Health/Sex

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

» » वेबसाइटलाई गुगलको रोक

School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result

अरु आमसञ्चार माध्यमका लागि जस्तै वेबसाइट तथा ब्लग चलाउनेहरुका लागि आमदानी र आशको एउटै मात्र केन्द्र हो विज्ञापन। वास्तवमा पत्रकारिता गर्ने वा मनोरञ्जन गराउने जे माध्यम भएपनि त्यसको सञ्चालनका लागि आवश्यक पर्ने खर्च जुटाउनका लागि विज्ञापनमा भर पर्नै पर्छ। शताब्दी देखी नै आमसञ्चारका माध्यमले त्यही मार्ग अपनाएका छन्। वेबसाइटहरुका लागि पनि त्यही कुरा लागु हुने हो। वेबसाइट तथा ब्लग चलाउनेहरुले विज्ञापनबाट राम्रो आशा राखेका हुन्छन्। चाहे त्यो यो स्थानिय बजारका सेवा वा उत्पादनका होस् या वहुराष्ट्रिय। विश्वमा धेरै यस्ता विज्ञापन सेवा प्रदायक छन् जसले वेबसाइटहरुका लागि विज्ञापन उपलब्ध गराउँछन्। सबै भन्दा धेरै कहलिएको हो इन्टरनेट कि गुगललको विज्ञापन सेवा गुगल एडसेन्स। नेपालमा वेबसाइट तथा ब्लग चलाउने धेरैले यसैबाट पैसा आउँछ भन्ने भ्रममा वेबसाइट खोलिरहेका तथा चलाइरहेका छन्। वास्तवमा नेपाली वेबसाइटका लागि भने गुगलले विज्ञापन दिँदैन। नेपाली भाषाका वेबसाइटहरुले गुगलले प्रदान गर्ने एचटीएमएल कोडलाई सम्पादन गरेर आफ्नो वेबसाइटमा देखाइरहेका छन्। जसले गर्दा समाचारको विषय भन्दा निक्कै फरक विज्ञापनहरु नेपाली वेबसाइटहरुमा देखिएको पाइन्छ। त्यसो त गुगलको विज्ञापनबाट केही डलर आम्दानी गर्नका लागि अरुको वेबसाइट तथा पुस्तकका सामग्री चोरेर जस्ताको तस्तै वा यौनिक सामग्री राख्नेहरु पनि कम छैनन्। वेबसाइट तथा ब्लग चलाउनेहरुले विज्ञापन र केही डलरको आमदानीका लागि गर्ने यस्तो खालको चलखेल गुगलको विज्ञापन सेवा नियमन गर्नेहरुलाई पत्तै नहुने भने होइन। असम्बन्धित विज्ञापन डिस्प्ले एवं चोरीका सामग्रीहरु राख्ने वेबसाइट तथा ब्लगहरुलाई गुगलले सर्च रिजल्टबाट हटाउने मात्र होइन वेबसाइटलाई गुगलको विज्ञापन सेवा लिनै नपाउने गरि रोक (ब्याण्ड) पनि लगाइदिन्छ।

नेपालका वेबसाइट चलाउनेहरु मात्र होइन विश्वभरका वेबसाइट तथा ब्लग सञ्चालकलाई गुगलले यसखालको रोक लगाइदिन्छ। विश्वको सबै भन्दा विश्वसनिय अनलाइन विज्ञापन सेवा प्रदायक भएका कारण गुगलको रोकलाई गम्भिर मानिन्छ। गुगलले विज्ञापनका लागि रोक लगाएका वेबसाइट बिक्रि पनि हुँदैनन्। त्यस्ता वेबसाइटको मूल्यांकन समेत थोरै हुन्छ। तीनलाई विज्ञापन दिने एजेन्सीहरुले पनि कम शुल्क र रेटमा मात्र विज्ञापन दिन्छन्। त्यसैले कुनै पनि वेबसाइट खरिद गर्नुभन्दा अगाडि यसखालको रोकका बारेमा जान्नु आवश्यक मानिन्छ। तपाइँ वेबसाइट वा ब्लग खोल्ने तथा चलाउने योजनामा हुनुहुन्छ या तपाइँको वेबसाइटको लागि गुगलको विज्ञापनका लागि पहल गर्दै हुनुहुन्छ भने तपाइँले गुगलले उक्त वेबसाइट (डोमेन)लाई रोक लागेको सूचिमा राखेको छ कि छैन त्यो जान्नु आवश्यक हुन्छ। त्यसका लागि विभिन्न अनलाइन टूलहरु उपलब्ध छन्। ती मध्ये दुर्इ यस्ता छन्। तर यी वेबसाइटले दिने जानकारी तपाइँको वेबसाइटको हो तपाइँको गुगल एडसेन्सको एकाउन्टको भने होइन।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Unknown

This blog contains the videos/movies and other contents availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we are not using these resources commercially. If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at xpress.edu@gmail.com. Love Nepali Music/Videos/Movies- STOP Piracy.... Thanks.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply

Select Menu