Health/Sex


News

Guff Gaff

Education

Movie

Tech

Videos

World

Mobile News

Archive

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

भारतद्वारा इंल्याण्ड पराजित, सिरिजमा २–० को अग्रता

http://hamroknowledge.blogspot.com/
 इंग्ल्याण्डमा जारी एक दिवसीय सिरिजमा भारतले इंग्ल्याण्डलाई पराजित गर्दै पाँच खेलको श्रृंखलामा २–० को अग्रता लिएको छ । तेस्रो एक दिवसीय खेलमा भारतले इंग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।
इंग्ल्याण्डले तयार गरेको २२८ को लक्ष्यलाई भारतले ४३ ओभरमा ४ विकेट गुमाउँदै पछ्याएको थियो ।

शुरुवाती ब्याटिङ गरेको इंग्ल्याण्डले उत्कृष्ट शुरुवात गरेको थियो । १८ ओभरमा विना कुनै विकेट गुमाई इंग्ल्याण्डले ८२ रन जोडेको थियो जसमा कप्तान एलिस्टर कुकले ४४ रन तथा एलेक्स हेल्सले ४२ रनको योगदान दिएका थिए । तर, इंग्लयाण्डले २८ बलको अन्तरालमा ३ विकेट गुमाएपछि २२७ रनमा समेटियो ।

मिडल अडर ब्याटस्म्यान जम्न नसकेको बेला जोस बट्लरले ४२ र जेम्स ट्रेडवेलले ३० रनको योगदान दिएर इंग्लयाण्डलाई सम्मानजनक योगफलमा पुर्याएका थिए ।
भारतका लागि रविचन्द्र अश्वीनले ३ विकेट लिए ।

जवाफमा उत्रेको भारतका लागि ओपनर अजिंका रहानेले ४५ रनको योगदान दिए । तर, खेलमा अम्बाती रायडु र सुरेश रैनाको पार्टनरसीप निर्णायक रह्यो र भारतलाई जीत दिलायो । रायडुले ६४ र रैनाले ४२ रनको योगदान दिए ।

म्यान्चेस्टर सिटी स्टोकसँग स्तब्ध, युनाइटेड फेरि बराबरीमा रोकियो

http://hamroknowledge.blogspot.com/
म्यान्चेस्टर, भदौ १४ – म्यान्चेस्टर युनाइटेडको यस सिजनको खराब प्रदर्शन आज पनि कायम रह्यो । यस सिजन मात्र प्रिमियर लिगमा प्रमोसन भएको क्लब बर्नलेसँग गोलरहीत बराबरीमा चित्त बुझाउन युनाइटेड बाध्य भएको छ ।

नयाँ प्रशिक्षक लुइस भान गालले प्रिमियर लिगमा अझै कुनै खेल जित्न सकेका छैनन् भने रेकर्ड अनुबन्ध भएका एंखल डि मारियाले पनि युनाइटेडलाई जित दिलाउन सकेनन् ।

युनाइटेडले यस सिजन सम्भावित ९ अंकमा २ अंक मात्र बटुल्न सकेको छ र समाचार तयार पार्दासम्म १६ औं स्थानमा चित्त बुझाउन बाध्य रहेको छ ।

रोबिन भान पर्सीले पाएको दुई मौकालाई सदुपयोग गर्न सकेका थिएनन् ।

उता, युनाइटेडको चिर प्रतिद्वन्द्वी म्यान्चेस्टर सिटी पनि स्टोक सिटीसँग १–० ले स्तब्ध बनेको छ ।

आफ्नै गृह मैदानमा सिटी पराजित बन्न पुगेको हो ।

खेलको अधिकांश समय आफ्नो नियन्त्रणमा राखे पनि ५८ औं मिनेटमा स्टोकका बिराम डिओफले गरेको गोल निर्णायक बन्न पुग्यो ।

त्यस्तै, स्वान्सी सिटीले वेस्ट ब्रोमलाई ३–० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । स्वान्सीको जीतमा नाथान डायरले दुई तथा वेन रटलेजले एक गोल गरे ।

एभर्टनविरुद्ध चेल्सीको आधा दर्जन गोल

http://hamroknowledge.blogspot.com/
लण्डन, भदौ १५ – चेल्सीले एभर्टनलाई हराउँदै यस सिजन इंग्लिस प्रिमियर लिगमा आफ्नो शत प्रतिशत रेकर्ड कायम राखेको छ । गोलको वर्षा भएको खेलमा चेल्सीले एभर्टनलाई ६–३ गोल अन्तरले हराएको हो ।

एभर्टनको गृह मैदानमा भएको चेल्सीले शुरुवाती मिनेटमा नै अग्रता लिएको थियो । डिएगो कोस्टाले चेल्सीका लागि गोल गर्दै अग्रता दिलाए । लगातार तीन खेलमा उनको यो तेस्रो गोल हो । त्यस लगत्तै खेलको तेस्रो मिनेटमा ब्रानिस्लाभ इभानोभिचले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए ।

तर, पहिलो हाफ सकिन केही समय बाँकी रहँदा केभिन मिरालेसले उत्कृष्ट गोल गर्दै चेल्सीका अग्रतालाई आधा बनाए ।

निकै प्रतिस्पर्धात्मक भएको खेलको दोस्रो हाफमा सेमस कोलम्यानले आत्मघाती गोल गर्दै चेल्सीको अग्रता फेरि बढाए । त्यसलगत्तै खेलको ७४ औं मिनेटमा निमान्जा माटिचले चेल्सीका लागि अर्को गोल गरे र खेल ४–२ को अवस्थामा पुग्यो ।

त्यसको दुई मिनेटपछि नै स्यामुयल इटोले आफ्नो पूर्व क्लबविरुद्ध गोल गर्दै खेल ४–३ को स्थितिमा ल्याए । तर, यो पनि धेरै लामो टिक्न सकेन र पुनः चेल्सीका लागि रामिरेजले गोल गर्दै दुई गोलको अग्रता कायम राखे ।

खेलको अन्तिम मिनेटमा डिएगो कोस्टाले पुनः गोल गर्दै चेल्सीलाई ६–३ गोल अन्तरले विजयी बनाए ।

मैत्रिपूर्ण फुटबलमा नेपालद्वारा बंगलादेश पराजित

 एसियाडको तयारीका क्रममा बंगलादेश गएको नेपाली फुटबल टोलीले मैत्रिपूर्ण खेलमा घरेलु टोलीलाई पराजित गरेको छ ।

शुक्रबार भएको खेलमा नेपालले बंगलादेशलाई १-० गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि ७९ औं मिनेटमा सुशील केसीले गोल गरेका थिए । उनले रोविन श्रेष्ठको पासमा गोल गरेका हुन् ।
यसअघि पहिलो मैत्रिपूर्ण खेलमा नेपाल बंगलादेशको टोलीसँग १-० गोल अन्तरले पराजित भएको थियो ।

पवित्रलाई मन्थ्ली मेडल गल्‍फ उपाधि

काठमाडौं : सूर्य नेपाल गोकर्ण मन्थ्ली मेडल गल्फ प्रतियोगिताको उपाधि पवित्र कार्कीले जितेका छन्। पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा शनिबार भएको प्रतियोगितामा कार्कीले तीनअन्डर ६९ स्कोर खेले।

मेडलअन्तर्गत पाँचौं संस्करणको समाप्तिसँगै ग्रसतर्फ प्रभात सिंह एक सय ६० अंकका साथ शीर्ष स्थानमा छन्। दोस्रो स्थानमा रहेका गोपाल चित्रकारको एक सय ३० अंक छ।
सुबोध थापा दोस्रो भए। एकअन्डर ७१ खेलेका थापाले काउन्ट ब्याकका आधारमा सुहृद् घिमिरेलाई पछि पारेका थिए। समान ७१ खेलेका घिमिरे तेस्रो भए।
बेस्ट ग्रसको उपाधि गोपाल चित्रकारले जिते। चित्रकारले सातओभर ७९ खेलेका थिए।

जुनियरतर्फ सम डवलार्ड च्याम्पियन बने। डवलार्डले चा

एक सय २० अंकका साथ प्रदीपकुमार श्रेष्ठ तेस्रो र एक सय १२ अंक जोडेका राजेन्द्र श्रेष्ठ चौथो स्थानमा छन्। समान एक सय अंक बनाएका आङछिरिङ शेर्पा, तासी घले र नोर्बु शेर्पा संयुक्त पाँचौं स्थानमा छन्।

यसैगरी नेटतर्फ दुई सय १६ अंक जोडेका प्रभात सिंह नै शीर्ष स्थानमा छन्। एक सय ७२ अंक बनाएका सुबोध थापा दोस्रो, एक सय ३६ अंक बनाएका सुहृद् घिमिरे तेस्रो र एक सय चार अंकका साथ बाबु शेर्पा चौथो स्थानमा छन्।

एक सय अंक जोड्नेमा पवित्र कार्की, आङछिरिङ शेर्पा, नोर्बु शेर्पा, नरेश्वरजंग गुरुङ र अजयबहादुर शाह छन्। रओभर ७६ खेलेका थिए। स्ट्रोक प्ले फुल ह्यान्डिक्याप विधामा खेलाइएको प्रतियोगितामा ३६ खेलाडीले भाग लिएका थिए।
Sourse: अन्नपूर्ण पोस्ट

बार्सिलोनाका खेलाडीलाई स्केटिङ गर्न प्रतिवन्ध

बार्सिलोनाका नयाँ प्रशिक्षक लुइस इनरिकेले नयाँ सिजन सुरु हुनु अघि खेलाडीहरुका लागि नयाँ नियम लागू गरेका छन् । जुन, बार्सिलोनाका सफल प्रशिक्षक पेप ग्वार्डिआलोले लागू गरेको नियमसँग मिल्दोजुल्दो छ ।

इनरिकेले लागू गरेको नयाँ नियम अनुसार खेलाडीहरु ट्रेनिङका लागि एक घन्टा अगाडि आइपुग्नु पर्नेछ । खेलाडीहरुले खानाका लागि धेरै समय लगाउन पाउनेछैन । खानामा मदिरा पूर्ण रुपमा प्रतिवन्ध लगाइएको छ ।


खेलको दुई दिनअघि रातको समयमा खेलाडीहरु घरमा नै हुनु पर्नेछ । खेलाडीहरुको निर्णयलाई सम्मान गरिनेछ तर, नियम तोड्नेलाई १ हजारदेखि ६ हजार पाउण्डसम्म जरिवाना गरिनेछ ।

खेलाडीहरुले समाजिक संजाल प्रयोग गर्दा जिम्मेवार हुनु पर्नेछ भने क्लब विजनेशमा अफिसियल ड्रेस लगाउनु पर्नेछ । इनरिकेले खेलाडीहरुले खरतनाक स्टन्टहरु गर्न रोक लगाएका छन् । जसमा मोटरसाइकल र स्केटिङ समेत पर्छन् ।

गम्भीर दुराचारमा संलग्न भए क्लबबाट निकाल्नेसम्मको नियम प्रशिक्षक इनरिकेले लागू गरेको डेलिमेलले जनाएको छ ।

टाटा मार्टिनोको स्थानमा आएका इनरिकेसँग खेलाडीहरु घुलमिल भइसकेका छन् र उनीहरुको प्रतिक्रिया सकारात्मक छ ।

म्यानचेष्टर युनाइटेडद्वारा रियल मड्रिड पराजित

इन्टरनेशनल च्याम्पियन्स कप फुटबलमा म्यानचेष्टर युनाइटेडले युरोपियन च्याम्पियन रियल मड्रिडलाई पराजित गरेको छ ।

प्रि सिजन टुर अन्तरगत शनिबार राति भएको खेलमा युनाइटेडले मड्रिडमाथि ३-१ गोल अन्तरको जित निकालेको हो । अमेरिकामा भएको खेलमा युनाइटेडले २१ औं मिनेटमा एस्ले योङको गोलबाट अग्रता लिएको थियो ।


तर, २७ औं मिनेटमा ग्यारेथ बेलले पेनाल्टीमार्फत रियल मड्रिडका लागि बराबरी गोल गरे । तर, ३७ औं मिनेटमा योङले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई फरि अग्रता दिलाए ।

खेलको ८० औं मिनेटमा हर्नान्डेजले गोल गरेपछि म्यानचेष्टर युनाइटेड ३-१ ले विजयी भयो । खेलमा रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो पनि मैदान उत्रिएका थिए । विश्वकपपछि उनले पहिलो खेल खेलेका हुन् ।
Select Menu