Health/Sex

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

» » हेटौडामा यसरी हुँदैछ माओवादीको कर्मकाण्ड

School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result

सुनसरीमा महाधिवेशन प्रतिनिधि छान्न एमाओवादीको सम्मेलन चल्दै थियो । उद्घोषकले “सहमति” का आधारमा महाधिवेशन प्रतिनिधिहरुको नाम घोषणा गरे । साथै सबैलाई ताली बजाएर समर्थन गर्न आह्वान गरे । झिनो तालीको आवाजसंगै सहभागीहरुबाट व्यापक होहल्ला र आक्रोश व्यक्त भयो । सहभागीहरुले हलको गेट बन्द गरेर पुनः छलफल गर्न माग गरे । तर, मञ्चमा बसेको नेतृत्वले नाम पारित भइसकेको बतायो । यतिकैमा सहभागीको पंक्तिमा रहेका कामरेड अमर मञ्चमा उक्लिए । आक्रोशित मुद्रामा उनले पार्टीबाट राजीनामा दिएको घोषणा गरे, हलमा होहल्ला चल्यो ।

कामरेड अमर एमाओवादी सुनसरीका पुराना कार्यकर्ता हुन् । जनयुद्ध तयारीको समयदेखि नै उनी पार्टीमा सक्रिय रहिआएका छन् । दुई दशकको पूर्णकालीन राजनीतिक जिवन बिताएका छन् उनले । सैन्य हिरासतको कठोर यातना र जेल पनि भोगेका छन् । मेरो जीवन पार्टी र क्रान्तिका लागि भनेर उनी लगभग दुई दशक हिँडे । तर, आज आएर उनले पार्टी नै परित्याग गरेका छन् । अमर एक्ला पात्र होइनन् । एमाओवादीका थुप्रै प्रतिवद्ध कार्यकर्ताहरु महाधिवेशनको पूर्वसन्ध्यामा अमरकै हालतमा पुग्दैछन् ।

पार्टीको संगनात्मक पद्दति र नेताहरुको चरित्रले गर्दा पार्टीमा अमरहरुको संख्या बढ्दैछ । अमरहरुलाई पार्टीको दस्तावेज अझै पनि दुर्लभ छ । उनीहरुले दस्तावेज आफैंले पढ्न पाएनन् । हतार- हतारमा परैबाट सुन्न मात्र दिइयो । लामो प्रतिवेदन सुनेका आधारमा टिप्पणी गर्न सम्भव थिएन । तै पनि विधि पूरा गरियो । महाधिवेशन प्रतिनिधि पनि माथिका नेताले नै घोषणा गरिदिए । कार्यकर्ताले छान्ने वा फरक मत राख्ने अधिकार पाएनन् । जिल्ला सम्मेलनका नाममा एउटा कर्मकाण्ड गर्ने प्रयास गरियो । त्यसैले यो अन्त्यमा व्यापक होहल्ला र आक्रोशमा रुपान्तरण भयो । यसले अमरजस्ता कार्यकर्ताहरुलाई पार्टीबाट अलग हुने ठाउँसम्म पुर्‍याएको छ ।

महाधिवेशन प्रतिनिधि छान्ने यो तरिका सुनसरीको मात्र होइन । प्रायः देशैभरि यही तरिकाबाट प्रतिनिधि छानिँदैछन् । महाधिवेशनमा दस्तावेजमाथि कुनै गुणात्मक बहस हुनेवाला छैन । कुनै फरक दस्तावेज पनि आउने छैन । अध्यक्ष प्रचण्डको दस्तावेजमा सबै गुटको सम्झौता भइसकेको छ । पार्टी कमिटीबारे पनि गुट-गुटबीच केन्द्रमा भागबण्डा भइसकेको छ ।

महाधिवेशनका नाममा एउटा कर्मकाण्ड पूरा गरिनेछ । पार्टी सदस्यहरुलाई दस्तावेज पढ्ने मौका हुने छैन, पढेर सुनाएजस्तो चाही गरिनेछ । दस्तावेज सुनेर सहभागीहरुले ताली बजाउने छन् । नयाँ केन्द्रीय समितिको नाम सुनेर सहभागीले फेरि ताली बजाउने छन् । अन्त्यमा अध्यक्षलगायत केही नेताबाट ऐतिहासिक महाधिवेशन सम्पन्न भएको “संश्लेषण” हुनेछ । अन्य नेताहरुले “जनवादको महान अभ्यास” भएको भाषण गर्ने छन् र महाधिवेशन सकिने छ ।

पार्टीको भविश्य के होला ?

महाधिवेशन त “सफल” होला तर पार्टीको भविश्यचाहिँ के होला ? दुई दशकपछि आयोजित महाधिवेशनलाई माओवादी नेताहरु किन कर्मकाण्डमा सीमित गर्न खोज्दैछन् ? अनि यस्तो कर्मकाण्डबाट पार्टीको चरित्र कस्तो बन्छ ? जो कोहीले यस्ता प्रश्नहरु उठाउन सक्छ ।

संविधानसभा, गणतन्त्र र संघीयताको निर्माणमा माओवादी पार्टीले मुख्य योगदान गरेको कुरा सत्य हो । तर, केही वर्षयताको माओवादीको चरित्रमा तीब्र्र फेरबदल आइरहेको पनि अर्को सत्य हो । यतिबेला उक्त पार्टीभित्र सिद्धान्त, क्रान्तिजस्ता विषयले प्राथमिकता पाइरहेको छैन । पार्टीभित्र बिभिन्न गुट र नेताहरुबीच शक्ति-संघर्ष नै प्रमुख भइरहेको छ । यस्तै शक्ति-संघर्षको उत्कर्षमा वैद्य समूह अलग भइसकेको छ । अहिले वास्तवमा एमाओवादी नेताहरुलाई महाधिवेशन चाहिएको थिएन । पार्टीबाट अलग भएको वैद्य समूहले महाधिवेशन गरिसकेकाले इज्जत बचाउन मात्र यो सबै गरिँदैछ ।

पार्टी विभाजनपछि बचेका गुटहरुबीच कायम भागवण्डालाई यसका नेताहरुले जोगाउन चाहन्छन् । महाधिवेशनमा हुने सैद्धान्तिक बहस वा वास्तविक जनवादको अभ्यासले भागबण्डा धरापमा पर्छ । त्यसैले अध्यक्षबाहेक अरु कुनै नेताले दस्तावेज पेश नगर्ने सम्झौता भएको हो । मुलतः नेताहरुको स्वार्थमा आधारित भागबण्डालाई जोगाउन नै अरु नेताले दस्तावेज नलेखेका हुन् ।

अध्यक्ष प्रचण्डले दस्तावेज तयारीमा खास मेहनत गरेको देखिदैन । दस्तावेजको शुद्धाशुद्धीमा देखिएको चरम लापरवाही स्वभाविक स्तरको छैन । थुप्रै ठाउँमा वाक्यहरु पूरा अर्थ नआउने गरी गल्ती गरिएको छ । सोही हालतको दस्तावेज केन्द्रीय समितिले पारित गरेको छ र यही हालतमा जिल्ला-जिल्लामा वितरण गरिएको छ । यसबाट प्रष्ट हुन्छ, केन्द्रका प्रायः सबै नेताहरुले दस्तावेजलाई खास महत्व दिएका छैनन् ।

कम्युनिष्ट परम्परामा महाधिवेशन प्रथमत: एउटा निश्चित समयको दिशानिर्देशक हो । दोस्रो, यो जनवादको अभ्यास गर्ने थलो हो । कम्युनिष्टहरु जनवादी केन्द्रीयताको कुरा गर्दछन् । तर, अहिलेसम्म यो कुरामै मात्र सीमित छ । वास्तविक व्यवहारमा कम्युनिष्ट पार्टीहरुभित्र नोकरशाही केन्द्रीयता नै चलिरहेको छ । थुप्रै मुलुकमा कम्युनिष्ट पार्टी तथा सत्ता यही कार्यशैलीका कारण असफल भए । नेपालको एमाओवादीले पटक-पटक त्यस्तो गल्ती नगर्ने बताउँदै आएको हो । एमाओवादीको दस्तावेजमा अन्य मुलुकका पार्टीहरुले सर्वहारा जनवादको अभ्यासमा कमजोरी गरेको उल्लेख छ । तर, त्यसो भन्ने नेताहरु आफै गल्ती दोहोर्‍याउँदै छन् ।

परिवर्तन हुँदैछ, तर नकारात्मक

माओवादीको चरित्र परिवर्तन त हुँदैछ । तर, यो नकारात्मक दिशामा छ । संविधानसभाको निर्वाचनपछि राजनीतिक लाइनमा यो अकर्मण्य देखियो । जसले गर्दा त्यसपछिका हरेक कदमहरुमा गम्भीर भूलहरु भए । पार्टी बलियो हुँदाहुँदै र व्यापक जनसमर्थनका वावजुत उसका गतिविधिहरु हावामा मुट्ठी चलाएजस्तो भए । यही अवधिमा यसको संगठनात्मक शैलीमा भने अवसरवाद देखियो । पार्टीभित्रको अन्तरबिरोध हल गर्न जसले जे पद माग्यो, त्यही दिन थालियो । जसले गर्दा कमिटिहरु ठूला भए । पार्टी एकताका नाममा अनावश्यक जम्बो कमिटिको अभ्यास गरियो । यसले सिंगो पार्टी पंक्तिमा अवसरवादी होडबाजी पैदा भयो । केन्द्रका नेतामा मूल नेता खुशी पार्ने होडबाजी चल्यो । तलका कार्यकतामा पनि नेता खुशी पारेर फाइदा लिने प्रवृत्तिको बिकास भयो ।

आज एमाओवादी पार्टी आफ्नो राजनीतिक लाइनमा लगातार असफल छ । सरकारमा रहेर पनि खास केही गर्न नसक्ने हालतमा छ । यसको वरिपरि एकातिर नेता खुशी पार्ने अवसरवादी नेता कार्यकर्ताहरु छन् भने अर्कोतिर हजारौं शहिद, घाइते तथा बेपत्ता परिवार तथा इमानदार युवा जमातको घेराबन्दी छ । केन्द्रीय तहका नेताहरुलाई नीति तथा राजनीतिक लाइनको चिन्ता देखिँदैन । मूलतः पार्टीमा प्राप्त भागबण्डा कसरी जोगाउने भन्नेमै उनीहरुले ध्यान केन्दि्रत गरेका छन् । तर, महाधिवेशन गर्नुपर्ने बाध्यता पनि आइलागेको छ । त्यसैले यो महाधिवेशन सर्प पनि मर्ने, लट्ठी पनि नभाँचिने तरिकाले सम्पन्न हुँदैछ ।

बिश्व परिस्थितिमा आएको परिवर्तनले बिसौं शताव्दीका राजनीतिक सिद्धान्तहरुको ऐतिहासिक समीक्षाको माग गरिरहेको छ । साथै राजनीतिक आन्दोलनका नयाँ मूल्य मान्यताहरुको खोजी जरुरी छ । माओवादी महाधिवेशन यस्ता सवालमा केन्दि्रत हुनु पथ्र्याे । तर अवसरवादले ग्रस्त नेताहरुले यसो गरिरहेका छैनन् । यसको स्वभाविक परिणाम अमर जस्ता कार्यकर्ताहरु पार्टीबाट क्रमश पाखा लाग्दैछन् । हजारौं शहिद, बेपत्ता परिवार तथा जनताको अपेक्षा अधुरो हुँदैछ । अवसरवादी स्वार्थको होडबाजीले अन्ततः टुटफुट, बिभाजन र असफलता निम्त्याउने छ । अमरहरुले अब बैकल्पिक चिन्तनको अभ्यास गर्न जरुरी भइसकेको छ ।

(लेखक एमाओवादी कोचिला राज्य समितिमा आवद्ध छन्)

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Unknown

This blog contains the videos/movies and other contents availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we are not using these resources commercially. If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at xpress.edu@gmail.com. Love Nepali Music/Videos/Movies- STOP Piracy.... Thanks.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply

Select Menu