मानिस जहिले पनि अनौठा काम गरेर चर्चा कमाउन चाहन्छ तर सबैसँग त्यस्तो फरक काम गर्ने अक्कल र हिम्मत हुदैन । अस्ट्रेलियाका एक पुरुषले भने आफुमा हिम्मत र अक्कल दुबै प्रयोग गरेर आफ्नो कला प्रमाणित गरेका छन् । जिम हन्टर नामक ती व्यक्तिले एक युवतीको पेटमाथि राखेर एक मिनेटमा २५ वटा तरभुजा काटेर विश्वरेकर्ड कायम गरेका छन् ।
आफ्नो पेटमा तरभुजा काट्न दिने सिलिया कर्टिस पनि कम हिम्मती होइनन्, त्यसैले उनले पनि गिनिज बुकमा नाम सुरक्षित गरेकी छिन् ।
अस्ट्रेलियाको सेभेन नेटवर्क स्टुडियोमा आयोजित कार्यक्रममा उनीहरुले उक्त रेकर्ड कायम गरेका थिए । अमेरिकाका सिन बोधीले यो रेकर्ड तोड्ने प्रयास यहीँ वर्ष गरेपनि सकेनन् ।उनीहरुको यो तरभुजा काट्ने रेकर्ड केही वर्षअघिको भएपनि त्यसलाई अहिलेसम्म कसैले तोड्न सकेको छैन ।


No comments