Health/Sex

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

» » काजीको घरमा जाने हो ? गेटबाटै विचार गर्नोस् !

School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result

एमाओवादी नेता नारायणकाजीको निवासभरि नारैनारा


२६ असार, काठमाडौं । के तपाई एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) लाई भेट्न ललितपुरको हरिसिद्धीस्थित उहाँको निवासमा जाँदै हुनुहुन्छ ? यदि जाँदै हुनुहुन्छ भने घरमा पस्नुअगावै गेटैमा लेखिएको ‘बडापत्र’ ध्यानपूर्वक अध्ययन गर्नुपर्ने हुन्छ । सरकारी कार्यालयको नागरिक बडापत्रजस्तै देखिने ठूलो बोर्डमा ‘स्वागत- अभिवादन’ शीर्षकमा छ बुँदे विवरण उल्लेख गरिएको छ । यी बुँदाहरु पढिसकेर गेटभित्र छिर्नुभयो भने तपाईले अर्को विचित्र दृश्य देख्न पाउनुहुनेछ ।
उपाध्यक्ष श्रेष्ठको घरमा पूर्व जानकारीविना समय कटाउनका लागिमात्रै जाने विचार गर्नुभएको छ भने तपाईले कुनै कष्ट नगर्नुभए हुन्छ । गेटमा टाँगिएको बोर्डको पहिलो बुँदामा नै स्पष्ट भनिएको छ,’समयको महत्व बुझेर पहिले नै समय निश्चित गरेर समयमै आउनुभएकोमा धन्यवाद एवं स्वागत छ ।’उपाध्यक्ष श्रेष्ठलाई कुनै भनसुन गराउन, जागिर माग्न वा गलत काम गराउनका लागि तपाई भेट्न खोज्नुभएको छ भने गेटैबाट बडापत्र पढेर फर्किनुभए हुन्छ । किनभने ६ बुँदे बडापत्रको अन्त्यमा लेखिएको छ-’हामीजस्तै अरु कसैको हक हित खोसेर, उसको नोक्सानीको मूल्यमा आफ्ना निजी स्वार्थका लागि पक्षपातपूर्ण भनसुन गराउन वा कुनै गलत बेठीक काम गराउन आउनुभएको होइन भन्ने कुरामा म विश्वस्त छु । तपाईको त्यो सदगुणका लागि साधुवाद र स्वागत छ ।’
गेट छिचोलेर प्रहरीको चेकिङ पार गरेपछि तपाई भित्र पस्न सफल हुनुभयो भने तपाईले त्यहाँ घरअगाडि फूलबारी र वगैंचा देख्न सक्नुहुने छ । वगैंचामा फूलसँगै वरिपरिको भित्तामा नेपाली र अंग्रेजी भाषामा नारै नारा देख्न सक्नुहुनेछ । तर, नारा भन्नाले एमाओवादी जिन्दावाद वा कुनै पार्टीलाई मूर्दावाद लेखिएको भने विल्कुल होइन । बरु गौतम वुद्ध, मार्क्स, लेनिन, चेग्वेभारा, दार्शनिक सुकरात, अल्बर्ट आइन्सटाइन र गीताको महत्वपूर्ण भनाइहरुसमेत भित्तामा कोरिएको पढ्न पाइन्छ ।
वगैचामा कांक्रोसमेत फल्ने तरखरमा छ भने हरियो दूबो मौलाइरहेको छ । गुलाब र सयपत्री अनि विभिन्न रंगका फूलहरु फुलिरहेको मनमोहक दृश्य देखिन्छ ।एमाओवादी उपाध्यक्ष श्रेष्ठ केही न केही नयाँ काम गरेर चर्चामा आइरहनुहुन्छ । संविधानसभा विघटन हुने दिन उहाँ बालुवाटारमा आँखाबाट आँशु नै निकालेर उहाँ रुनुभएको थियो । परराष्ट्रमन्त्री छँदा उहाँले कुटनीतिक भेटघाटलाई व्यवस्थित गर्ने प्रयास गर्नुभयो । तर, त्यसमा त्यति सफल हुन सक्नुभएन ।मन्त्रीबाट हटिसकेपछि पनि उहाँले केही न केही नयाँ पारा झिकेर दिनचर्या बिताइरहनुभएको उहाँको निवास वरिपरिको दृश्यले स्पष्ट पार्छ । पहिले ललितपुर झम्सीखेलको एउटा साँघुरो घरमा बस्ने नारायणकाजी अहिले हरिसिद्धिको फराकिलो घरमा सर्नुभएको छ । तर, यो घर उहाँको निजी नभएर भाडामा लिइएको हो । तपाईहरुलाई लाग्दो हो अविवाहित एवं ब्रह्मचारी जोगीजस्ता श्रेष्ठ घरमा एक्लै हुनुपर्ने हो । तर, उहिलेका काजी साहेबका घरमाजस्तै उहाँको घरमा पनि रेखदेख गर्ने र भेटघाट गर्नेहरुको घुईंचो नै लाग्ने गर्दछ । पूर्वउपप्रधानमन्त्रीसमेत हुनुभएकाले गेटमा बन्दूकधारी सुरक्षाकर्मी पनि हुने नै भए । पार्टीको जिम्मेवार नेता भएकाले भेट्न आउनेहरुको दिनभरि नै चलह-पहल भइरहन्छ ।तर अरु नेताको भन्दा नारायणकाजीको निवास अलि फरक बनाएको छ यी आदर्शवादी नारा र उद्गारले । यो वा त्यो काम लिएर पुग्ने, अनावश्यक दबाब र प्रभाव पार्न खोज्ने आगन्तुकहरुबाट हैरान भएर होला उहाँले त्यस्ता मान्छेका लागि गेटैमा सजक गराउनुभएको ।
‘भित्तामा किन यसरी विभिन्न विद्वानका भनाइ लेखाउनुभएको ?’ अनलाइनखबरको प्रश्नमा उपाध्यक्ष श्रेष्ठले भन्नुभयो- ‘घरमा आउने पाहुनाहरुले एकैछिन अल्मलिनुपर्दा अनावश्यक कुरा सोच्नुको साटो एकैछिन भए पनि राम्रा विचारहरु पढुन् र उनीहरुमा सदविचार आओस् भनेर यसो गरिएको हो ।अनलाइनखबरको टोली विदा भएर घरबाट फर्किने बेलामा उपाध्यक्ष श्रेष्ठले गेटको बोर्डमा लेखिएको अन्तिम बुँदा देखाउँदै सो बुँदा पढिदिन विशेष आग्रह गर्नुभयो ।








SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Blogger BOy

This blog contains the videos/movies and other contents availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we are not using these resources commercially. If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at xpress.edu@gmail.com. Love Nepali Music/Videos/Movies- STOP Piracy.... Thanks.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply

Select Menu