भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
एजेन्सी, साउन १४ गते । कुनै पनि देशको आफ्नै खालको अनौठो नियम कानुन हुन्छ । त्यस्ता नियम कानुनले त्यहाँको समाजलाई व्यवस्थित बनाउन सहयोग गरिरहेको हुन्छ । यस्तै अनौठो नियम छ जर्जियाको ।
जर्जियाका युवतीले विवाहका लागि आफू कुमारी रहेको प्रमाणपत्र पेस गर्नुपर्छ । उक्त प्रमाणपत्र जर्जियामा ‘द इन्डिपेन्डेन्ट राष्ट्रिय फरेन्सिक ब्युरो’ले युवतीको परीक्षण पछि जारी गर्दछ । परीक्षणका लागि युवतीले ६९ पाउन्ड अर्थात् दश हजार रुपैयाँ तिर्नु गर्दछ ।
इसाई परम्परा अनुसार विवाह पूर्व युवती कुमारी हुनु आवश्यक छ । परम्परा अनुसार कुमारी नभएकी युवतीले विवाह गरे सो घरमा अनिष्ट हुने बताइन्छ । यस्तो अनिष्ट हुने विश्वासका कारण त्यहाँ युवतीलाई विवाह पूर्व अनिवार्य कुमारित्व परीक्षण गराइन्छ ।
यस्तो नियमबाट जर्जियाली खुसी नभएको बताइन्छ । त्यहाँको इमेडी टिभीमा एक महिलाले कुमारित्व परीक्षण गर्ने कामलाई घृणित भनि टिप्पणी गरेकी छिन् । सामाजिक सञ्जाल तथा इन्तटरनेटमा यो परम्पराको चर्को विरोध हुँदै आएको छ ।
तर, परीक्षण गर्ने निकायले भने आलोचनाले खासै फरक नपार्ने बताएको छ । उक्त निकायले छिटो प्रमाणपत्र चाहिनेलाई दोब्बर दस्तुर तिरेर दिन सक्ने बताएको छ ।
No comments