३० असार,रुकुम । रुकुम सदरमुकाम खलङ्गासहित जिल्लाका आठवटा गाविस हप्तादिनदेखि अन्धकार भएका छन् । बाँफिकोट-८ भाग्लेमा रहेको विद्युत् उत्पादनगृहमा रहेको उपकरणमा खराबी आएपछि आठ गाविस बिजुलीविहीन बनेका हुन् । यही असार २१ गते बिहान उपकरणमा एक्कासी खराबी आएपछि रुकुमेलीहरु विद्युत् भार कटौतीको चरम मारमा परेका छन् । सो उपकरण मर्मत नभएसम्म जिल्ला सदरमुकाम खलङ्गा, छिवाङ, स्यालापाखा, झुला, बाँफिकोट, पिपल, पोखरा र रुकुमकोट गाविसका उपभोक्ताले हरेक दिन २० घन्टा विद्युत् भार कटौती खेपिरहेका छन् ।
हाल चालु अवस्थामा रहेको उपकरणलाई चौबिसै घन्टा चलाउन नमिल्ने भएपछि विद्युत् कटौती गरिएको रुकुमेली विद्युत् ऊर्जा विकास उपभोक्ता समितिका अध्यक्ष जोखबहादुर मल्लले बताउनुभयो । मेसिन चिस्याउँदै चलाउनुपर्ने भएकाले विद्युत् भार कटौतीको समय बढेको अध्यक्ष मल्लको भनाइ छ । बिगि्रएको उपकरण मर्मतका लागि नेपालगन्ज पठाइएको सो समितिअन्तर्गतको खलङ्गा केन्द्रका इन्चार्ज रामबहादुर केसीले जानकारी दिनुभयो ।
उपभोक्ता समितिसँग भएका तीनवटा मेसिनमध्ये दुईवटा बिगि्रएका छन् भने एउटामात्र सञ्चालनमा रहेको छ । पहिलोपटक बिगि्रएको मेसिन मर्मत नगर्दै अर्को मेसिन बिगि्रएपछि समस्या भएको समितिले बताएको छ । उपभोक्ताले भने समितिकै लापरबाहीका कारण २/२ वटा मेसिन सँगै बिगि्रएको आरोप लगाएका छन् । विद्युत् भार कटौतीसँगै जिल्लामा सञ्चालित दुईवटा एफएमले आˆनो प्रसारण अवधि छोटयाएका छन् भने जिल्लामा व्यापार व्यवसाय पनि घटेको छ । रासस

No comments