१३ माघ, काठमाडौं । क्रान्तिकारी पत्रकार दीपेन्द्र रोकायाले एमाओवादी अध्यक्ष प्रचण्डका चारवटा ‘सम्भावित अवसान’ बारे चर्चा गर्नुभएको छ । प्रचण्ड भिक्षु बन्न सक्ने, जनताबाट मारिन सक्ने वा आफैं आत्महत्या गर्न सक्नेसमेत सम्भावना बताइएको छ ।
माओवादी जनयुद्धमा प्रत्यक्ष सहभागी हुनुभएका र हाल नयाँ जनदिशा दैनिकका सम्पादक रहनुभएका रोकायाको भर्खरै प्रकाशित ‘नाफाको जिन्दगी’ नामक पुस्तकको ३२९ पृष्ठमा भनिएको छ-’प्रचण्डका चार विकल्प छन् जस्तो लाग्छ । एक, उनी संसदीय नेतामात्र हुन्छन् । दुई, हेग पुर्याइने डरले बौद्ध भिक्षु बन्न सक्छन् । तीन, आफ्नो काममा आत्मग्लानि भएर स्वयं आत्महत्या गर्न सक्छन् । चार, क्रान्तिकारी कार्यकर्ता वा जनताको हातबाट मारिन सक्छन् ।’
जनयुद्धकालीन महत्वपूर्ण सूचना समेटिएको रोकायाको पुस्तकमा प्रचण्डको पाँचौं विकल्पचाहिँ अवसानसँग नभई ‘उत्थान’सँग सम्बन्धित छ । उहाँको पाँचौं विकल्पबारे भनिएको छ- ‘पुनः रुपान्तरण भई हिम्मतिलो निर्णय लिई पार्टी र क्रान्तिकारीलाई अघि बढाउन सक्छन् ।’
पत्रकार रोकायाको ३४० पृष्ठ बाक्लो पुस्तकमा एमाओवादी अध्यक्ष प्रचण्डका सम्बन्धमा केही रोचक ऐतिहासिक तथ्यहरुको समेत रहस्योद्घाटन गरिएको छ ।
प्रचण्डबारे पुस्तकका केही प्रशंग :
· जनयुद्धका बेला अध्यक्ष प्रचण्ड रहस्यमय पात्र हुनुहुन्थ्यो । युद्धमा सहभागी नहुनेका लागिमात्र होइन, स्वयं युद्ध लडिरहेका कार्यकर्ताका लागि पनि उहाँ निकै रहस्यमय हुनुहुन्थ्यो । त्योबेला शहर बजारमा भेटिएका माओवादी नेता कार्यकर्ता भन्थे, उहाँ रोल्पा रुकुममा हुनुहुन्छ । तर, रोल्पा रुकुम पुगेकाले पनि कहिल्यै उहाँलाई त्यो क्षेत्रमा भेट्न पाएनन् । जनयुद्धक्रममा केही समयमात्र उहाँ रोल्पाका विभिन्न ठाउँमा बस्नुभएको थियो । उहाँले युद्धको अधिकांश समय भारतमा बिताउनुभएको थियो ।
· भारतमा बस्नलाई पनि भारतीय विस्तारवादी शासकहरुसँग साँठगाँठ थियो भन्नेहरु पनि छन् । ०५७ को हिउँदमा पञ्जावमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनमा सहभागी पत्रकार कुमार शाहका अनुसार त्यतिबेला स्थानीय प्रहरीले घेरा हाल्दा मञ्चबाट आत्तिँदै ‘कुरो गरेरै आएको थिएँ, के भयो यो ?’ भन्दै भारतीय सुरक्षा अधिकारीसँग प्रचण्ड आफैंले फोन गर्नुभएको थियो । त्यसपछि सहजताका साथ कार्यक्रम सम्पन्न भएको थियो । यसरी हेर्दा उहाँले भारतमा बस्नका लागि भारतीय शासकहरुबाट केही स्पेस पाएको देखिन्छ ।
· अध्यक्ष प्रचण्ड बस्ने घरलाई हेडक्वार्टर भनिन्थ्यो । उहाँको व्यवस्थापनमा रहेका मध्ये एक पत्रकार चेतन कुँवर पनि हुनुहन्थ्यो । उहाँले प्रचण्ड बस्ने घरलाई दुलही झैं सिँगारपटार गरिने गरेको जानकारी दिनुभयो । घरको सबै कोठा सजाइन्थ्यो, वरिपरि चारैतिर सफासुग्घर आधुनिक रिसोर्टजस्तै बनाइन्थ्यो । सबै कोठाका भित्ता, सिलिङ र भूँई सबै सेतो कपडाले सजाइन्थ्यो । त्यसमाथि हुन्थे शहरबाट मगाइएका महंगा कपडा । राङ्सी डाँडागाउँमा प्रचण्ड तीन महिना बस्नुभएको थियो । त्यसबेला दैनिक ५/६ माना दूध पुर्याउनुहुँदोरहेछ सन्तोषी घर्तीले ।
· राङसीकै संवेग मगर भन्दै हुनुहुन्थ्यो, प्रचण्ड, सीता र प्रकाशलाई हामीले सुरक्षा दिन्थ्यौं । बारी वरिपरि बंकर खनेका थियौं । दुईवटा घोडाहरु थिए, दिउँसो ओखरको रुखमुनि बसेर चेस खुल्नुहुन्थ्यो । दिउँसो लेख्ने, पढ्ने इण्डियन टीभी च्यानल हुर्नुहुन्थ्यो, मेसका साथीहरुले खाना बनाएर कोठामै पुर्याउनुहुन्थ्यो । यही घरलाई ०६२ फागुन ५ गते सेनाले हेलीकोप्टरमा आएर बम गोला बर्साएको थियो । यो घर छाडेर दुईघण्टा पर गएको भोलिपल्ट आक्रमण भयो । रोल्पाली नेता चूडामणि वली आदर्शले भन्नुभयो, अब रोल्पाले धोकेबाज प्रचण्डको नाम सुन्न चाहेका छैनन् ।
· फौजीरुपमा पहिलोपटक मोर्चामा पुग्नुभएका जनमुक्ति सेनाका सर्वोच्च कमान्डर प्रचण्डकै कारण रुकुमको खारा मोर्चा सफल भएन भनने तत्कालीन कमान्डरहरु नै छन् । तत्कालीन सैन्य कमान्डरहरुको विचारमा जनयुद्धलाई यु टर्न गर्न अध्यक्ष प्रचण्डले खारामा मुख्य भूमिका खेल्नुभयो ।
· उहाँ (प्रचण्ड) ०६३ असार ३ गते साँझ पार्टी, जनता र जनमुक्ति सेनालाई थाहा नदिई एकाएक बालुवाटारमा सार्वजनिक हुनुभयो । त्यसको भोलिपल्ट गृहमन्त्री कृष्णप्रसाद सिटौलाको हेलीकोप्टरमा डोटीको वीपीनगर पुग्नुभयो । सेती महाकाली, भेरी कर्णाली थारुवान ब्यूरोको सामुहिक प्रशिक्षण भयो । सबैले हेडक्वार्टरको साहसको बढाइचढाइ गरे । गृहमन्त्री (सिटौला) लाई शुरुमै गार्ड बनाएको चर्चा गरे । त्यतिबेला मैले सबैलाई यो विषयमा नहौसिन आग्रह गरेको थिएँ । त्यो बेला जनमुक्ति सेनाका पश्चिम कमान्डर जनार्दन शर्मा प्रभाकर स्पष्टीकरण दिँदैमा हैरान हुनुभएको थियो । उहाँले कपिलवस्तु र पिली मोर्चा पार्टी अध्यक्षलाई कुनै जानकारी नदिई लडाएको भन्ने थियो ।
· प्रधानमन्त्रीबाट राजीनामा दिएपछि राष्ट्रिय स्वाधीनताको आन्दोलन अघि बढ्यो । अनिश्चितकालीन आम हड्ताल ६ दिनसम्म चल्यो । जनयुद्धमा कब्जा गर्न बाँकी रहेको काठमाडौं युवाहरुले चक्रपथ हाते साङ्लो लगाएर नियन्त्रणमा लिइसकेका थिए । मूल नेतृत्वको तयारी नहुनुले ऐतिहासिक पहल गुम्यो । आशा निराशामा बदलियो । माओवादीकै जिम्मेवार नेताहरुको दाबीअनुसार अध्यक्ष प्रचण्ड डराएकाले नै आन्दोलन सफलतामा पुग्न सकेन ।
· उहाँको छोरा प्रकाश दहालले आफ्नै पार्टीभित्रका क्रान्तिकारी नेता शंकर अधिकारीको श्रीमती बीना मगरलाई भगाउनुभयो । मैले सुने अनुसार छोरीहरुको घरमा पनि उतारचढाव आएको छ । रुखो श्रीमती र यस्तो परिवारको साथ पाइने आनन्द कमै हुन्छ । अर्को कुरा उहाँका बारेमा बजारमा नानाथरिका हल्ला चलेका छन्, उनीहरुका अनुसार काठमाडौंको भाटभटेनीहरुमा उहाँले लगानी गर्नुभएको छ । कांग्रेस नेता सुशील कोइरालाको शब्दमा प्रायः ठूला मिडियामा लगानी गर्नुभएको छ । कोही भन्दैछन्, नेपाल-युरोप गर्ने जहाज किन्दै हुनुहन्छ ।
· उहाँलाई महानायक ठानेको तन र मनमा खिन्नता आउन थाल्यो । पारिवारिक र गुटको घेराबन्दी बढ्दै गयो । उहाँको व्यवहार हेर्दा जता पनि ठिक्क हुने ‘वेश्या-रुप’ देखिन थाल्यो । हिजो आज जता जाँदा पनि प्रचण्डको आलोचना भएको सुन्नुपर्छ ।

No comments