जागिर पनि कस्ता कस्ता | चिनमा अस्लिल भिडियो हेर्ने जागिर छस | निकै लोभलाग्दो तलब दिइने उक्त पदको नाम चिफ पोनोग्राफी आइडेन्टिफिकेसन अफिसर हो । यो पदका लागि छनोट हुनेले गर्ने काम भनेकै दिनभरि अफिसमा बसेर पोर्न सामाग्री हेर्नु हो । उनीहरुले इन्टरनेटमा भएका सामाग्रीहरु हेर्ने र त्यो अश्लील भए नभएको निर्णय गरी अश्लील भएमा रोक लगाउन सिफारिस गर्ने काम गर्नेछन् ।उक्त कम्पनीका अनुसार यो जागिर घरमै बसीबसी पनि गर्न सकिन्छ । अहिले यस्तो संजाल तयार गरिँदैछ की जसले अश्लील सामाग्रीको पहिचान गर्नेछ । यो कार्य अन्तरगत मानिसहरुको अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई पनि ख्याल गरिने बताइएको छ । यस्तो नेटवर्कका प्रमुखको तलब वाषिर्क २ लाख चिनिया युआन हुनेछ ।
वास्तवमा नयाँ पुस्तालाई इन्टरनेटको गलत वातावरणबाट बचाउन र इन्टरनेटलाई
अश्लील सामाग्री मुक्त बनाउनका लागि चीन सरकारले यस्तो पद सिर्जना गरी
त्यसका लागि इच्छुक उमेद्धारको आवेदन माग गरेको हो । सरकारले यो परियोजना
सेफ्टी अलायन्स नामको एक कम्पनीलाई जिम्मा दिएको छ ।


No comments