Health/Sex

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

» » सुरक्षा दृष्टिले एमाओवादी महाधिवेशन ‘उच्च जोखिम’मा

School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result

१८ माघ, हेटौंडा । एकीकृत नेकपा माओवादीले शनिबारदेखि हेटौडामा हुने आफ्नो सातौं महाधिवेशनमा सुरक्षाको दृष्टिले उच्च जोखिममा रहेको भन्दै सोहीअनुरुपको सुरक्षात्मक उपाय अवलम्बन गरेको छ ।

आपराधिक चलखेल हुने वीरगञ्ज नजिकै रहेको, भारतीय सीमाना धेरै टाढा नरहेको र एमाओवादी नेताहरुमाथि विगतमा पनि आक्रमण हुने गरेको भन्दै एमाओवादीले यो महाधिवेशनलाई अहिलेसम्मकै सबै कार्यक्रमहरुभन्दा ‘हाइ रिस्क’मा राखेको महाधिवेशन सुरक्षामा खटिएका वाइसीएल इञ्चार्जले अनलाइनखबरलाई जानकारी दिएका छन् ।

एमाओवादीले महाधिवेशनको आन्तरिक एवं बाह्य सुरक्षाका लागि ४ वटा घेरामा १० हजार वाइसिएल खटाउने भएको छ । सुरक्षाको प्रत्यक्ष कमाण्ड पूर्वलडाकू कमाण्डर नन्दकिशोर पुन (पासाङ)ले सम्हाल्ने छन् भने फिल्ड कमाण्ड वाइसीएल कमाण्डर गणेशमान पुनले सम्हाल्ने छन् । त्यसैगरी महधिवेशन सुरक्षामा खटाइने दुई राज्य समितिको फोर्समध्ये ताम्सालिङको फोर्सको कमाण्ड युवराज दुलाल (शरद) र नेवा फोर्सको कमान्डिङ रामप्रसाद सापकोटा (दीपशिखा) ले गर्ने भएका छन् ।

कमाण्डर दीपशिखाका अनुसार विभिन्न चारवटा घेरामा १० हजार वाइसीएल खटाइने छ र महाधिवेशनपछि पनि वाइसीएललाई पुनर्जिवित गराई पार्टीको कार्यक्रममा कसैले आक्रमण गरे प्रतिवाद गरिनेछ ।

कमान्डर सापकोटाले अनलाइनखबरसँग भन्नुभयो, ‘ सुरक्षाका विभिन्न चारवटा घेरा हुनेछन् । महाधिवेशनभित्र दुईवटा र जिल्ला बाहिरसम्म अन्य दुईवटा सुरक्षा घेरा रहनेछन् । भारतीय नाका र जिल्ला प्रवेश गर्ने संवेदनशील नाकाहरुमा पनि वाइसिएल खटाइने छ । भारतीय नाकामा पनि फोर्स राखिन्छ । हेटौंडा आसपासका जिल्लामा समेत वाइसीएल एलर्टमा राखिन्छन् ।

प्रहरी र वाइसीएलवीच छलफल

महाधिवेशनको सुरक्षालाई लिएर बिहीबार हेटौडामा प्रहरी प्रमुख र वाइसीएल प्रमुखवीच सुरक्षासम्बन्धी बैठक सम्पन्न भएको छ । बैठकमा प्रहरी तर्फबाट एएएसपी सर्वेन्द्र खनालसमेतको सहभागिता थियो ।

नेपाल प्रहरी तर्फबाट महाधिवेशन सुरक्षाका लागि ५ हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरिने भएको छ । यसका लागि जिल्ला बाहिरबाट पनि सुरक्षाकर्मी झिकाइने प्रहरीलाई उधृत गर्दै स्रोतले अनलाइनखबरलाई बतायो ।

हलकै छेऊमा संयुक्त फोर्स राखिने

महाधिवेशनमा हुन सक्ने आक्रमण, आगलागी वा अन्य सम्भावित दुर्घटनालाई मध्यनजर गरी बन्दशत्र हलकै छेउमा आपतकालीन उद्धार फोर्स राखिने वाइसिएल नेता सापकोटाले अनलाइनखबरलाई बताउनुभयो । उद्धार फोर्समा वाइसीएल र प्रहरी दुवै तर्फको संयुक्त टोली रहने उहाँले बताउनुभयो ।

महाधिवेशनलाई सरक्षाको दृष्टिले ‘हाइ रिस्क’मा राखिए पनि बाह्य खतरालाई प्राथमिकता दिने उहाँले बताउनुभयो । भृकुटीमण्डपमा आयोजित विस्तारित बैठकमा जसरी बन्दशत्रभित्रै हात हालाहालको स्थिति आउन सक्ने खतरा कम रहेको सापकोटाको दाबी छ । ‘सबैतिर सहमतिका आधारमा प्रतिनिधिहरु चयन भएका छन्, राजनीतिक दस्तावेज पनि एउटै आउने भएको छ, त्यसैले आन्तरिक समस्या गौण विषय हो ।’ उहाँले भन्नुभयो ।

महाधिवेशन स्थलमा सरकारी अनुगमन

एमाओवादी महाधिवेशन शुरु हुने अघिल्लो दिन शुक्रबार दिउँसो सरक्षा अधिकारीहरुले स्थलगत अनुगमन गरेका छन् । मध्यमाञ्चल क्षेत्रका नेपाल प्रहरीका डीआइजी, क्षेत्रीय प्रशासक, मकवानपुरका प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुखलगायतका सरकारी अधिकारीले महाधिवेशन स्थलको अनुगमन गरेर र्फकेका छन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Unknown

This blog contains the videos/movies and other contents availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we are not using these resources commercially. If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at xpress.edu@gmail.com. Love Nepali Music/Videos/Movies- STOP Piracy.... Thanks.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply

Select Menu