Health/Sex

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

» » बसभित्र सामूहिक बलात्कार

School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result


  •     ८२ बर्षीयामाथि यौन दुव्र्यवहार !
  •     डेढ वर्षदेखि बलात्कार

पार्किङ गरिएको बसभित्र सामूहिक बलात्कृत भएकी किशोरीको स्थिति गम्भीर बन्दै गएको छ । तीन जनाबाट बलात्कृत भएकी उनको पाठेघर च्यातिएको छ भने उनी कहिले अचेत हुन्छिन् त कहिले डराउने र चिच्याउने गर्छिन्
रोल्पाकी १५ वर्षे ती किशोरीलाई बुटवल-११ बसपार्कस्थित लु १ ख३६०८ नम्बरको बसभित्र बलात्कार गरिएको थियो । उनी काम खोजी गर्दै दाङबाट गत पुस ७ गते बुटवल आइपुगेकी थिइन् । अपराह्न आइपुगेकी उनलाई काम लगाइदिने भन्दै तीन युवकले बसपार्कमा रोकेका थिए । साँझ तीनै युवाले बसभित्र लगेर सामूहिक करणी गरेको प्रहरीले बताएको छ । सामूहिक करणीबाट घाइते किशोरीलाई राति इलाका प्रहरीले उद्धार गरेको थियो ।

पीडितको अवस्था नाजुक रहेको र अभियुक्तहरू भाग्न सक्ने भन्दै घटनालाई सार्वजनिक गरिएको थिएन । अहिले जबर्जस्ती करणी अभियोगमा बुटवल-९ का भीमबहादुर सुनार, रमेश थापा र वालिङ स्याङ्जाका हरि पाठक पक्राउ परेका छन् । अभियुक्त पक्राउपछि मात्र प्रहरीले घटना सार्वजनिक गरेको हो । अभियुक्तहरूमाथि नाबालक जबर्जस्ती करणी अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर गरिएको प्रहरी नायब उपरीक्षक राजकुमार वैदवारले बताए ।

महिनाअघि सामूहिक करणीमा परेकी किशोरीको शारीरिक तथा मानसिक अवस्था कमजोर छ । उनी अचेत अवस्थामा रहने गरेकी छन् । कोही नजिक जाँदा डराउने र चिच्याउने गर्छिन् । परिवारसित सम्पर्क नभएकी उनलाई मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत केआई नेपालले संरक्षण दिएको छ । संस्थाको पहलमा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा शारीरिक तथा मानसिक उपचार भइरहेको छ ।

चिकित्सकले अझै एक महिना उपचार गर्नुपर्ने बताएको संस्थाका कार्यक्रम सहसंयोजक ईश्वरीप्रसाद सापकोटाले बताए । उनको पाठेघर च्यातिएको पनि चिकित्सकले बताए । प्रहरीका अनुसार किशोरी रोल्पामा सानीआमासँग बस्दै आएकी थिइन् । बाबु कमाउन भारत गएपछि सौतेनी आमाबाट दुव्र्यवहार सहन नसकेर काकाको घर दाङ पुगेकी किशोरी त्यहाँबाट काम खोज्दै बुटवल आइपुगेकी थिइन् ।

८२ बर्षीयामाथि यौन दुव्र्यवहार !

ओखलढुंगा- यहाँस्थित रामबजारमा साताअघि गम्भीर घाइते अवस्थामा भेटिएकी ८२ वषर्ीया वृद्धामाथि यौन दुव्र्यवहार भएको शंका छ । मानसिक सन्तुलन गुमेकी नारायणस्थान-१, लामिसोतीकी धनमाया बस्नेत सडकछेउमै रगताम्य भेटिएकी थिइन् । महिला अधिकारकर्मीले यौन दुव्र्यवहारको आशंका गरेका छन् । घटनाको भोलिपल्टै आमा समूह सञ्जाल, महिला मानव अधिकार रक्षक र अन्तरपार्टी महिला सञ्जालले संयुक्त रूपमा घटनाको यथार्थ बुझी दोषीमाथि कारबाहीको मागसहित जिल्ला प्रहरीमा ठाडो निवेदन दिए पनि प्रहरी गम्भीर नभएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् । उनीहरूले सोमबार प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षकलाई घटनास्थलको निरीक्षण गर्न अनुरोध गरेपछि जिल्ला प्रहरी निरीक्षक राजकुमार यादवलाई घटनास्थल निरीक्षण गर्न पठाएको थियो ।

डेढ वर्षदेखि बलात्कार

प्रेमकुमारी घले

लमजुङ- नेपाल उद्योग वाणिज्य संघ भोटेओडार इकाई पूर्वअध्यक्ष केदारबहादुर थापाले आफ्नै घरमा काम गर्ने १४ वषर्ीया बालिकालाई डेढ वर्षदेखि बलात्कार गर्दै आएको खुलेको छ ।

पीडितका परिवारले पीडकलाई कानुनी कारबाही माग गर्दै आइतबार प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो ।

आइतबार नै फरार भएका थापाको खोजी भइरहेको प्रहरीले जनाएको छ । दिनहुँ राति-राति रुने र कराउने बालिकाले स्कुलका साथीभाइसँग आफूलाई घरमालिकले गर्ने व्यवहारबारे सुनाएपछि स्थानीय आमा समूहले बालिकालाई शुक्रबार थापाको घरबाट उद्धार गरेको थियो ।

यसअघि बालिकाकी दिदीसमेत थापाको 'कुकृत्यको सिकार भएको' परिवारले आरोप लगाएको छ । तर थापाले घटना सार्वजनिक नगर्न दबाब दिएकाले बाहिर ल्याउन नसकेको परिवारले बताएको महिला अधिकारकर्मी अन्तरपार्टी महिला सञ्जाल लमजुङकी अध्यक्ष इन्दिरा तिवारीले बताइन् । पीडित बालिकाकी आमाका अनुसार पीडक थापाकी साली देवी थापाले आइतबार राति ५० हजार दिन्छु भन्दै घटना सार्वजनिक नगर्न दबाब दिएकी थिइन् ।

यसैबीच दोषीलाई कडाभन्दा कडा कारबाही माग गर्दै भोटेओडार र सदरमुकाम बेसीसहरका महिलाले सोमबार नाराबाजी गर्दै बजार परिक्रमा गर्नुका साथै प्रशासनमा धर्ना दिए । प्रदर्शनमा बालिकाकी आमासमेत आएकी थिइन् । महिलाले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । ढिलासुस्ती भए कडा आन्दोलनमा उत्रने अन्तरपार्टी महिला सञ्जाल अध्यक्ष तिवारीले चेतावनी दिइन् ।

थापाको खोजी र परिवारको सुरक्षाका लागि प्रहरी प्रशासनबाट पहल भइरहेको प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले बताए । बालिकाको स्वास्थ्य परीक्षणसमेत गरिएको भण्डारीले जानकारी दिए ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Unknown

This blog contains the videos/movies and other contents availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we are not using these resources commercially. If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at xpress.edu@gmail.com. Love Nepali Music/Videos/Movies- STOP Piracy.... Thanks.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply

Select Menu