Health/Sex

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

» » जियाको सनसनी

School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result


पोर्नस्टार सनी लियोनले खेलेको जिम्स-२ मास्क लगाएर हेर्न जानेहरूले नै हामीलाई गाली गरिरहेका छन्।

पाँच वर्षअघि हिन्दी चलचित्र मर्डरले अश्लील दृश्य देखाएर २५ लाख कमाएर लग्यो, हामीले खुसी भएर हेर्‍यौं त्यो चलचित्र।

प्ले व्वाइको कथामा सेक्स नभएर के हुन्छ त ?

सनी लियोनले दिएको पोज हामी खुसीले हेर्छौं। हामीले त्यस्तो दृश्य त दिएका थिएनौं। हामीले त्यति सारो त गरेका छैनौं नि, फेरि किन यस्तो  होहल्ला ?

स्यान्ट्रो र फ्ल्याटको लोभमा परिवार भएको व्यक्तिको ओछ्यान तताउनुभन्दा आफूले माया गरेको व्यक्तिसँग सेक्स गरेको राम्रो।



नेपाली चलचित्रमा रमाइलो खवरको कुनै खाँचो हुँदैन। धेरैले आफूलाई चर्चामा ल्याउन विभिन्न रसरंगका खबर फैलाउँछन् भने कतिपय  चलचित्रभित्रको राजनीतिमा परेर यस्ता खबर बन्न पुग्छन्। चारानाको कुखुरा बारानाको मसला भनेजस्तो धेरैजसो चलचित्रमा घाटा बेहोर्ने  निर्माता र सार्हैँ कम पारिश्रमिकमा चित्त बुझाउने कलाकारको जीवन भने यस्तै उतारचढावमा बित्ने गरेको छ। यस्तै रमाइलो खबर बन्ने  नायिका हुन्- जिया केसी। तीन वर्षअघि नायिका बन्न झापाबाट काठमाडौं उक्लिएकी जियाको जीवनलाई केलाउने हो भने पनि यो उद्योगको  वास्तविकता छर्लङ्ग हुन्छ। यसपटक साप्ताहिकले जिया केसीलाई माध्यम बनाएर नेपाली चलचित्रलाई नजिकबाट नियाल्ने प्रयास गरेको छ।  जिया कहिले निर्माता-निर्देशकसँग आफूलाई चलचित्रबाट ननिकाल्न अनुनय विनय गरिरहेकी भेटिन्छिन् भने कहिले भुवन केसीसँगको डेटिङको  समाचार बनिरहेकी हुन्छिन्। चलचित्र एटीएमको ट्रेलर सार्वजनिक भएयता यी नायिकाप्रति नेपाली दर्शकको चासो पनि बढिरहेको छ।

झापामा तपाईंको नाम जानुका कार्की थियो, काठमाडौं आइपुग्दा जिया केसी भयो, कसरी ?


निर्देशक दीपक श्रेष्ठले जानुका नाम उति राम्रो हुँदैन परिवर्तन गर भन्नुभयो। उहाँले यमुनालाई युना उप्रेतीमा परिवर्तन गरिदिनुभयो। त्यो हिट  भयो। त्यस्तै हुन्छ भनेर उहाँको सुझाव पालना गरेकी हुँ। उहाँ मेरो गड फादर पनि हो।

हिरोइन बन्न धेरै युवती वाहिरबाट काठमाडौं आउँछन्, त्यसमध्ये थोरै मात्र पर्दामा देखिन्छन्। त्यस्ता युवती मध्ये तपाईं पनि हो। यो हिरोइन  बन्ने रहर कसरी पलाउँदो रहेछ ?


मान्छेले सानैदेखि तँ हिरोइन जस्तै राम्री छेस् भनेर फुर्‍याउने कारणले नै हिरोइन बन्ने रहर पलाउँदो रहेछ। मलाई दुई कक्षा पढ्दादेखि नै  लभलेटर आउँथ्यो। शिक्षकहरूले लेटर लेख्नेलाई सजाय दिनुहुन्थ्यो र भन्नुहुन्थ्यो, 'तँ राम्री छेस्, केटाहरू पग्लिहाल्छन् नि।' शिक्षकले समेत  त्यस्तो कुरा गरेपछि म राम्री पो रहेछु भन्ने पर्न थाल्यो। राम्रा केटीले हिरोइन बन्नुपर्छ भन्ने लागेपछि मलाई पनि हिरोइन बन्न मन लागेको  हो।

कहिलेदेखि ?


सानैदेखि। म पढ्दा पनि अनुहार बनाएर, आँखा नचाएर पढ्थें। टेलिभिजनमा हिरोइनले बोलेजस्तो नक्कल पार्थे। ८ कक्षा पढ्दा मलाई सबैले  करिना कपुर भन्थे। करिना नै बन्छु भन्ने रहरले नै एसएलसी दिनेबित्तिकै काठमाडौं आएकी हुँ।

हिरोइन बन्छु भनेर कल्पना गर्नु र साँच्चै हिरोइन बन्नु कति फरक रहेछ ?


धेरै नै फरक रहेछ। पहिलो चलचित्र 'अग्निसाक्षी' बुवाको साथीले बनाउने कुरा भएकाले त्यही चलचित्रका लागि काठमाडौं आएकी थिएँ तर  त्यसको सुटिङ धेरै ढिलो सुरु भयो। अर्को चलचित्रमा काम पाइन्छ कि भनेर धेरैतिर धाउन थालें। धेरै निर्माता-निर्देशकले नयाँ चलचित्रमा लिन्छु  भनेर आश्वासन पनि दिन्थें, तर त्यो चलचित्रमा अरूले नै काम पाएको समाचार सुन्नुपथ्र्याे। त्यतिबेला म खुब रुन्थें। त्यतिबेला मैले धेरै खर्च  गर्नुपर्‍यो, धेरै धाउनु पर्‍यो। तै पनि चलचित्र पाइन।

चलचित्र नपाइनुको कारण के रहेछ ?


कतिपयले भन्थे, सेक्रिफाइस नगरी चलचित्र पाइँदैन। यो सेक्रिफाइस भनेको के हो म बुझ्दिनथेँ। कतिले भन्थे, तिमीले फोटो सेसन गर्नुपर्छ।  डान्स क्लास लिनुपर्छ। एक्टिङ सिक्नुपर्छ। निर्माता-निर्देशकलाई खुसी पार्न सक्नुपर्छ तर कसरी ती काम गर्नु, मसँग केही अनुभव थिएन। मैले  उहाँहरूको सुझावअनुसार नै फोटो सेसन गरें, डान्स सिकें तर पनि काम पाइन।

अनि के गर्नुभयो त ?


निराश भएर घर फर्किएँ। एसएलसीको रिजल्ट आएकाले झापा फर्किएर प्लस टु पढ्न थालें। हिरोइन बन्ने सपना देख्नु र साँच्चै हिरोइन हुनु  फरक कुरा रहेछ भन्ने बुझें।

फेरी पनि यही क्षेत्रमा आउनु भयो, कसरी ?


१२ कक्षा पढ्दा अचानक फोटोग्राफर राजीव श्रेष्ठको फोन आयो। निर्देशक दीपक श्रेष्ठ तथा निर्माता बिमला दिदीले एउटा चलचित्रमा मलाई  लिने इच्छा गर्नुभएको रहेछ। फेरी पुरानो सपना साकार हुन लागेजस्तो लाग्यो। एक वर्षअघि चलचित्र नपाउँदा मैले रोएर जात्रा गरेकी थिएँ।  एकपल्ट त्यो फुच्चीलाई पनि चान्स दिऊँ भन्ने लागेको रहेछ। 'हो यही माया हो' मा मैले चान्स पाएँ।

तर त्यो चलचित्रबाट पनि झन्डै निकालिनुभएको थियो, किन ?


चलचित्र क्षेत्रमा ठूलो राजनीति हुन्छ भन्ने मलाई थाहै थिएन। चलचित्र हात पार्न कलाकारहरू नै एक अर्कालाई छिर्के हान्छन् भन्ने म भर्खरकी  केटीलाई के थाहा ? बाहिर त सबैले राम्रो भन्थे तर भित्र के कुरा पुगेन थाहै नहुने। त्यो चलचित्रको शुभमुहूर्तका दिन मलाई केही भनिएको  थिएन। एकैपल्ट हिरोसँग नाच्न लगाइयो। म डान्स उतिराम्रो जान्दिनथेँ। त्यही कारण देखाएर झन्डै निकालिए। निर्माता महिला भएकाले उहाँसँग  रोइकराई गरेर बल्ल चलचित्र पाएँ।

चलचित्र उद्योगमा राजनीति हुन्छ भन्नुभयो, राजनीति कस्तो हुँदो रहेछ ?


सबैले कूटनीतिको भाषा प्रयोग गर्दा रहेछन्। जस्तो अहो, तिमी कति राम्री, मेरो अर्को प्रोजेक्टमा तिमी पक्का भनिन्थ्यो। म चाहिँ मख्ख।  समाचार आउँदा अर्कै हिरोइनले साइन गरिसकेको हुँदो रहेछ।

हिरोइनले सेक्रिफाइज गर्नुपर्छ भन्ने कुरा गर्नुभयो, यो सेक्रिफाइज भनेको के हो ?


त्यो त तपाईं आफै बुझ्नुहोस् न। म पनि पहिले बुझ्दिनथेँ, यो सेक्रिफाइज भनेको के हो भनेर अरूसँग सोध्थें।

यो दुई वर्षमा तपाईंले १५ वटा चलचित्रमा अभिनय गरिसक्नुभयो, तपाईंले कस्ता-कस्ता मान्छे भेट्नुभयो ?


कुरै नगर्नुहोस्। अनेकथरी आश्वासन दिने र सेक्रिफाइज गर भन्ने मान्छेहरू भेटें।

ती कुन क्षेत्रका मान्छे हुँदा रहेछन् ?


पहिलो त निर्माता-निर्देशक नै हुँदा रहेछन्। उनीहरूलाई माध्यम बनाएर विज्ञापन एजेन्सीका भारतीयहरू ठूलो अफर लिएर आउँदा रहेछन्।  कतिले मलाई फ्लाट किनिदिन्छु भने कतिले सेन्ट्रो गाडी दिन्छु भने। तिमी मेरो पार्टनर बन, तिम्रालागि म वर्षको दुईवटा चलचित्र बनाइदिन्छु  भन्ने निर्माता पनि हुँदा रहेछन्। तिमी मेरो पार्टनर बन, धेरै वटा विज्ञापनमा नियमित काम दिन्छु भन्ने पनि भेटिए। बल्ल थाहा भयो, से क्रिफाइजको अर्थ। हुन पनि विचरा नयाँ नायिकालाई यो क्षेत्रमा टिक्न कसैको दरो साथ पनि चाहिने रहेछ। यो बाध्यता बुझेकाहरूले नै यस्ता  अफर ल्याउँदा रहेछन्।

यस्तो अफर आउँदा तपाईंलाई कस्तो लाग्छ ?


म स्कुल पास नगरुन्जेलसम्म प्रेम पत्र पठाउनेलाई सरलाई पोल लगाएर कुटाउथें। प्लस टु पढेपछि थाहा पाएँ मन पराउनु अपराध होइन रहेछ। फूल भएका ठाउँमा भँमरा भुन्भुनाउँछ। यो नेचुरल रहेछ। म राम्री छु र त यति ठूलो अफर आउँछ, हैन ? अफर आयो भनेर किन चित्त दुखाउनु। त्यो मान्ने कि नमान्ने आफ्नो हातको कुरा हो। त्यस्तो अफरलाई मैले कहिलै नराम्रो मानिनँ। यसलाई म सामान्य रूपमा लिन्छु। कतिपय हिरोइन यसलाई वाहिर ल्याएर इन्डस्ट्रीका मान्छेलाई बद्नाम गर्छन्, म त्यसो गर्नु हुँदैन भन्छु।

मैले त तपाईंले स्यान्ट्रो चढेको देखेको छैन, फ्लाट पनि छैन।

किन होला ?


मैले अफर आयो पो भनेको। अफर स्वीकार गरें भनेको छु र ? हाम्रो चलचित्र नगरी यसरी चलेको छ भनेर बुझाउन मात्र खोजेको। कसैले अफर गरें भन्नेबित्तिकै सबै हिरोइनले स्वीकार गर्छन् भनेको छु र ?

तपाईंले एटीएमजस्तो अश्लील चलचित्रमा अभिनय गर्नुभयो भन्ने आरोप छ। यस्तो आदर्शको कुरा गर्ने युवतीले त्यस्तो चलचित्रमा किन अभिनय गर्नुभएको ?


प्रोमो हेरेर चलचित्र अश्लील हो भनेर ठोकुवा गर्न मिल्छ ? पटक्कै अश्लील छैन। जुन बेला लुट र चपली हाइट चल्यो, निर्देशकले लुटमा भएको गाली र चपली हाइटमा भएको सेक्सको मिश्रण गरेर चलचित्र बनाउने निर्णय गर्नुभएछ। लुट र चपली हाइटलाई राम्रो भन्ने मान्छेले एटीएमलाई गाली गर्न सुहाउँछ ? चलचित्र समाजको ऐना हो। एटीएम हाम्रै समाजमा भएका प्ले ब्वाइको कथा हो। प्ले ब्वाईको कथामा सेक्स नभए के हुन्छ ? तर त्यो जथाभावी छैन भन्ने कुरा सेन्सर बोर्डले प्रदर्शन गर्न दिएबाटै पुष्टि हुन्छ।

भनेपछि एटीएमजस्तो चलचित्रमा खेलें भनेर पश्चाताप छैन ?


पटक्कै छैन। चर्चित पोर्नस्टार सनि लियोनले खेलेको जिस्म-२ मास्क लगाएर हेर्न जानेहरूले नै हामीलाई गाली गरिरहेका छन्। आजभन्दा पाँच वर्षअघि मर्डर भन्ने हिन्दी फिल्मले अश्लिल दृश्य देखाएर २५ लाख कमाएर लग्यो। त्यो हामीले खुशी भएर हेर्‍यौं। सनी लियोनले दिएको पोज खुसीले हेर्‍यौं। हामीले त्यस्तो दृश्य त दिएका थिएनौं। हामीले त्यति साह्रो त गरेका छैनौं नि, फेरि किन यस्तो होहल्ला ?

एटीएममा तपाईंले बोलेको डाइलग सार्वजनिक स्थानमा बोल्न सकिन्छ ?


नायकले त्यही डाइलग चपली हाइट र लुटमा बोल्दा ठीक, नायिकाले बोल्दा बेठीक ? बाहिर जतिसुकै आदर्शको कुरा गरे पनि नारी पुरुषबीच फरक छ भन्न खोजेको हैन र ?

मेरो अघि त्यो डाइलग सुनाउन सक्नुहुन्छ ?


त्यो त सक्दिनँ।

यसैबाट थाहा हुन्छ त्यो गलत कुरा होइन र ?


भो यो कुरामा बहस नगरौं। दर्शकले मन पराए त्यो ठीक छ भनांैला, मन नपराए गलत भएछ भनौंला। मेरो आग्रह के मात्र हो भने प्रोमो हेरेर जिया पोर्न स्टार भै भन्नचाहिँ पाइँदैन।

अहिले तपाईंको नाम भुवन केसीसँग जोडिएको छ, २० वर्षे युवतीको भुवन जस्ता पाको उमेरका पुरुषसँग पनि प्रेम पर्दो रहेछ हगि ?


मलाई एक्लो, सफा सुग्घर, मायालु र हेन्डसम पुरुष मन पर्छन्। यी सबै कुरा भुवन केसीमा छ। नेपालको सुपर स्टार भएर पनि उहाँ आमा-बुवाको सेवा गरेर बस्नुभएको छ। बिचरा भुवन कति दुःखी हुनुहुन्छ, उहाँजस्तो व्यक्तिको साथी हुन पाउनु ठूलो कुरा हो। हामीबीच प्रेम छैन, मैले मात्र मन पराएकी हुँ।

के विवाह गर्नुहुन्छ ?


उहाँले चाहनुभयो भने अवश्य गर्छु। मान्छेलाई लाग्दो हो, यो पागलपन हो। मेरो विचारमा स्यान्ट्रोको लोभमा परेर परिवार भएको व्यक्तिको ओछ्यान तताउनु भन्दा यस्ता व्यक्तिलाई प्रेम गर्नु राम्रो हो। आखिर सेक्स भनेको आफूले माया गर्ने व्यक्तिसँग गरेको पो राम्रो।


SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Blogger BOy

This blog contains the videos/movies and other contents availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we are not using these resources commercially. If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at xpress.edu@gmail.com. Love Nepali Music/Videos/Movies- STOP Piracy.... Thanks.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply

Select Menu