विदेशमा उपचार गर्नुभन्दा स्वदेशमै मर्नु जाति : पूर्वकमाण्डर
२४ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीका पूर्वसैन्य कमान्डर एवं केन्द्रीय नेता नन्दकिशोर पुन गतसाता पेरिसडाँडामा आयोजित घम्साघम्सीपूर्ण बैठकमा सहभागी हुनुभएन । कतिपयले पासाङ किन आउनुभएन भनेर सोधीखोजी गरे । तर, पूर्वकमाण्डर पासाङचाहिँ त्यसदिन राजधानीकै एक अस्पतालमा उपचार गराइरहनुभएको थियो ।
Pasangबैठक सकिएपछि एमाओवादी अध्यक्ष प्रचण्ड यतिबेला श्रीमती सीताको उपचारका लागि सिंगापुर जानुभएको छ । पेट दुखेका कारण राष्ट्रपति डा. रामवरण यादव ६० लाख खर्च गरेर जापानबाट फर्किनुभएको छ । तर, दुईवटै मृगौलामा समस्या देखिनुका साथै उच्च रक्तचाप एवं अल्सरको सामना गरिरहेका पासाङ भने उपचारका लागि विदेश नजाने, स्वदेशमै मर्ने अडानमा हुनुहुन्छ ।
‘पार्टीले उपचारका लागि विदेश लाने प्रस्ताव त पटक-पटक राखेको हो तर उहाँले मान्नुभएको छैन’, पासाङका कान्छा छोरा दीपेश पुनले बुबाको भनाइ उदृत गर्दै अनलाइनखबरसँग भन्नुभयो-’पहिल्यै मर्न भनेर हिँडेको हुँ, यो नाफाको जिन्दगी स्वदेशमै उपचार गर्दा निको भए हुन्छ, नभए म विदेश जान्न स्वदेशमै मर्छु ।’
जनयुद्धकालमा अन्य नेताहरु भारतमा आश्रय लिएर बसे पनि पासाङ स्वदेशमै बसेको दीपेशले बताउनुभयो । उहाँका अनुसार जनयुद्धकालमा पासाङलाई हातमा गोली लागेको थियो । उपचार गर्ने ठाउँ नभएकाले घाइते अवस्थामा रातभरि हिँड्दा अत्यधीक रक्तश्राव भएपछि उहाँको शरीर बिगि्रएको छोराको भनाइ छ ।
‘कोही श्रीमती बिरामी हुँदा सिंगापुर जान्छन्, कोही केही नभई जापान जान्छन्, तर हाम्रा बूढा दुइवटै मृगौलामा समस्या हुँदा पनि विदेश जान्न भन्दै बसेका छन् ।’- पासाङपुत्र दिपेशले भन्नुभयो-’आजकल स्वास्थ्यकै कारण बुबा राजनीतिमा सक्रिय हुन सक्नुभएको छैन ।’
पासाङको नियमित स्वास्थ्य परीक्षण एमाओवादी नेता हरिबोल गजुरेलका भाइ डा. दामोदर गजुरेलले गर्दै आउनुभएको छ । डा. गजुरेल एमाओवादी अध्यक्ष प्रचण्डका पनि चिकित्सक हुनुहुन्छ ।

No comments