यमात्रै हो । महासमिति सदस्यको त केही भूमिकै हुँदैन, भोट हाल्ने बेलामा मात्रै हो । अधिवेशनमा हाम्रो भूमिका आउँछ । चुनावमा ‘क्याम्पेनिङ’ गर्न जानुपर्छ । त्योबाहेक पार्टीमा मेरो भूमिका छैन ।
पार्टीमा आफैंले भूमिका लिन नखोजेको कि नेताहरुले नदिएको ?
म त भन्छु, नदिएकै हो । सभासद हुँदा पनि मलाई पार्टीले एउटा लोकल बैठकमा पनि पठाएन । किन पठाइएन, जसले नपठाएको हो, उसैलाई सोध्नोस् । म त जान तयारै थिएँ । तर, महिलाहरुलाई राजनीतिमा गाह्रो छ । चाकडी धेरै गर्नुपर्छ । चाकडी नगर्ने महिलाहरुलाई राजनीतिमा धेरै अप्ठ्यारो छ ।
कांग्रेसका महिला नेतृहरुमा सुजाता कोइराला, चित्रलेखा यादवजस्तै आरजू राणाको पनि नाम आउनुपर्ने होइन र ?
- पार्टीले ठाउँ दिनुपर्‍यो नि । पार्टीले ठाउँ दियो भने म आउँछु । तर, पार्टीमा माहौल हुनुपर्यो । मलाई पार्टीमा मान्छेले शेरबहादुर देउवाको श्रीमतीका रुपमा मात्रै देख्छन् । नेताका रुपमा देख्न चाहँदैनन् कि खोज्दैनन् मलाई थाहा छैन । पितृसत्तावादी सोच छ । सभासद हुँदाखेरि पनि यो फलानोको श्रीमती भएर आएकी हो भन्ने धेरै सुनियो । यस्तो सुनेर मलाई वाक्क लाग्छ । यस्तो सुनेपछि मलाई के लाग्छ भने मलाई पार्टीको प्लेटर्फम पनि चाहिँदैन, जुन प्लेटर्फम भए पनि हुन्छ । मेरो इच्छा जनताका लागि काम गर्ने हो । मैले पाटीृको प्लेट र्फम नहुँदा पनि नीतिका लागि लविङ गरिराखेकै थिएँ । ७५ वटै जिल्लामा कुनै पनि गाउँमा गएर काम गर्नका लागि पार्टीकै प्लेटर्फम चाहिँदैन । त्यसैले मलाई पार्टीले गर्नैपर्छ भनेर नलागेको हुन सक्छ ।
कहिलेकाहीँ त हिसिला यमीको पनि याद आउँछ होला हैन ?
- मैले हिसिलालाई भनेकी थिएँ । श्रीमान प्रधानमन्त्री हुँदा के अनुभव गर्नुभयो दिदी भनेर उहाँले सोध्नुभएको थियो । मैले उहाँलाई भनेकी थिएँ, श्रीमान प्रधानमन्त्री भएपछि तपाई ‘इनभिजिवल’ रहन सक्नुभयो भने विवादमा आउनुहुन्न । धेरै अगाडि आउन खोज्नुभयो भने विवादमा पर्नुहुन्छ भनेकी थिएँ, उहाँ विवादमा पर्नु पनि भयो । किनभने नेपालमा पितृसत्तात्मक सोच छ हेर्नोस् । श्रीमानको पोष्ट हुँदाहुँदै श्रीमती अगाडि आएको यहाँ कसैले पनि देख्न चाहँदैन । यद्यपि हिसिला यमी भनेको आफैंमा सक्षम र धेरै खारिएको राजनीतिज्ञ हो । तर, वहाँलाई कति धेरै नेगेटिभ प्रेस पर्यो । यो चाहिँ नेपालको मनस्थिति हो । म पुरुषलाई मात्रै भन्दिँन, यो महिलाहरुको पनि मनस्थिति हो । त्यसैले एक हदमा मैले यो पनि बुझेर त्यति आफूलाई पोट्रेट पनि गर्न चाहँदिन । मैले आफूलाई धेरै पोट्रेट गरें भने मेरा श्रीमानसँग रिस फेर्नेहरुले श्रीमतीलाई अगाडि सारेर रीस फेर्छन् । ऊ, श्रीमतीलाई कस्तो प्रोमोट गरेको छ, हेर त भन्छन् । हाम्रो नेपाली समाज त्यो हो । त्यसकारणले म अगाडि नबढेकै हो र आफूलाई अलिकति ब्याक गरेकै हो ।
महिलाहरुले धेरै ‘इन्टरफेयर’ गरेको हाम्रो समाजलाई सैह्य हुँदैन । समाजलाई पचाउन धेरै गाह्रो छ । समाजमा श्रीमतीले धेरै बोल्यो भने श्रीमानलाई जोइठिंग्रे भन्न थाल्छन् । यस्तो परिस्थिति किन जन्माउने ? यो त मैले बुझ्नुपर्यो नि । मैले शेरबहादुर देउवासँग विवाह गर्दा नेता हुन्छु भनेर गरेकी हैन, उहाँकी श्रीमती हुन्छु भनेर विवाह गरेकी हुँ । त्यसैले उहाँलाई अप्ठयारो पार्न चाहन्न । पोलिटिक्स त उहाँको करिअर हो । मेरो सेकेन्ड्री करिअर हो । मैले गर्नुपर्ने काम गरिराखेकी छु । मैले सुरक्षित मातृत्वमा काम गरेको धेरै वर्ष भयो । यसको रिजल्ट पनि देखिइराखेको छ । अन्तरराष्ट्रिय रुपमा पनि मान्छेले मेरो कामलाई सह्राना गरेका छन् । तर, मलाई स्वास्थ्यमन्त्री बन्नु छैन । मलाई बनाऊ कि बनाऊ भनेकी भए बन्थें पनि होला । तर, मन्त्री बन्नु ‘भेरी रिस्की इन नेपाल ।’ कार्यकर्ताले भनेको सबै काम गर्न पनि सकिन्न ।
अहिलेको राजनीतिलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
- अहिले हामी सँघारमा छौं । यहाँसम्म आइपुगेको राजनीतिक पार्टीहरुको बेमेलकै कारणबाट हो । एउटा कुनै नाममा सहमतिमा पुगेको भए हामीले कर्मचारीहरुको सरकार ब्यहोर्नुपर्ने थिएन । म यसलाई सिनेमाको मध्यान्तरका रुपमा हेर्छु, यो ‘इन्टरभल’ पछि सिनेमा कतातिर जान्छ, कहानीमा परिवर्तन आउँछ कि आउँदैन भनेर हामी सबैले ठूलो कौतुहलका साथ हेरिरहेका छौं । मलाई लाग्छ, चुनाव चाहिँ हुन्छ । किनभने रसरकारमा बसेका धेरैलाई चिन्छु । उहाँहरुलाई धेरै समय सरकारमा बसिरहने इच्छा छैन । तर, बल दलहरुकै कोर्टमा छ । दलहरुले छिटो चुनाबमा जाने कोशिस गर्नुपर्छ । बाहिर बस्नेहरुले पनि के सोच्नुपर्छ भने चुनावमा नआएर उहाँहरुको एजेन्डा कहिले पूरा हुन्छ ? । राजनीतिमा ‘लिटमस’ परीक्षण भनेको जनताको भोट हो । आफ्नो विचार सही हो कि गलत भन्ने कुरा पनि चुनावमा गएपछि मात्रै थाहा हुन्छ । त्यसैले चुनाव हुन्छ र गुर्न पनि पर्छ । चुनाव गर्न सकेनौं भने हाम्रो देश साँच्चिकै असफल राष्ट्र बन्छ ।
पछिल्लो समय नेपाली कांग्रेसमा आएको उतार चढावबारे तपाईको बुझाइ के छ ?
- कांग्रेस पार्टीमा नेताहरु धेरै डेमोक्रेट्स पनि छन् । तर, कहिले-कहिले विश्लेषणको कमी पनि भएको जस्तो लाग्छ । राजनीतिमा परिस्थितिको विश्लेषण चाहिँ अलि लामो समयकै गर्नुपर्छ । तातै खाऔं जली मरौं हुँदै राजनीतिमा । मैले विवाह गरेको १९ वर्षमा मेरा श्रीमानबाट सिकेको कुरा पनि यही हो । राजनीतिमा आजभन्दा १०/१५ वर्ष पछाडि के हुन्छ, त्यो सोच्नुपर्दोरहेछ । कतिपयउ नेताहरुले मिडियामा बाइट दिने रहर गर्दा पनि फस्छन् । कति नेतालाई पत्रकार देख्दा बोलौं बोलौं लागिहाल्छ । नेपाली कांग्रेसमा नेताहरु विभिन्न दिशातिर फर्किए पनि उहाँहरुको विचारमा एक ढिक्का छन् । मानवअधिकार, डेमोक्रेसी, बहुदलीय प्रतिश्पर्धा, आवधिक निर्वाचन आदिमा कांग्रेस नेताहरु समर्पितै छन् । पार्टीको विचारमा ह्रास आएको छैन ।
कांग्रेस सभापति सुशील कोइराला र देउवावीच भइरहेको द्वन्द्वले पार्टीमा समस्या आएको भनिन्छ नि ?
- त्यो चाहिँ नेताहरुलाई नै सोध्नोस् । म केन्द्रीय समितिमा छैन । हरेक संस्थामा विभिन्न विचार बोकेका मान्छे हुन्छन् र सबैको विचारबाट संस्था चल्छ । एउटैको विचार नै सर्वेसर्वा ठान्ने हो भने त त्यो लोकतन्त्र नै हैन । के कृष्ण भगवान हो र मान्छे ? एउटाले बोलेपछि त्यो नै सही हुने ?
भिडियो

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Blogger BOy

This blog contains the videos/movies and other contents availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we are not using these resources commercially. If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at xpress.edu@gmail.com. Love Nepali Music/Videos/Movies- STOP Piracy.... Thanks.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply

Select Menu