चिनियाँ कम्पनी हृयुवाइले विश्वकै सबैभन्दा पातलो फोन ल्याएको छ । लण्डामा लच्न गरिएको एन्ड्रोइड आधारित एसेन्ड पी ६ को मोटाई ६.१९ मिमी अर्थात ०.२४ इन्च छ । यसमा ५ मेगापिक्सल क्यामरा छ । कम्पनीले योफोन छिट्टै लोकप्रिय हुने दावी गरेको छ ।
फोनको स्क्रनि ४.७ इन्च चौडा छ, जुन एचटीसी वानसँग बराबरी छ तर, यो ०.१ इन्च बढी पातलो छ ।
साथै आइफोन ५ रअल्कोटेल वान आइडल अल्ट्राभन्दा पातलो छ । यसको तौल१२० ग्राम छ । यसको इन्टरनल मेमोरी ८ गीगाबाइट छ । थर, ३२ गीगाबाइट माइक्रोएसडी कार्ड पनि सपोर्ट गर्छ।
यो फोनको निर्माता हृयुवाइ टेलिकम उपकरण बनाउने चीनको सबैभन्दा ठूलो कम्पनी हो ।
यसको स्थापना १९८७मा भएको थियो ।
विश्लेषक एवं कन्सल्टेन्सी र्फम सीसीएस इनसाइटका शोक निर्देशक बेन वूडका अनुसार यो हृवावेको अहिदेसम्मको सबैभन्दा शानदार फोन हो । तर, यसले ४ जीलाई सपोर्ट गर्दैन, जसका कारण यसकेा बिक्रि वितरणप्रभावित हुनसक्छ ।


No comments