Health/Sex


News

Guff Gaff

Education

Movie

Tech

Videos

World

Mobile News

Archive

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

प्रहरीमाथि आन्दोलनकारीद्वारा पेट्रोल बम प्रहार

कर्फ्यू उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले वीरगञ्जका विभिन्न स्थानमा सुरक्षाकर्मीमाथि पेट्रोल बम प्रहार गरेका छन् ।

पेट्रोल बम प्रहारमा परेर दुई सर्वसाधारणसमेत घाइते भएका छन् । थुप्रै सुरक्षाकर्मी घाइते भएका छन् ।  घण्टाघर, माइस्थान, पानी ट्यांकीलगायतका क्षेत्रमा भएको झडपमा आन्दोलनकारीले पेट्रोल बम हानेका हुन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बमको वर्षा गरेको बताए । अनलाइनखबरसँग कुरा गर्दै प्रजिअ घिमिरले भने-‘पेट्रोल बमको वर्षा भएको छ, थप्रै सुरक्षाकर्मी घाइते भएका छन् ।’
आन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गर्दै हानेको पेट्रोल बम लागेर सार्वसधारणसमेत घाइते भएका छन् । घाइते हुनेमा सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयका भरत नेपाल र स्थानीय सञ्चारकर्मी विद्यार्थी गिरी छन् ।

माइस्थान चोकमा आन्दोलनकारीले प्रहरीलाई लक्षित गरेर हानेको पेट्रोल बम उनीहरुलाई लागेको थियो । दुबैको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गस्तीमा रहेका सुरक्षाकर्मीहरुलाई लक्षित गरी आन्दोलनकारीले माइस्थान चोकमा हानेको पेट्रोल बम ना २१ प ९६४३ नम्बरको मोटरसाइकलमा सवार गिरीमाथि लागेको थियो ।
आन्दोलनकारीहरुले सिसाको बोटलमा पेट्रोल राखेर धागो हाल्ने र त्यसमा आगो लगाएर हान्ने गरेका छन् । उनीहरुले ढुंगामुढाका साथै गुलेलीबाट हानेका थिए ।
झडपका क्रममा प्रदर्शनकारीले हानेको ढुंगा लागेर प्रहरी हवल्दार भरोसी बैठा र प्रहरी जवान सागर श्रीवास्तव घाइते भएका छन् । घाइतेको स्थानिय मेडिकलमा उपचार भइरहेको छ ।
सोमबार भएको झडपमा प्रहरीको गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएपछि वीरगञ्जमा स्थानीय प्रशासनले अनिश्चितकालीन कफ्यू जारी गरेको छ ।

रसुवाको राम्चे भीरबाट बस खस्यो, ३५ को मृत्यु

१७ कात्तिक, धुन्चे । रसुवाको ग्राङमा मंगलबार दिउँसो भएको बस दुर्घटनामा ३५ जनाको मृत्यु भएको छ । घटनास्थलमा २९ जनाको मृत्यु भएको थियो । बाँकीको रसुवा र नुवाकोट जिल्ला अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।

नुवाकोटको त्रिशुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको साथमा रहेको अन्दाजी दुई वर्षको बालिका प्रहरीले संरक्षणमा राखेको नुवाकोट प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक शिद्धिविक्रम शाहले बताए ।
काठमाडौंबाट रसुवाका लागि छुटेको बा २ ख ५७०६ नम्बरको पासाङल्हामु यातायात समितिको बस राम्चे गाविस ३ ग्राङमा सडकबाट करिव दुई सय मिटर तल खसेको छ । इन्धन अभावका कारण गाडीहरु कम चलेकाले उक्त बसमा खचाखच यात्रु चढेका थिए । क्षमताभन्दा धेरै यात्रु चढेकाले बस दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । दिउँसो साढे १२ बजे बस दुर्घटना भएको थियो । त्यसलगत्तै सुरु भएको उद्धारकार्य बेलुकासम्म पनि जारी थियो ।
मृतकमध्ये धैबुङ गाविस सचिव टिकबहादुर शाही, बाराको गढीमाई नगरपालिका ७ की दीपा चिमौरिया र रसुवाको गोल्जुङ गाविस ५ की तीन वर्षीया बालिका मिराटासी घलेको सनाखत भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।
नेपाली सेना, सशस्त्र, जनपद र स्थानीयबासीले घाइतेहरुलाई उद्धार गर्दै पायक पर्ने अस्पतालमा पठाएका थिए 
त्रिशुली अस्पतालमा पुर्‍याइएकामध्ये १६ जनालाई हेलिकोप्टरबाट, सात जनालाई एम्बुलेन्सबाट र दुई जनालाई बसमा राखेर उपचारका लागि काठमाडौं पठाइएको नुवाकोटका प्रहरी निरिक्षक प्रल्हाद अधिकारीले जानकारी दिए ।। २४ जनालाई रसुवा अस्पतालमा र २३ जनालाई त्रिशुली अस्पतालमा पठाइएको थियो । दुर्घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट एम्बुलेन्ससहितको प्रहरी टोली रसुवास्थित घटनास्थल पुगेको थियो ।

रसुवा जिल्ला अस्पताल धुञ्चेमा ११ जनाको, नुवाकोट जिल्ला अस्पताल त्रिशुलीमा ५ जनाको र ३६ जनाको काठमाडौंका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । तीमध्ये २१ जना गम्भिर घाइते रहेको रसुवा प्रहरीले जनाएको छ । भिरमा खसेको बस टुक्रा-टुक्रा भएको प्रहरीले जनाएको छ । दुर्घटना हुँदा हामफाल्न भ्याएका तीन जना यात्रुहरु भने सकुशल छन् ।
(नुवाकोटबाट कपिलदेव खनालको सहयोगमा

भारत भ्रमण गर्न ओलीलाई मोदीको निम्तो

नेपालको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिँदै भारतीय प्रधानमन्त्रीले भारत भ्रमणको निम्तो दिएका छन्।


भारतीय प्रधानमन्त्रीको आधिकारिक ट्वीटमा राखिएको ट्वीटमा मोदीले ओलीलाई भारत भ्रमणको निम्ता दिएको उल्लेख छ।
ओली प्रधानमन्त्री निर्वाचित भएको केहीघण्टामानै मोदीले बधाई दिएका हुन्।

Aang kaji Sherpa faces sudden assail by the journalists during his speech

Aang kaji Sherpa was rejected from platform during his speech by journalists in the press meet of reporters club on Wednesday in capital. He gave his speeches blaming to Nepalese journalists of not being able to communicate the matter of ethnicity and federalism and prejudiced the ethnic people ignoring to highlight the issues of their movement. When he suddenly spoke against the reporters club and warned not to repeat such bias act, the presented journalists had rouse up their hands against the Aang kaji scolding to get out of the podium.

अञ्जु पन्तलाई हातपात नगर्न आङकाजी शेर्पाको चेतावनी

http://hamroknowledge.blogspot.com/
 काठमाडौं, २५ भदौ । । जातीवादी नेता आङकाजी शेर्पाले गायिका अन्जु पन्तमाथि हातपात नगर्न कडा चेतावनी दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो चेतावनी दिएका हुन् । हिन्दु धर्मालम्बीका देवीदेवताका गीत गाउन नमानेका कारण सर्वत्र विरोध खेपिरहेकी अन्जुको रक्षाका लागि ‘७० प्रतिशत बुदिष्ट, मुस्लिम, क्रिस्चियन, शिखका लाखौ हात उठने’ उनको चेतावनी छ ।
उनले आफ्नो स्टाटसमा हिन्दुवादीहरुलाई ‘ज्ञानेन्द्रको भत्ता खाने अतिहिन्दुवादी आतंकावादी गुण्डा’को आक्षेप समेत लगाएका छन् ।
आङकाजीले ‘अतिहिन्दुवादी’ले अहिलेसम्म गरेका ‘कुकर्म’हरु भन्दै यस्ता गम्भीर आरोप समेत लगाएका छन् :
- अन्जु पन्तलाई हिन्दु भजन गाउन बाध्य बनाउने
- उपराष्ट्रपतिलाई खस भाषामा शपथ गराउन बाध्य बनाउने
-विद्यालयमा आदिवासी विद्यार्थीहरुलाई हिन्दुधर्मका चाड पर्वबारे लेखिएको पुस्तक पढन बाध्य बनाउने
- आदिवासी जनजातिको भाषालाई राष्ट्रिय तथा सरकारी कामकाजको भाषाको मान्यता नदिन सर्वोच्च अदालतलाई बाध्य बनाउने
- बाहुन पुजारीको हातबाट नेपाली सेनामा कार्यरत किराती, तामाङ, मगर, गुरुङ र शेपालाई दशैको टिका थाप्न बाध्य बनाउने
- सेना, प्रहरी, कर्मचारी, शिक्षक लगाएर आदिवासी जनजातिको गाउँमा हिन्दुको मन्दिर बनाएर उनीहरुलाई पूजा गर्न बाध्य बनाउने
-हिन्दुको चाडपर्व सैनिक मञ्चमा गर्ने लोसार, उद्यौली उभौली, जितिय, छठ र महपूजा टुडिखेल खुल्ला मञ्चमा गर्न बाध्य बनाउने
- अतिहिन्दुवादी आतंकलाई स्वीकर्दैनौ – स्वीकर्दैनौ
- धर्मनिरपेक्षताका रक्षका लागि बलिदानी दिन हामी तयार छौ – तयार छौ
-हेक्का रहोस ! अतिहिन्दुवादी आतंकावादी गुण्डाहरु !
From : - http://dainiknepal.com/2014/09/20062.html

सबै मन्दिरबाट साइ बाबाको मूर्ती हटाइनेछ

नयाँ दिल्ली– साइ बाबामाथि भारतमा चलेको विवाद केहि दिनका लागि शान्त भएपनि एकपटक फेरी यसले अर्को ठुलो विवाद खडा गरि दिएको छ ।
साइलाई धर्म संसदमा सन्त, गुरु, र भगवान मानिँदैन । यसै क्रममा काशी विद्वत परिषदका संरक्षक शंकराचार्य स्वामी स्वरुपानन्द सरस्वतीले परिषदको निर्णयलाई नै अन्तिम निर्णय भएको बताउनु भएको छन् ।
शंकराचार्यका अनुसार अब मन्दिरमा साईको पूजा हुनेछैन र भविष्यमा कसैले पनि साइको नामको मन्दिर स्थापना गर्ने छैनन् ।
धर्म संसदमा आएको प्रस्तावमाथि काशी विद्वत परिषदले यो निर्णय सुनाएका हुन् । सम्बन्धित परिषद् भन्छ, ‘साइलाई भगवान भन्नु शास्त्र सम्मत हुँदैन । उनलाई भगवान, गुरु र सन्त भन्न मिल्दैन । ’
यद्यपी थुप्रै मानिसहरुले साइलाई भगवानको अवतार मान्ने गरेका छन् । (एजेन्सी

एक दलित युवकले थारु थरकी युवती भगाएपछि…….

भदौ ८, कपिलबस्तु जिल्लाको लवनी गाउँ विकास समितीको सानो सिसहनिया गाउँमा दुई साता अघि एक दलित युवकले गाउँकी थारु युवतीलाई भगाएको घटनाले शनिबार उक्त गौउमा उग्र रुप लिएको छ ।
आजको अन्नपुर्ण पोष्ट दैनिकका अनुसार केटी पक्ष र गाउँलेले उमेर नपुगेकी १६ वर्षे किशोरी भगाएर १८ दिनदेखि वेपत्ता पारेको आरोप लगाउँदै दलित युवक रामनिवास हरिजनको परिवारलाई घेराउ गरी घरमै ताला लगाएका छन् । किशोरीको अबस्था थाहा पाउनु पर्ने भन्दै केटी पक्षले राखेका माग केटा पक्षले वास्ता नगरेपछि शनिबार गाउँलेले हरिजनको घरको ढोकामा भोटे ताल्चा लगाइदिएका हुन् । लवनी गाविसमा किशोरीका दाजुभाइ दुई घर मात्रै थारु छन् !
Select Menu