Health/Sex


News

Guff Gaff

Education

Movie

Tech

Videos

World

Mobile News

Archive

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

सुनले बने महिलाका भित्री वस्त्र, हेर्न चाहिँ पाइने, छुन नपाइने

http://meroknowledge.blogspot.com/
 सुनको भाउ दिनदिनै बढेको बढ्यै छ । तर, यति महंगो सुनको शौख भने पटक्कै घटेको छैन् । यो पहेँलो धातु अक्सर सुन्दरताका लागि प्रयोग गरिन्छ र देखाउने गरि नै लगाइन्छ । तर, आजकल यसको प्रयोग महिलाको ब्रा र पेन्टीमा पनि हुन थालेको छ ।

एक चिनियाँ डिजाइनरले हालै सुनै सुनले बनेको महिलाका अण्डरवेयर बनाएकी छिन् । हुवाईमा यो सातामात्रै एक मोडलले सुनको टु पीस लगाएर आफुलाई प्रर्दशनीमा राखिन् । दिनभरजसो त्यहाँ पुगेका चिनियाँहरुले आश्चर्य मान्दै ती युवतीलाई हेरे र आफ्नो मोबाइलमा तस्वीर खिचे ।

सुनको ब्रा र अन्डरवयर लगाएर सार्वजनिक गर्ने भाग्यमानी मोडलको नाम भने सार्वजनिक गरिएको छैन । उनीसँगै अन्य दुई मोडलले अन्य गहनाको डिजाइन सार्वजनिक गरेका थिए ।

झण्डै तीन किलो सुनबाट बनेका यी एक जोडी भित्री वस्त्र ५ जना कालिगढलाई करिव ६ महिना समय लागेको छ । यसको मूख्य करिव ५ लाख पाउन्ड पर्ने बताइएको छ ।

हुबेई प्रान्तको बुहान शहरको एक गहना पसलले बनाएको यो सुनको वस्त्र विक्रीका लागि भने बनाइएको होइन । जसले गर्दा हैसियत हुने धनाढ्यहरुले आफ्नी प्रेमिकाहरुलाई सुनको भित्री वस्त्र उपहार दिन सक्ने छैनन्
http://meroknowledge.blogspot.com/

खाने हो पाँच लाख तलबको सुत्ने जागिर ? यहाँ फाराम भरिहाल्नुस्

जागिरमा त काम पो गर्नुपर्छ । काम गर्ने ठाउँमा वा कार्यालयमा गएर सुत्न कहाँ पाइन्छ र । तर केही जागिर यस्ता पनि हुँदा रैछन् जसमा काम नै सुत्ने हुँदोरहेछ । कामै गर्न नपर्ने र सुतिदिए हुने त्यस्तो जाबो जागिरको तलब कति होला ? बेतलबी होला नी । भन्ने तपाइँको सहज अनुमान हुनसक्छ । तर होइन यो सुत्ने जागिर खाने मान्छेले महिनामा झण्डै पाँच लाख रुपैयाँ तलब पाउँछ ।

नेपालमा जाबो १०।१५ हजार तलब हुने कठीन कामको जागिरका लागि त हजारौँ मानिस आकांक्षी हुन्छन् भने यो सुत्ने जागिरको विज्ञापन खुलेको थाहा पाउने हो भने त सबै सहर दरखास्त संकलन केन्द्रमा घोप्टिएर आउँछ होला । तर यस्तो सुत्ने जागिर हाम्रो देशमा भने खुलेको होइन । अमेरिकी अन्तरीक्ष संस्था नासाले यो ७० दिने सुत्ने जागिर खुलाएको हो ।

यो जागिरमा छनोट हुनेले केवल सुतिदिए पुग्नेछ । उनीहरुले खुसीसाथ सुतेर तथा सोफामा पल्टिएर टेलिभिजन हेर्दै वा कम्प्युटर चलाउँदै दिन कटाउन सक्नेछन् ।

हो, नासाले एक परीक्षणका लागि केही स्वयंसेवीहरुलाई भाडामा लिँदैछ । ती जागिरे स्वयंसेवीहरु ७० दिनसम्म सुतिदिए पुग्नेछ । ती मानिसमा सुक्ष्म गुरुत्वबलको मानव सरीरमा पर्ने असरको अध्ययन गरिनेछ ।

यो अध्ययन सुरु हुनै लागेको छ । नासाले यसरी भाडामा लिने जागिरेहरुले मासिक ५ हजार अमेरिकी डलर वा पाँच लाख रुपैयाँ भन्दा बढि तलब पाउनेछन् ।

छनोट भएकाहरुलाई हस्टनको जोनसन स्पेस सेन्टरमा दुइ हप्ता राखिनेछ । त्यहाँ उनीहरुले सधैजस्तै सामान्य दैनिकी जिउनेछन् र उनीहरुको सरीरको सामान्य स्थितिको वैज्ञानिकहरुले अनुगमन गर्नेछन् । त्यसपछि उनीहरुलाई एक ढल्किएको विछौना सहितको विशेष कोठामा राखिनेछ जहाँ दिनको १६ घण्टा प्रकाश हुनेछ भने बाँकी ८ घण्टा अँध्यारो । त्यहाँ सबैखाले सुविधा, खानपान तथा नुहाइ धुवाइको सुविधा पनि दिइनेछ । त्यहाँ विशेष प्रकारको व्यायाम समेत गराइनेछ र समग्रमा मानिसको सरीरका हड्डी, मांशपेशी, रक्तसंचार, पोषण तथा रोग प्रतिरोधी क्षमता लगायतका विषयमा आउने परिवर्तन समेतको सुक्ष्म अध्ययन गरिनेछ । ७० दिनको उक्त परीक्षणपछि जागिरेहरुलाई उक्त कोठाबाट निकालिनेछ र १४ दिनको थप पुनस्र्थापना तालिम दिएर घर पठाइनेछ । घर जाने बेलामा उनीहरुलाई सबै तलब भुक्तान गरिनेछ ।

यस्तो सुत्ने जागिर खाने इच्छा छ ? त्यसो भए यहाँ क्लिक गरेर आवेदन फाराम भरिहाल्नुस् ।

dallor को भाउ लगभग १०० हेर्नुहोस आजको रेट !

भिडियो हेर्नको लागी माथिको बक्समा डबल क्लिक गर्नुहोस


Exchange Rates Fixed by Nepal Rastra Bank
Currency     Unit     Buying/Rs.     Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency     Unit     Buying/Rs.     Selling/Rs.
U.S. dollar    
1
98.00
98.60
European euro    
1
130.11
130.91
UK pound sterling    
1
150.71
151.64
Swiss franc    
1
105.67
106.31
Australian dollar    
1
88.24
88.78
Canadian dollar    
1
94.55
95.13
Singapore dollar    
1
77.29
77.76
Japanese yen    
10
9.98
10.04
Chinese renminbi (Yuan)    
1
16.01
16.11
Only Buying rates
Currency     Unit     Rates/Rs.
Swedish Krone    
1
14.93
Danish Krone    
1
17.45
Hong Kong dollar    
1
12.64
Saudi Arabian riyal    
1
26.13
Qatari riyal    
1
26.91
Thai baht    
1
3.12
UAE Dirham    
1
26.68
Malaysian ringgit    
1
30.19

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
Select Menu